
विराटनगर । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज प्रतितोला चार सय रुपैयाँ बढेर सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४८ हजार नौ सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला दुई लाख ४८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ८५ रुपैयाँले घटेर तीन हजार दुई सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला तीन हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













