निर्माण व्यवसायीका समस्या समाधान गर्न प्रदेश सरकारमा छलफल भइरहेको छ : मन्त्री पराजुली

निर्माण व्यवसायीका समस्या समाधान गर्न प्रदेश सरकारमा छलफल भइरहेको छ : मन्त्री पराजुली

धनकुटा । कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले निर्माण व्यवसायीका समस्या समाधान गर्न प्रदेश सरकारमा आवश्यक छलफल भइरहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी सङ्घ धनकुटाको १८ औँ साधारण सभा तथा ११ औँ अधिवेशनको उद्‌घाटन समारोहमा बोल्दै मन्त्री पराजुलीले यस्तो बताएका हुन् । उनले निर्माण व्यवसायका क्षेत्रमा रहेका विभिन्न समस्या समाधानका लागि प्रदेश सरकारमा छलफल चलाउने र संघीय सरकारलाई ...
धनकुटामा विद्यार्थी लक्षित लागूऔषध दुर्व्यसनीविरुद्ध सचेतना अभियान 

धनकुटामा विद्यार्थी लक्षित लागूऔषध दुर्व्यसनीविरुद्ध सचेतना अभियान 

धनकुटा । लागूऔषध दुर्व्यसन रोकथाम तथा नियन्त्रणका लागि धनकुटा नगरपालिका-१० मा अवस्थित उत्तरपानी बहुप्राविधिक शिक्षालयमा सचेतना कार्यक्रम गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनकुटाको सहकार्यमा आज विद्यार्थीहरूलाई लक्षित गर्दै सचेतना कार्यक्रम गरिएको हो । धनकुटाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पछिल्लो समयमा लागूऔषधको सेवन तथा ओसारपसार बढ्दै गएपछि विद्यार्थीहरूल...
धनकुटाबाट गाँजा र मोटरसाइकलसहित तीन जना पक्राउ

धनकुटाबाट गाँजा र मोटरसाइकलसहित तीन जना पक्राउ

धनकुटा । धनकुटाको भेडेटारबाट गाँजा र मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन् । आज बिहान करिब ७ बजे बिक्रीका लागि लैजाँदै गरेको गाँजासहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । धनकुटाबाट धरानतर्फ जाँदै गरेको को २८ प ७२७७ नम्बरको मोटरसाइकलका चालक साँगुरीगढी-४ ज्यामिरेका अन्दाजी ४४ वर्षीय भीम बहादुर लिम्बु र सोही मोटरसाइकल पछाडि सवार फाक्सिब बस्ने अन्दाजी २३ वर्षीय सागर लिम्बु पक्राउ परेका छन् । यस्...
धनकुटाको जितपुरमा निर्माणाधीन एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रम अन्तिम चरणमा

धनकुटाको जितपुरमा निर्माणाधीन एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रम अन्तिम चरणमा

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजारमा निर्माणाधीन एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रम अन्तिम चरणमा पुगेको छ । बजारलाई आधुनिक, व्यवस्थित र आकर्षक शहरी केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले सुरु गरिएको कार्यक्रम अन्तिम चरणमा पुगेको हो । पूर्वाधार विकास कार्यक्रम अन्तिम चरणमा पुगेसँगै जितपुर बजार अहिले नयाँ स्वरूप देखिन थालेको छ । सडक, नाला, पैदलमार्ग, मिनीमार्केट तथा ब...
धनकुटाको मार्गथान क्षेत्रमा रोपियो २ हजार बिरुवा

धनकुटाको मार्गथान क्षेत्रमा रोपियो २ हजार बिरुवा

धनकुटा । धनकुटा नगरपालिका-८ मार्गथान क्षेत्रमा पानीको मुहान संरक्षण गर्न विभिन्न प्रजातिका करिब २ हजार बिरुवा रोपिएका छन् । हिन्दकुश हिमालय क्षेत्रका लागि एकीकृत जलवायु अनुकूलन समाधान (हाईकास) परियोजना अन्तर्गत इसिमोड र सिप्रिडको संयुक्त आयोजनामा बिरुवा रोपिएको हो । पछिल्लो समय जलवायु परिवर्तनका कारण गाउँघरमा पानीका मुहान सुक्दै गएकाले मुहान संरक्षण तथा जल पुनर्भरण गर्न वृक्षारोपण गरिएको जनाइए...
धनकुटामा १ सय ५१ वटा साना तथा मझौला उद्योग बन्द

