प्रधानमन्त्री ओली आज विराटनगर आउँदै

प्रधानमन्त्री ओली आज विराटनगर आउँदै

विराटनगर । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज विराटनगर आउँदैछन् । एमाले मोरङको १० औं जिल्ला अधिवेशन उद्‌घाटन गर्न प्रधानमन्त्री विराटनगर आउन लागेका हुन् । एमाले मोरङको अधिवेशन होटल मनास्लु इनमा हुने छ । प्रधानमन्त्री आउने भएपछि विराटनगरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । अधिवेशनले १ सय ६५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । जिल्ला अधिवेशनका लागि ९ सय १४ जना प्रतिनिधि छानिएक...
इलाममा पिकअप दुर्घटना हुँदा २९ जना घाइते

इलाममा पिकअप दुर्घटना हुँदा २९ जना घाइते

विराटनगर । इलामको माई नगरपालिका–१ मा पिकअप दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । बिहीबार दिउँसो महमाईबाट दानाबारीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ४१९२ नम्बरको पिकअप दुर्घटनामा परेको हो । ‘ब्रेक फेल’ भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । घाइतेहररूको इलाम अस्पताल र झापाको बिर्तामोडस्थित विएन्डसी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा पिकअप चालक इलामको माइ नगरपालिका–४ का अन्दाजी २७ वर्षी...
आज ग्याल्पो ल्होसार मनाइँदै

आज ग्याल्पो ल्होसार मनाइँदै

विराटनगर । आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले यो पर्व मनाउँदै आएको छ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२ औं ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेख...
अपडेट : सिन्धुपाल्चाेककाे भैरव कुण्ड केन्द्रविन्दु भएर भुकम्प, ६.१ रेक्टर मापन

अपडेट : सिन्धुपाल्चाेककाे भैरव कुण्ड केन्द्रविन्दु भएर भुकम्प, ६.१ रेक्टर मापन

विराटनगर । सिन्धुपाल्चोक जिल्लाको भैरव कुण्ड केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलकाे भुकम्प गएकाे छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज राति २ बजेर ५१ मिनेटमा भुकम्प गएकाे हाे ।भूकम्पले काेशी प्रदेशसहित देशभर प्रभाव पारेको छ ।
विराटनगरसहितका स्थानमा भुकम्पकाे धक्का महशुस

विराटनगरसहितका स्थानमा भुकम्पकाे धक्का महशुस

विराटनगर । विराटनगरसहित देशका विभिन्न स्थानमा भूकम्कपको धक्का महसुस गरिएको छ। आज बिहान २ः५२ बजे भूकम्पको धक्का महसुस गरिएको हो। थप विवरण आउन बाँकी छ ।
कोशी क्रिकेट महोत्सव सम्पन्न

कोशी क्रिकेट महोत्सव सम्पन्न

विराटनगर । कोशी क्रिकेट महोत्सव सम्पन्न भएको छ । कोशी प्रदेश क्रिकेट सङ्घको प्रवर्द्धन, नेपाल क्रिकेट फाउन्डेसनको आयोजना, एमसिसि फाउन्डेसन र क्रिकेट विथ आउट बाउन्ड्रिजको समन्वय तथा मोरङ जिल्ला क्रिकेट सङ्घको सहयोगमा भएको महोत्सव सम्पन्न भएको हो । महोत्सव विराटनगर ६ स्थित मेरिलबोन ज्वाला क्रिकेट मैदानमा भएको थियो । कोशी क्रिकेटको विकास र प्रवर्द्धन तथा विद्यालय स्तरीय खेलाडीहरूलाई प्रतिस्पर्धात्...
मुख्यमन्त्री कार्यालय अगाडि शिक्षक आन्दोलित

मुख्यमन्त्री कार्यालय अगाडि शिक्षक आन्दोलित

विराटनगर । नेपाल शिक्षक महासङ्घ कोशी प्रदेशको नेतृत्वमा कोशी प्रदेशका १४ वटै जिल्लाका शिक्षक आन्दोलित भएका छन् । पेशागत र शैक्षिक मागहरू राखेर कोशी प्रदेश सहित देशैभरका शिक्षक तथा कर्मचारी आन्दोलित भएका हुन् । नारा जुलुससहित भेला भएका उनीहरूले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीलाई आज ज्ञापन पत्र  बुझाएका छन् । लामो समयदेखि सामुदायिक विद्यालयहरूमा कार्यरत स्थायी तथा अस्थायी शिक्षक, ...
महेन्द्र मोरङ क्याम्पसमा नेविसङ्घका विद्यार्थीहरूबीच झडप

