विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
विराटनगर । विराटनगर-१५ स्थित ३ नम्बर ढाटमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गएराति करिब १२ः५५ बजे भएको दुर्घटनामा सप्तरीको तिरहुत गाउँपालिका-५ महुलीका ३० वर्षीय अनोज चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि कोशी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा मोटरसाइकल पछाडि सवार मोरङको कटहरी गाउँपालिका-५ का ३० वर्षीय धर्मेन्द्र सरद...