धनकुटामा १ सय ५१ वटा साना तथा मझौला उद्योग बन्द

धनकुटा । धनकुटामा गत आर्थिक वर्ष २०८२/८३ मा १ सय ५१ वटा साना तथा मझौला उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार उक्त संख्यामा उद्योग बन्द भएका हुन् । कार्यालयका अनुसार गत आर्थिक वर्ष प्रशासनतर्फ जम्मा १ सय २३ तथा वाणिज्यतर्फ २८ उद्योग बन्द भएका छन् । यस्तै गत आर्थिक वर्ष १ सय ४८ वटा नयाँ उद्योग दर्ता भएका कार्यालयले जनाएको छ । जसमा वाणिज्यत...
धनकुटामा पनि मनाइयो गाईजात्रा

धनकुटामा पनि मनाइयो गाईजात्रा

धनकुटा । धनकुटामा पनि आज गाईजात्रा पर्व मनाइएको छ । नेवार समुदायले एक वर्षभित्र दिवाङ्गत भएका आफन्तको सम्झनामा मानिसलाई गाईका रूपमा सिँगारी बजार परिक्रमा गराएर गाईजात्रा मनाएका हुन् । धनकुटा बजार क्षेत्रमा वर्षभरि मृत्यु भएका १२ जनाको घर परिवारले जात्रा निकालेका थिए । नगर परिक्रमा गर्दा मृत्यु भएका व्यक्ति गाईको पुच्छर समातेर वैतरणी पार हुन्छ भन्ने धार्मिक विश्वास छ । श्रीवानीस्थित कृष्ण मन...
जनैपूर्णिमामा धनकुटाको निशान मन्दिरमा धर्मावलम्बीहरूको भीड (फोटो फिचर)

जनैपूर्णिमामा धनकुटाको निशान मन्दिरमा धर्मावलम्बीहरूको भीड (फोटो फिचर)

धनकुटा । आज जनैपूर्णिमा अर्थात् रक्षाबन्धन, देशभर श्रद्धा, आस्था र उल्लासका साथ मनाइँदै छ । धनकुटाको निशान भगवती मन्दिर परिसरमा पनि बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीहरूको भीड लागेको छ । मन्दिर परिसरमा गुरु तथा पुरोहितबाट मन्त्रिएको रक्षासूत्र बाँध्न र नयाँ जनै धारण गर्न धर्मावलम्बीहरूको भीड लागेको हो । बिहानै स्नान गरी गुरु तथा पुरोहितबाट मन्त्रिएको रक्षासूत्र बाँध्ने र नयाँ जनै धारण गर्ने परम...
रसुवा बाढीपछि तेह्रथुमका रामभक्त नेवार सम्पर्कविहीन

रसुवा बाढीपछि तेह्रथुमका रामभक्त नेवार सम्पर्कविहीन

धनकुटा । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि तेह्रथुमका एक पुरुष सम्पर्कविहीन भएका छन् । सामान लिन ट्रक लिएर रसुवा नाका पुगेका छथर गाउँपालिका-१ आङ्दिम कोराङका ३६ वर्षीय रामभक्त नेवार सम्पर्कविहीन भएका हुन् । ट्रक चालक नेवार बुधबार बिहान सामान लिन रसुवा नाका पुगेका थिए । उनकी भाउजू कुमारी नेवारका अनुसार रामभक्तले हिजो बिहान करिब ६ बजे घरमा फोन गरेर रसुवा नाकामा सामान लोड गर्न आएको बताएका थि...
धनकुटामा बालिका गरिमा चौधरीको सम्झना गर्दै महिलाहरूले गरे श्रद्धाञ्जली सभा

