मोरङको मिक्लाजुङमा अटोले ठक्कर दिँदा एक जनाको मृत्यु
विराटनगर । मोरङको मिक्लाजुङमा अटो रिक्साले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मिक्लाजुङ गाउँपालिका-६ जनजाति चोकका ५२ वर्षीय अमृत मगरको मृत्यु भएको हो ।
मंगलबार बिहान प्र १-०२-००३ ह ३५९५ नम्बरको अटोको ठक्करबाट पैदल यात्री मगरलाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार घर नजिकै बाटोमा लडिरहेको अवस्थामा आफन्तले उनलाई फेला पारेर उपचारका लागि अरनिको अस्पताल उर्लाबारी लगेका थिए ।
त्यह...






























