कोशी अस्पतालमा आफ्नै ब्लड बैंक र चस्मा घर
विराटनगर । कोशी अस्पतालले आफ्नै ब्लड बैंक र चस्मा पसल सञ्चालनमा ल्याएको छ । ब्लड बैंक स्थापना भएसँगै बिरामी र बिरामीका आफन्तलाई सहज हुने भएको छ ।
अस्पतालले गत पुस महिनामा टेन्डर आह्वान गरी आवश्यक पूर्वाधार निर्माण र उपकरण जडानको प्रक्रिया सुरु गरेको थियो । ब्लड बैंक र चस्मा घरको उद्घाटन अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामनारायण चौधरीले गरे । ब्लड बैंकको स्थापना २४ लाखको लागतमा भएको हो ।...






