धनकुटामा बालिका गरिमा चौधरीको सम्झना गर्दै महिलाहरूले गरे श्रद्धाञ्जली सभा

धनकुटा । बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाप्रति विरोध जनाउदै आज धनकुटामा श्रद्धाञ्जली सभा र दीप प्रज्वलन गरिएको छ । धनकुटेली महिलाहरूले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली सभा र आपसी सद्भावको कामना गर्दै दीप प्रज्वलन गरेका हुन् । कार्यक्रममा महिलाहरूले बालिका हत्याको घटनाप्रति आक्रोश व्यक्त गरेका छन् । उनीहरूले ‘गरिमालाई न्याय देऊ, बलात्कारीलाई...
उपभोक्ताको गुनासोपछि धनकुटाको हिले र पाख्रीबासका ग्यास डिलरमा अनुगमन

उपभोक्ताको गुनासोपछि धनकुटाको हिले र पाख्रीबासका ग्यास डिलरमा अनुगमन

धनकुटा । धनकुटाको हिले र पाख्रीबास बजारका ग्यास डिलर तथा बिक्री केन्द्रमा अनुगमन गरिएको छ । खाना पकाउने ग्यास अभावको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनकुटाले संयुक्त रूपमा डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेका हुन् । बजारमा ग्यासको अभाव र बढी मूल्यमा बिक्री गरेको गुनासो बढेपछि अनुगमन गरिएको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपानेले जानकारी दिए । अनुग...
सेवाग्राहीको गुनासोपछि धनकुटाका होटल तथा लजमा अनुगमन

सेवाग्राहीको गुनासोपछि धनकुटाका होटल तथा लजमा अनुगमन

धनकुटा । धनकुटा बजारको हुलाक टोलमा सञ्चालित होटल तथा लजहरूमा छड्के अनुगमन गरिएको छ । सेवाग्राहीहरूको गुनासोपछि बजारमा सञ्चालित करिब आधा दर्जन होटल तथा लजहरूमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा होटलको भान्सा सरसफाइ नभएको, खाने कुरा व्यवस्थापन नभएको, मूल्य सूची टाँस नगरिएको र आवश्यक मापदण्ड विपरीत सञ्चालन गरिएको लगायतका कैफियत पाइएको छ । यस्तै होटलमा रहेका कोठा तथा बेड व्यवस्थापन तथा सरसफाइ नभए...
धनकुटा उद्योग वाणिज्य संघ : पदाधिकारी चयनका लागि दुई प्यानल चुनावी मैदानमा

धनकुटा उद्योग वाणिज्य संघ : पदाधिकारी चयनका लागि दुई प्यानल चुनावी मैदानमा

धनकुटा । धनकुटा उद्योग वाणिज्य संघमा अध्यक्षसहित पदाधिकारी पदका लागि प्यानल मै प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षमा कृष्णराज श्रेष्ठ र रामबहादुर रायासहित अन्य पदमा प्यानलनै भिड्ने भएका हुन् । निर्वाचन प्रक्रिया अघि बढेसँगै केही पदमा उम्मेदवारहरू निर्विरोध चयन भएका छन् भने अध्यक्षसहित अन्य पदमा निर्वाचन हुने भएको छ । वाणिज्य संघमा पदाधिकारीतर्फ महासचिवमा उज्वल कर्माचार्य निर्विरोध निर्वाचित भएका...
धनकुटामा कोदो खेती विस्तारका लागि वैज्ञानिक परीक्षण

धनकुटामा कोदो खेती विस्तारका लागि वैज्ञानिक परीक्षण

धनकुटा । धनकुटामा कोदो खेती विस्तारका लागि बारीमा जातीय परीक्षण सुरु गरिएको छ । आधुनिक जीवनशैली र अन्य विभिन्न कारणले लोप हुँदै गएको कोदो खेतीका लागि जातको वैज्ञानिक परीक्षण सुरु गरिएको हो । धनकुटा नगरपालिका-८ खम्बेलामा विभिन्न जातका कोदो रोपेर परीक्षण सुरु गरिएको छ । हाईकास परियोजना इसिमोडको सहयोगमा वातावरण तथा कृषि नीति अनुसन्धान, प्रसार तथा विकास केन्द्रले कोदोको विभिन्न जात रोपेको हो । खाम...
धनकुटाको नाम्जेमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको रणनीतिक योजना तर्जुमा कार्यशाला