महेन्द्र मोरङ क्याम्पसमा नेविसङ्घका विद्यार्थीहरूबीच झडप

विराटनगर । विराटनगरको महेन्द्र मोरङ कलेजमा नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)का विद्यार्थीहरूबीच झडप भएको छ । आज बिहान संस्थापन र शेखर कोइराला पक्षका विद्यार्थीहरूबीच झडप भएको हो । झडपमा तीन जना घाइते भएका छन् । नेविसङ्घ मोरङका जिल्ला सभापति सरोज पोखरेल, सचिव गुड्डु साह र महेन्द्र मोरङमै अध्ययनरत नेविसङ्घ केन्द्रीय सदस्य पूजा विश्वास घाइते भएका जनाइएको छ । घाइते तीनै जना इतर पक्षका हुन् । उनीहरूको...
‘दलित-दलितबीचको विभेद हटाउनुपर्नेमा जोड’

‘दलित-दलितबीचको विभेद हटाउनुपर्नेमा जोड’

विराटनगर । दलित समुदायका महिलाहरूको अवस्था क्रमिक सुधार हुँदै गएको सरोकारवालाहरूले बताएका छन् । दलित महिला संघ कोशी प्रदेशले आज विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले विगतको तुलनामा पछिल्लो समय दलित महिलाहरूको अवस्था सुधार हुँदै गएको बताएका हुन् । कार्यक्रममा सहभागीहरूले दलित महिलाहरूको अवस्था क्रमिक सुधार हुँदै गएपनि पर्याप्त नभएको बताएका छन् । विपन्न दलित समुदायभित्...
‘मुस्लिम अगुवाले प्रचण्डलाई भने : साम्प्रदायिक हिंसाप्रति राज्य संवेदनशील हुनुपर्छ’

‘मुस्लिम अगुवाले प्रचण्डलाई भने : साम्प्रदायिक हिंसाप्रति राज्य संवेदनशील हुनुपर्छ’

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मुस्लिम अगुवाहरूले ज्ञापनपत्र बुझाएका छन् । जनतासँग माओवादी, हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानअन्तर्गत आज सुनसरीको हरिनगर गाउँपालिकामा आयोजित कार्यक्रममा प्रचण्डलाई ज्ञापनपत्र बुझाएका हुन् । मुस्लिम अगुवाहरूले अध्यक्ष प्रचण्ड समक्ष सिमा क्षेत्रका समस्या र मुस्लिम समुदायको आवाजप्रति गम्भीर हुन आग्रह गर्दै बेलाबेला...
धनकुटाबाट लागूऔषधसहित दुई जना पक्राउ 

धनकुटाबाट लागूऔषधसहित दुई जना पक्राउ 

विराटनगर । धनकुटाको सहिदभूमि गाउँपालिका-३ बाट प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय छिन्ताङबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरूलाई पक्राउ गरेको हो । सहिदभुमि-३ का नेजा राई र आशिष राईलाई ट्रामाडोल र स्पासपेन २० ट्याबलेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै सुनसरीको इटहरी–५ बाट ट्रामाडोल एक सय ६० क्याप्सुल र स्पासपेन एक सय ६० क्याप्स...
पाँचथरमा विद्यार्थी पुर्‍याएर फर्किँदै गरेको बोलेरो दुर्घटना, चालकको मृत्यु

पाँचथरमा विद्यार्थी पुर्‍याएर फर्किँदै गरेको बोलेरो दुर्घटना, चालकको मृत्यु

विराटनगर । पाँचथरमा विद्यार्थी घर पुर्‍याएर फर्किँदै गरेको बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । हिलिहाङ गाउँपालिका-१ अमरपुरको माङसेवा बोर्डिङ स्कुलका विद्यार्थीलाई घर पुर्‍याएर  फर्किँदै गरेको मे १ ज ३०७३ नम्बरको बलेरो बुधबार साँझ दुर्घटनामा परेको हो । दुर्घटनामा हिलिहाङ-१ का ३५ वर्षीय हेमराज योगीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएक...
बर्जु ताललाई भूमाफियाको चङ्गुलबाट जोगाइदिन प्रचण्डसँग आग्रह

