प्राज्ञिक विद्यार्थी परिषदद्वारा भोजपुरमा शैक्षिक सामग्री वितरण
भोजपुर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले भोजपुरमा शैक्षिक सामग्री वितरण गरेको छ । सेवा र विकासका लागि युवाको समन्वयमा भोजपुर नगरपालिका-१ भामराङस्थित सिंहदेवी माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको हो ।
शैक्षिक सामग्रीमा झोला, कापी, जमेट्री बक्स लगायतका सामग्री वितरण गरिएको केन्द्रीय सदस्य कृष्ण गिरीले जानकारी दिए । यसअघि विभिन्न जिल्लाका विद्यालयहरूमा शैक्षिक सामग्री वितरण गरिसकेक...






