धनकुटाको नाम्जेमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको रणनीतिक योजना तर्जुमा कार्यशाला

धनकुटा । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको आयोजना तथा शिक्षा नीति तथा अभ्यास केन्द्रको सहकार्यमा धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित नाम्जेमा क्षमता विकास तथा तीन वर्षे रणनीतिक योजना निर्माण कार्यशाला सुरु भएको छ । नाम्जे थुम्की सामुदायिक होमस्टेमा आजबाट कार्यशाला सुरु भएकाे हाे । कार्यशाला साउन २८ गते सम्पन्न हुने छ । शिक्षा विकास निर्देशानलय धनकुटाका निर्देशक कृष्ण प्रसाद...
महिलाहरूले धानेको धनकुटाको बिहीबारे हटिया

महिलाहरूले धानेको धनकुटाको बिहीबारे हटिया

धनकुटा । धनकुटामा साप्ताहिक रूपमा बिहीबारे हटिया लाग्दछ । तल्लो र माथिल्लो कोप्चे छेउमा लाग्ने बिहीबारे हटिया भर्न छिमेकी पालिकाबाट समेत मानिसहरू आउँछन् । यो हटिया विशेष गरेर महिलाहरूले नै धानेका छन् । करेसा बारीमा सिजन अनुसार उत्पादन भएका सागसब्जी, फलफूल, खाद्यान्न तथा सालको पात, दाउरा लगायत बेच्न महिलाहरूनै हटिया आउने गरेका छन् । ११ वर्षको उमेरदेखि हटिया आउन थालेकी थाममती राई अहिले ८२ वर्षकी ...
साउनको अन्तिम सोमबार : धनकुटाको विश्रान्तिमा भक्तजनको भिड (फोटो फिचर)

साउनको अन्तिम सोमबार : धनकुटाको विश्रान्तिमा भक्तजनको भिड (फोटो फिचर)

धनकुटा । आज साउनको अन्तिम सोमबार, देशैभरसँगै धनकुटाका विभिन्न शिवालय मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको छ । धनकुटाको मूलघाट स्थित विश्रान्ति मन्दिर, पाख्रीबासको शिव मन्दिर र लेगुवाको नागेश्वर शिवालय मन्दिरमा भक्तजनको भिड लागेको छ । साउने सोमबारमा भगवान शिवको पुजा आराधना गर्न बिहानैदेखि भक्तजनहरूको भिड लागेको हो । विश्रान्ति मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरेका अनुसार यहाँ ...
अरुण करिडोर निर्माणले तीव्रता पायो, भोजपुर र संखुवासभासँग तराईको दूरी छोटिने

अरुण करिडोर निर्माणले तीव्रता पायो, भोजपुर र संखुवासभासँग तराईको दूरी छोटिने

धनकुटा ।  पहाडलाई तराईसँग जोड्ने अरुण करिडोर निर्माणको कामले तीव्रता पाएको छ ।  तराईबाट धनकुटा हुँदै भोजपुर र संखुवासभा जोड्ने ६५ किलोमिटर सडक निर्माणको कामले तीव्रता पाएको हो । सुनसरीको चतरास्थित कोशी पुलदेखि धनकुटाको सहिदभूमि गाउँपालिका र पाख्रिबास नगरपालिकास्थित माङ्माया डाँडासम्म सडक निर्माण भइरहेको छ । आयोजना अन्तर्गत ४५ किलोमिटर सडक तीन खण्डमा विभाजन गरी करिब एक अर्ब रुपैयाँ लागतमा निर्मा...
कालोबजारी रोक्न धनकुटा बजारका ग्यास डिलरमा अनुगमन

