झापामा ८३ वर्षीया वृद्धाको हत्या आरोपमा दुई जना पक्राउ
झापा । झापाको कमल गाउँपालिका-६ पुष्पाञ्जली टोलकी ८३ वर्षीया फूलमाया मुर्मुको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । हिजो दिउँसो आफ्नै घरमा मृत फेला परेकी मुर्मुको हत्या भएको आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
प्रारम्भिक अनुसन्धानबाट हत्या भएको पुष्टि भएपछि प्रहरीले हत्यामा संलग्नको खोजी सुरु गरेको थियो । हत्या आरोपीलाई प्रहरीले झापा गाउँपालिका-७ मदरगाछबाट पक्राउ गरेको हो ।...





