बर्जु ताललाई भूमाफियाको चङ्गुलबाट जोगाइदिन प्रचण्डसँग आग्रह

सुनसरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको चिमडी स्थित बर्जु तालको अवलोकन गरेको छन् । अवलोकनका क्रममा बर्जु ताल सिमसार विकास तथा संरक्षण समितिले यसको संरक्षण र विकासका लागि पहल गरिदिन प्रचण्डसँग आग्रह गरेको छ । पूर्वी नेपालकै ठूलो मध्येको एउटा ताल भएकाले भूमाफियाको चङ्गुलबाट जोगाउँदै आवश्यक संरक्षण र विकासका लागि समितिले आग्रह गरेको हो । जनतासँग माओवादी, तराई म...
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

विराटनगर । आज सुनको मूल्य सामान्य घटेको छ । बुधबारको तुलनामा आज सुनको मूल्य दुई सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य सामान्य बढेको छ । महासङ्घका अनुसार आज प्रतितोला पाँच रुपैयाँले बढेर चाँदी एक हजार नौ सय ४५ ...
महिला फुटबलमा झापा, मोरङ, सुनसरी र धनकुटा विजयी

महिला फुटबलमा झापा, मोरङ, सुनसरी र धनकुटा विजयी

विराटनगर । प्रथम कोशी प्रदेश खेलकुद महोत्सव अन्तर्गत महिला फुटबलमा झापा, मोरङ, सुनसरी र धनकुटा विजयी भएका छन् । आज विराटनगरको दिल्ली पब्लिक स्कुलको मैदानमा सम्पन्न पहिलो खेलमा तेह्रथुम जिल्ला टोलीलाई ० विरुद्ध ६ गोल गर्दै झापा विजयी भएको हो । दोस्रो खेलमा खोटाङलाई ० विरुद्ध १ गोल गर्दै मोरङ विजयी भएको छ । तेस्रो खेलमा सुनसरीले सोलुखुम्बुलाई ३-० गोलले पराजित गर्दै विजयी भएको हो । यस्तै चौथो खे...
खोटाङमा घाँटी रेटिएको अवस्थामा महिलाको शव फेला, नजिकै पुरुष पनि मृत भेटिए

खोटाङमा घाँटी रेटिएको अवस्थामा महिलाको शव फेला, नजिकै पुरुष पनि मृत भेटिए

विराटनगर । खोटाङको बराहपोखरी गाउँपालिका-१ डाँडाखर्कमा एक विवाहित महिला र एक पुरुष जङ्गलमा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार अन्दाजी २० वर्षीया सरिता विष्ट र अन्दाजी २० वर्षीय शिखर बस्नेत मृत फेला परेका हुन् । गाउँ नजिकै रहेको दारेगौडा जङ्गलमा आज बिहान करिब ६ बजे स्थानीयले मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । ‘सरिताको धारिलो हतियार...
मोरङको बुढीगङ्गामा सिटी सफारीसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु 

मोरङको बुढीगङ्गामा सिटी सफारीसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु 

विराटनगर । मोरङको बुढीगङ्गा गाउँपालिका-५ हात्तीमुडामा सिटी सफारी र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज बिहानको राति करिब २ः३० बजे भएको दुर्घटनामा मोटरसाइकल चालक बुढीगंगा-५ का २८ वर्षीय फिरोजकुमार सिक्दारको मृत्यु भएको हो । प्रहरीका अनुसार हात्तीमुडाबाट पोठिया चोकतर्फ जाँदै गरेको प्रदेश १-०२-००३ ह ५०१७ नम्बरको सफारी र विपरीत दिशाबाट आउँदै गरेको ज १२ प ६८७२ नम्बरको मो...
धनकुटाको महालक्ष्मीमा एक वृद्ध मृत फेला

धनकुटाको महालक्ष्मीमा एक वृद्ध मृत फेला

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-५ ज्यामिरेका एक वृद्ध मृत फेला परेका छन् । आज बिहान करिब सवा ९ बजेको समयमा सोही स्थानका ७० वर्षीय भक्तबहादुर बस्नेत आछामे डाँडाको खोल्सामा मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक सुमन खड्का र प्रहरी चौकी लेगुवाका प्रहरी सहायक निरीक्षक महानन्द दुलालको टोली घटनास्थलमा पुगेको छ । उनले बढी मात्रामा मादक पदार्थ सेवन गर्ने गरेको पाइ...
विराटनगरका शिवालयमा भक्तजनको घुँइचो (फोटो फिचर)

