२४ घण्टामा १५ दुर्घटनाः २७ जना घाइते
धनकुटा । धनकुटासहित कोशी प्रदेशका विभिन्न जिल्लामा बितेको २४ घण्टामा भएका सवारी दुर्घटनामा २७ जना घाइते भएका छन् । शनिबार भएका बेग्लाबेग्लै १५ वटा दुर्घटनामामध्ये सबैभन्दा बढी झापामा भएको प्रहरीले जनाएको छ ।
यसैगरी, मोरङ, सुनसरी, उदयपुर, धनकुटा, इलामलगायत जिल्लामा दुर्घटना भएका छन् । धनकुटाको पाख्रीबास नगरपालिका–३ मा भोजपुरतर्फ जाँदै गरेको सघन सहरी तथा भवन निर्माण कार्यालय धनकुटाको प्रदेश नम्बर...