कालोबजारी रोक्न धनकुटा बजारका ग्यास डिलरमा अनुगमन

धनकुटा । धनकुटामा खाना पकाउने ग्यासको अभाव हुन थालेपछी डिलर तथा बिक्री केन्द्रमा अनुगमन गरिएको छ । शनिबार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनकुटाले संयुक्त रूपमा ग्यास डिलरको अनुगमन गरेका हुन् । अनुगमन टोलीले धनकुटा बजारमा रहेका करिब आधा दर्जन ग्यास डिलरहरूको अनुगमन गरको छ । अनुगमनका क्रममा डिलरहरूमा ग्यासको आपूर्ति कम भएको, कम्पनीले आवश्यक भन्दा कम ग्यास पठाएको, अन्य कम्पनीले ...
काठमाडौं पुग्छ धनकुटाका शिवबहादुरले बनाएको कुराउनी

काठमाडौं पुग्छ धनकुटाका शिवबहादुरले बनाएको कुराउनी

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-३ डाँडागाउँका शिवबहादुर बस्नेतले कुराउनीबाट राम्रो आम्दानी गर्दै आएका छन् । गाउँमै संकलन गरेको दूधबाट बनाएको कुराउनी बस्नेतले स्थानीय बजारदेखि काठमाडौंसम्म बिक्री गर्छन् । उनको दैनिकी हरेक बिहान दूध संकलनबाट सुरु हुन्छ । त्यसपछि ठूलो फलामे कराईमा दूध घण्टौँसम्म तताउँदै चलाउँदै कुराउनी बनाएर प्याकिङ गर्ने र ग्राहकसम्म पठाउनु उनको दैनिकी हो । उनले स्थानीय ब...
उच्च अदालत विराटनगर धनकुटा इजलासद्वारा ८६ प्रतिशत मुद्दा फछर्यौट

उच्च अदालत विराटनगर धनकुटा इजलासद्वारा ८६ प्रतिशत मुद्दा फछर्यौट

धनकुटा । उच्च अदालत विराटनगर धनकुटा इजलासले आर्थिक वर्ष २०८२/०८३ मा ८६ दशमलव ११ प्रतिशत मुद्दा फछर्यौट गरेको छ । अदालतले ३ सय ६० थान मुद्दामध्ये ३ सय १० अर्थात् ८६ दशमलव ११ प्रतिशत मुद्दा फछर्यौट गरेको हो । अदालतमा एक वर्षभन्दा पुराना मुद्दा नरहेको र सरकारवादी फौजदारी मुद्दा अन्तरगत जबरजस्ती करणी, ज्यान मार्ने उद्योग तथा सम्बन्ध विच्छेदमा मुद्दा बढी दर्ता भएको अदालतले जनाएको छ । उच्च अदालत विर...
तेह्रथुमको म्याङ्लुङमा वडाध्यक्षलाई कार्यवाहक बनाएपछि चुलियो विवाद

तेह्रथुमको म्याङ्लुङमा वडाध्यक्षलाई कार्यवाहक बनाएपछि चुलियो विवाद

धनकुटा । तेह्रथुमको म्याङ्लुङ नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले उपप्रमुख उपस्थित हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक नगरप्रमुखको जिम्मेवारी दिएपछि विवाद चुलिएको छ । नगरप्रमुखले भारत भ्रमणमा जानुअघि गत बिहीबार शुक्रबारदेखि लागुहुनेगरि वडा नम्बर ३ का वडाअध्यक्ष मीननाथ दाहाललाई कार्यवाहकको जिम्मेवारी दिएका थिए । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को व्यवस्था विपरीत कार्यवाहक तोकिएको भन्दै...
धनकुटा अदालतमा सम्बन्ध विच्छेद र लागूऔषधका मुद्दा सबैभन्दा धेरै

