ललितपुरमा छुरा प्रहारबाट घाइते भएका झापाका दाजुभाइको मृत्यु
काठमाडौं । ललितपुरको पाटन स्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहारबाट घाइते भएका दुई दाजुभाइको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका-६ घर भएर ललितपुरको इमाडोल बस्ने ३३ वर्षीय सुमित नेम्बाङ र २५ वर्षीय सृजन नेम्बाङको मृत्यु भएको हो ।
बुधबार साँझ उनीहरूमाथि छुरा प्रहार भएको थियो । छुरा प्रहारबाट गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा बिएण्डबी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुईपक्षबीच ...





























