धनकुटामा डेरी उद्योगको लहर, कृषकहरू उत्साहित
धनकुटा । धनकुटामा डेरी उद्योग थपिन थालेका छन् । पछिल्लो समय व्यवसायी छुर्पी उत्पादन बढेसँगै डेरी उद्योग पनि थपिन थालेका हुन् । घ्यू र छुर्पीको माग बढेपछि गाउँमा उद्योग थपिएपछि रोजगारी पाउने युवाको संख्या बढ्न थालेको छ । डेरी उद्योगबाट घ्यू, चिज, पनिर र खुवा लगायत पनि उत्पादन हुँदै आएको छ ।
नेपालीको सेनाको जागिरबाट अवकाश भएपछि छुर्पी उत्पादनमा लागेका महालक्ष्मी नगरपालिका-१ का रामबहादुर पौडेलले आ...
