धनकुटा अदालतमा सम्बन्ध विच्छेद र लागूऔषधका मुद्दा सबैभन्दा धेरै

धनकुटा । धनकुटा जिल्ला अदालतमा गत आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी सम्बन्ध विच्छेद र गाँजा सम्बन्धी मुद्दा दर्ता भएका छन् । जिल्ला अदालतले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गतवर्ष सम्बन्ध विच्छेदका सबैभन्दा बढी ३५२ मुद्दा दर्ता भएका हुन् । यस्तै लागूऔषध गाँजा सम्बन्धी ३८ वटा मुद्दा दर्ता भएका जिल्ला अदालत धनकुटाका न्यायाधीश हरिशचन्द्र इङ्नामले बताए । लागूऔषध ब्राउन सुगर सम्बन्धी १८ र अन्य लागू...
विद्यालयमै लोपोन्मुख सामग्रीको सङ्ग्रहालय

विद्यालयमै लोपोन्मुख सामग्रीको सङ्ग्रहालय

धनकुटा । विद्यालयले केवल शैक्षिक ज्ञान मात्रै दिँदैन, व्यवहारिक ज्ञान र सीप समेत उपलब्ध गराउँछ । त्यति मात्रै नभएर ऐतिहासिक र लोपोन्मुख सामग्री समेत प्रत्यक्ष अवलोकन गराएर त्यसको महत्व विद्यार्थीलाई बुझाउँछन् । आवश्यक स्रोत-साधनको अभावमा सबै विद्यालयमा भनेजति सामग्री उपलब्ध नहुन सक्छन् । तर संखुवासभको तुम्लिङटार नगरपालिका-९ स्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयले ऐतिहासिक तथा लोपोन्मुख स...
पुर्खौली पेसालाई आधुनिक प्रविधिसँग जोड्दा फेरिएको धनकुटाको कटहरे गाउँ

पुर्खौली पेसालाई आधुनिक प्रविधिसँग जोड्दा फेरिएको धनकुटाको कटहरे गाउँ

धनकुटा । परम्परागत सीपलाई व्यवसायिक बनाएपछि धनकुटाको घोर्लीखर्कस्थित कटहरे गाउँको दैनिकी फेरिएको छ । पुर्खौली पेसालाई आधुनिकीकरणसँगै व्यवसायिक बनाउँदा आर्थिक र सामाजिक अवस्था पनि सबल बन्दै गएको छ । परम्परागत आरनबाट घरायसी प्रयोगका लागि फलामका विभिन्न औजार बनाउँदै आएको समुदायले प्रविधिको विकाससँगै सीपलाई थप सहज बनाउँदै लगेको हो । पाख्रीबास नगरपालिका-५ घोर्लीखर्कस्थित कटहरे गाउँका २३ घरपरिवारले ...
धनकुटाकी एकमात्रै सवारी चालक महिला कुशलालाई सम्मान 

धनकुटाकी एकमात्रै सवारी चालक महिला कुशलालाई सम्मान 

धनकुटा । धनकुटाकी एक मात्रै इलेक्ट्रिक गाडी (ईभी) चालक महिलालाई सम्मान गरिएको छ । बिहीबार धनकुटा नगरपालिका-६ नम्बर वडा कार्यालय र मार्गेश्वरी टोल विकास संस्थाले संयुक्तरूपमा ईभी चालक महिला कुशला राईलाई सम्मान गरेका हुन् । सहिदभूमि गाउँपालिकला-४ घर भएकी राई लामो दूरीको सवारी चलाउने धनकुटाकी एक मात्रै महिला हुन् । उनलाई धनकुटा नगरपालिका-६ स्थित गोठ गाउँमा ईभी गाडी रोकेर स्थानीयहरूले फूलमाला र अबि...
धनकुटाका डेरी र मिठाई पसलमा अखाद्य बस्तु भेटिएपछि जरिवाना

धनकुटाका डेरी र मिठाई पसलमा अखाद्य बस्तु भेटिएपछि जरिवाना

धनकुटा । धनकुटाको हुलाक टोलमा बजार अनुगमन गरिएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय धनकुटाको नेतृत्वमा भएको छड्के अनुगमनमा डेरी, मिठाई पसल र होटलमा अखाद्य बस्तु भेटिएपछि जरिवाना गरिएको हो ।  धनकुटाको भिमनारायण चोकदेखि मदन चोकसम्म सञ्चालनमा रहेका करिव आधा दर्जन डेरी र मिठाई पसलको अनुगमन गरिएको प्रशासन कार्यालयले जनाएको छ ।  अनुगमनका क्रममा मिठाई पसलहरूमा पटक-पटक प्रयोग गरिएको तेल पुनः प्रयोग ग...
धनकुटामा ‘नेशनल गट ट्यालेन्ट’ र ‘मिस धनकुटा’ आयोजना हुँदै 

