
विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको स्पोर्ट्स मिट अन्तरगत फुटबलमा रेडस्टार कलेजले छात्रछात्रा दुवैतर्फको उपाधि जितेको छ ।
विराटनगरको सहिद मैदानमा भएको छात्रतर्फको फाइनल खेलमा रेडस्टारले शिक्षा सन्देश कलेजलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । यस्तै छात्रातर्फ अर्किड कलेजलाई ७–० गोल अन्तरले हराउँदै रेडस्टारले उपाधि जितेको हो ।

टेबल टेनिसमा छात्रछात्रातर्फ नै विराटनगरको अरनिको कलेजले उपाधि जितेको छ । सहिद मैदानको कभर्ड हलमा भएको छात्र टिम इभेन्टमा अरनिको कलेज प्रथम भयो भने शिक्षादीप दोस्रो तथा कान्तिपुर र भानु कलेज तेस्रो भए । छात्रा टिम इभेन्टमा अरनिको कलेज प्रथम भयो भने शिक्षादीप कलेज दोस्रो तथा कान्तिपुर र मेरिल्याण्ड कलेज तेस्रो भए ।
यस्तै छात्र एकलमा मेरिल्याण्डका डेबिट बोहरा प्रथम, अरनिकोका आधार दाहाल दोस्रो तथा शिक्षादीप कलेजका आर्यन श्रेष्ठ र अविचल पोखरेल तेस्रो भए । छात्रा एकलमा अरनिकोकी ओमकुमारी चौधरी प्रथम, साधना चौधरी दोस्रो तथा मेरिल्याण्डकी जीयासेन गुप्ता र प्राप्ति कार्की तेस्रो भए ।

संगालोखबर 













