झापा–५ मा एमालेको चुनावी अभियान तीव्र, निर्वाचन केन्द्रित समिति गठन
झापा । नेकपा एमालेले झापा क्षेत्र नम्बर ५ को चुनावी अभियानलाई तीव्र बनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेको यस क्षेत्रमा टोलस्तरीय बैठक, भेला र निर्वाचन परिचालन लगायतका समिति, उपसमिति गठन गर्दै एमालेले चुनावी अभियानलाई तीव्र बनाएको हो ।
एमालेका केन्द्रिय, प्रदेश स्तरका तथा स्थानीय नेताहरू मतदातासँग प्रत्यक्ष संवादमा जुट्दै विगतका उपलब्धि र आगामी योजनाबारे जानकारी गराइरहेका छन् ।...



























