संगालोखबर


विराटनगर । अन्तराष्ट्रिय खुल्ला कराते प्रतियोगितामा नेपाललाई ९ मेडल प्राप्त भएको छ । बंगलादेशमा भएको बिओके कप छैटौँ अन्तराष्ट्रिय खुल्ला कराते प्रतियोगितामा नेपालले ९ मेडल जितेको हो ।  

कुमुते १२ देखि १४ वर्ष उमेर समूहमा ४० किलो तौलतर्फ अस्टिन उप्रेतीले मेडल प्राप्त गरेका छन् भने १४ देखि १६ वर्ष उमेर समूहमा ४५ किलो तौलतर्फ रेहिन थापाले मेडल प्राप्त गरेका छन् ।

Advertisement

यस्तै १८ देखि २० वर्ष उमेर समूहमा ५५ किलो तौलतर्फ सन्दिप चौधरी र १० देखि १२ वर्ष उमेर समूहमा ३५ किलो तौल समूहमा श्याम चौधरीले मेडल जितेका छन् । 

महिला १४ देखि १६ वर्ष उमेर समूहमा ४५ किलो तौलतर्फ बिन्दा तामाङ, १२ देखि १४ वर्ष उमेर समूहमा ४५ किलो तौलतर्फ खुसी विष्ट र १२ देखि १४ उमेर समूहमा ४० किलो तौलतर्फ शिल्पा श्रेष्ठले मेडल प्राप्त गरेका छन् । 

यसैगरी कुमुते १४ देखि १६ वर्ष उमेर समूहमा ४५ किलो तौलतर्फ राहुल हरिजन र काता तर्फ १८ देखि २० उमेर समूहमा सन्दिप चौधरीले मेडल प्राप्त गरेका टिम कोच सागर राउतले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!