धनकुटामा ‘नेशनल गट ट्यालेन्ट’ र ‘मिस धनकुटा’ आयोजना हुँदै 

धनकुटा । धनकुटामा नेशनल गट ट्यालेन्ट २०८३ र मिस धनकुटा २०८३ प्रतियोगिता आयोजना हुने भएको छ । बुधबार आयोजक रिक्रियसन मल्टिमिडिया एण्ड इनटरनेशनल प्रालि र टिन्स क्रु डान्स ट्रेनिङ सेन्टरले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सञ्चालनका बारेमा जानकारी गराएको हो । २०७३ सालदेखि पूर्वाञ्चल डान्सिङ सुपरस्टार तथा २०७४, २०७६, २०७८, २०८०, २०८१ र २०८२ मा ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ प्रतियोगिता सम्पन्न भइसकेको छ...
भेडेटारको स्काई वाक : एक वर्षमा एक लाख ३१ हजारले गरे भ्रमण

भेडेटारको स्काई वाक : एक वर्षमा एक लाख ३१ हजारले गरे भ्रमण

धनकुटा । धनकुटाको भेडेटारमा सञ्चालित स्काई वाकमा एक वर्षको अवधिमा करिब १ लाख ३१ हजार आन्तरिक तथा बाह्य पर्यटक पुगेका छन् । वन्डर्स ग्रुपको लगानीमा सञ्चालित स्काई वाकमा आन्तरिकसँगै छिमेकी मुलुक भारतबाट समेत पर्यटकहरू आउने गरेका छन् । स्काई वाकले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा भ्रमण गर्न आउने पर्यटकको तथ्याङ्क सार्वजनिक गरेको छ । जसअनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष भ्रमणमा आउने पर्यटकको स...
आधुनिकता र प्रविधिसँगै हरायो मौलिक बेठी र असारे भाका

आधुनिकता र प्रविधिसँगै हरायो मौलिक बेठी र असारे भाका

धनकुटा । संस्कृतिको उत्सवका रूपमा विभिन्न भाका हाल्दै गोरु नारेर खेत साउने, आली लगाउने र हातमा धानको बीउ लिएर पञ्चेबाजाको तालमा सामूहिक रूपमा बेठी लगाउने मौलिक परम्परा पछिल्लो समय लोप हुँदै गएको छ । मानो रोपेर मुरी फलाउने असार महिनामा किसानहरू खेतमा पसेर असारे भाकामा मायाप्रेम, प्रकृति, दुःखसुख र सामाजिक जीवनका अनुभव साटासाट गर्दै हिलो खेल्ने गर्दथे । तर, कृषि प्रणालीमा भित्रिएको आधुनिक प्रविधि...
धनकुटामा हुलाकमार्फत १६६ जनालाई घरमै पुगेर वितरण गरियो राहदानी

धनकुटामा हुलाकमार्फत १६६ जनालाई घरमै पुगेर वितरण गरियो राहदानी

धनकुटा । जिल्ला हुलाक कार्यालय धनकुटाले १६६ जनालाई घरमै पुगेर राहदानी वितरण गरेको छ ।  हुलाक सेवा विभागमार्फत सञ्चालन गरिएको ‘घरमै राहदानी वितरण सेवा’ अन्तरगत जिल्लाका सातवटै पालिकामा घर-घरमै पुगेर राहदानी वितरण गरिएको हो । नेपाल सरकारले सेवाग्राहीलाई कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्दै अघि सारेको सेवा घरदैलोमै भन्ने नीतिअनुसार कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । जिल्ला हुलाक कार्यालय...
error: Content is protected !!