विराटनगर बसपार्कमा सफारी चालकमाथि खुकुरी प्रहार, एक जना पक्राउ
विराटनगर । विराटनगर-११ वसपार्कमा सफारी चालकमाथि खुकुरी प्रहार भएको छ । हिजो राति करिब साढे १० बजेतिर खुकुरी प्रहार भएको मोरङ प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट सफारी चालक विराटनगर-१२ का विजय कामत घाइते भएका छन् । उनको बायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ ।
सफारी चालकमाथि खुकुरी प्रहार गर्ने विराटनगर-११ का रेगन कट्टेललाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीले ज...




























