विराटनगर विमानस्थलमा हवाई सेवा सुचारु
विराटनगर । विराटनगर विमानस्थलमा हवाई सेवा सुचारु भएको छ । प्रतिकूल मौसमका कारण बुधबार एउटा मात्रै जहाजले उडान भरेको भएपनि आजबाट भने हवाई सेवा सुरु भएको हो ।
विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीका अनुसार केहीबेर अगाडि काठमाडौंबाट दुईवटा जहाज विराटनगर आएका छन् । बुधबार दिउँसो १ बजे यती एयरलाइन्सको विमान काठमाडौं गएको थियो । त्यसपछि कुनै पनि उडान भएका थिएनन् ।
केहीबेर अगाडि बुद्ध र यती एयरलाइ...





























