पाँचथर र तेह्रथुम जोड्ने तमोर नदीमाथिको पुल ६ वर्षदेखि अलपत्र
तेह्रथुम । पाँचथर र तेह्रथुमलाई जोड्ने मोटरेवल पुल ६ वर्षदेखि अलपत्र छ । लुम्वुघाटमा तमोर नदीमाथि निर्माणाधीन पुलको नौ वर्षअघि ठेक्का लागेको थियो । सम्झौता अनुसार तीन वर्षमा बनिसक्नुपर्ने पुल अहिलेसम्म अलपत्र अवस्थामा छ ।
ठेकेदारको लापरबाहीका कारण समयमा निर्माण सम्पन्न नभएको भन्दै स्थानीय आक्रोशित हुन थालेका छन् । निर्माण कम्पनीले पुल अलपत्र अवस्थामा छाडेपछि जिल्लाबासीहरूले अख्तियार दुरुपयोग अन...




























