धनकुटाको ६५ वर्ष पुरानो महेन्द्र पार्क प्राचीन स्वरूपमै पुनर्निर्माण
धनकुटा । धनकुटा नगरपालिका-६ सल्लेरीस्थित पुरातात्विक रूपमा चिरपरिचित महेन्द्र पार्क पुनर्निर्माण गरिएको छ । स्थानीयद्वारा वि.सं.२०१२ सालमा निर्माण गरिएको महेन्द्र पार्कको पुनर्निर्माण गरिएको हो ।
धनकुटा बजारदेखि करिब अढाई किलोमिटरमा सल्लेरी वन छ । वि.स.२०१२ सालमा तत्कालीन राजा महेन्द्र धनकुटामा आउँदा वनको बीचमा एउटा पार्क निर्माण गरिएको थियो । राजा महेन्द्रकै नामबाट यो पार्कको नाम रहन गएको हो ।...





























