भीमनारायण गोल्डकप : झापासँग १-३ गोल अन्तरले उदयपुर पराजित
धनकुटा । धनकुटामा जारी १८ औं संस्करण सहिद भीमनारायण गोल्डकप प्रतियोगिता अन्तरगत आज भएको खेलमा झापा विजयी भएको छ । तल्लो टुँडिखेलमा भएको खेलमा उदयपुरको गाईघाट युनाइटेड फुटबल क्लबलाई १–३ गोल अन्तरले पराजित गर्दै झापाको बिर्तामोड युनाइटेड क्लब विजयी भएको हो ।
पहिलो हापको ३३ औं मिनेटमा बिर्तामोडका प्रदिप बुढाथोकीले गोल गर्दै अग्रता बनाएका थिए । यस्तै दोस्रो हापको ६२ मिनेटमा झापाका क्याप्टेन आशिष चा...































