धरानमा तालिम प्राप्त कुकुरसहित चाडपर्व लक्षित चेकजाँच
धरान । इलाका प्रहरी कार्यालय धरानले चाडवाडलाई लक्षित गर्दै चेकजाँचमा कडाइ गरेको छ । लागूऔषध, विस्फोटक पदार्थलगायतको ओसारपसार रोकथाम गर्ने उद्देश्यले तालिम प्राप्त कुकुरसहित चेकजाँचमा कडाइ गरेको हो ।
कोशी लोकमार्गमा गुड्ने सबै प्रकारका गाडी र शङ्कास्पद यात्रुहरूलाई तालिम प्राप्त कुकुरसहित खटिएको प्रहरीको टोलीले चेकजाँच गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालय धरान शाखाबाट तालिम प्राप्त कुकुरसहित...






























