भेडेटारबाट धरान आउँदै गरेको कारमा १९० किलो गाँजा भेटियो
सुनसरी । धनकुटाको भेडेटारबाट सुनसरीको धरान आउँदै गरेको कारबाट एक सय ९० किलो गाँजा बरामद भएको छ । आज बिहान १० बजेतिर धरान-१३ शिवधारास्थित कोशी लोकमार्गबाट गाँजा बरामद भएको हो ।
बा १० च ६८५२ नम्बरको कारको डिक्कीमा प्लाष्टिकले प्याकिङ गरेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले गाँजा बरामद गरेको हो । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जबेगुका अनुसार कार चालक फरार छ...





























