तेह्रथुममा धारिलो हतियार प्रहार गरी महिलाको हत्या गर्ने अभियुक्त पक्राउ
विराटनगर । तेह्रथुमको आठराई गाउँपालिका-६ सिमखर्कमा धारिलो हतियार प्रहार गरी महिलाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले सोही स्थानका ३८ वर्षीय कृष्ण लिम्बुलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बुधबार बिहान करिब १०ः४० बजे सोही स्थानकी ५१ वर्षीया रूपा कन्दङ्वा पन्धाकलाई कृष्णले धारिलो हतियार प्रहार गरेका थिए । धारिलो हतियार (बाम्फोक) प्रहारबाट रूपाको घटनास्थलमै मृत्यु भएको थियो ...





























