नेपाल उद्योग वाणिज्य महासंघ कोशीको अध्यक्षमा पुनः राजेन्द्र राउत निर्वाचित
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको अध्यक्षमा पुनः राजेन्द्र राउत निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न आठौँ प्रदेश सभा तथा निर्वाचनमार्फत राउत दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
राउतले कुल मतको ६९ दशमलव ७२ प्रतिशत मत प्राप्त गरेका छन् । जिल्ला नगर संघतर्फको ३८ मध्ये २४, एसोसिएटतर्फ १४७ मध्ये १०७ र वस्तुगततर्फको १९ मध्ये राउतले ११ मत प्राप्त गरेका छन...
