विराटनगरका शिवालयमा भक्तजनको घुँइचो (फोटो फिचर)

विराटनगर । महाशिवरात्रिको अवसरमा विराटनगरका शिवालयहरूमा बिहानै देखि श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ । विराटनगरका बासुकीनाथ, विराटेश्वर मन्दिर, मनोकामेश्वर, भोलेश्वर बाबा मन्दिर र वनसखण्डि महादेवलगायतका मन्दिरमा आज बिहानै देखि भक्तजनहरूको घुइँचो लागेको छ । बिहानै देखि भक्तजनहरू लाइनमा बसेर पूजाआजा गर्ने पालो पर्खिरहेका छन् । हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व मध्ये महाशिवरात्रि पनि पर्दछ ...
धनकुटामा ट्रकले ठक्कर दिँदा वृद्धाको मृत्यु 

धनकुटामा ट्रकले ठक्कर दिँदा वृद्धाको मृत्यु 

धनकुटा । धनकुटा नगरपालिका-६ गोठगाउँमा ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । धरानबाट हिलेतर्फ जाँदै गरेको प्र १-०२-००२ ख ००४९ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय ७० वर्षीया नन्द कुमारी राईको मृत्यु भएको हो । मंगलबार राति ९ः४५ बजे पैदल हिँडिरहेकी राईलाई ट्रकले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिएर भागेको ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट...
ताप्लेजुङमा लगाइएको निषेधाज्ञा हट्यो

ताप्लेजुङमा लगाइएको निषेधाज्ञा हट्यो

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ बजार र काफ्लेपाटी क्षेत्रमा लगाइएको निषेधाज्ञा हटाइएको छ । फागुन ११ गते बिहान पाँच बजेबाट जारी गरिएको निषेधाज्ञा मंगलबार राति ११ बजेदेखि हटाइएको हो । जिल्ला सुरक्षा समितिको सिफारिस अनुसार तीन दिनदेखि लागू गरिएको निषेधाज्ञा हटाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । ताप्लेजुङमा ‘नो केबलकार’ समूह र सुरक्षाकर्मीबी...
आज महाशिवरात्रि पर्व मनाइँदै

आज महाशिवरात्रि पर्व मनाइँदै

विराटनगर । आज महाशिवरात्रि पर्व मनाइँदैछ । भगवान् शिवजी उत्पत्ति भएको दिनको रूपमा आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरेर यो पर्व मनाउने प्रचलन छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीमा यो पर्व मनाउने गरिन्छ । पर्वको अवसरमा विराटनगरसहित देशभरका शिवालयहरू बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरूप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि पर...
जमरकट्टेलहरुको राष्ट्रिय सम्मेलन फागुन १५ र १६ गते नेचामा हुने

जमरकट्टेलहरुको राष्ट्रिय सम्मेलन फागुन १५ र १६ गते नेचामा हुने

विराटनगर । सोलुखुम्बुको नेचामा जमरकट्टेलहरुको राष्ट्रिय सम्मेलन हुने भएको छ । देशभरका भारद्वाज गोत्रीय जमरकट्टेल (जमकटेल, कट्टेल, कटेल) बन्धुहरूलाई एकतावद्ध गर्न यही फागुन १५ र १६ गते राष्ट्रिय सम्मेलन गर्न लागिएको हो । जमरकट्टेल बन्धुहरूलाई एकतावद्ध गर्न विराटनगर, नेचा, झापा, काठमाडौँ लगायत स्थानमा करिब एक दर्जन बढी संस्थाहरू निर्माण भएका छन् । सम्मेलनबाट ती संस्थाहरूबीच समन्वय गरेर जमरकट्टेलह...
सरस्वती स्कुलले जित्यो अन्तर स्कुल क्रिकेटको उपाधि

सरस्वती स्कुलले जित्यो अन्तर स्कुल क्रिकेटको उपाधि

विराटनगर । आठौँ विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि सरस्वती स्कुलले जितेको छ । जहदा क्रिकेट क्लबको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा अर्किड स्कुललाई ७ विकेटले पराजित गर्दै सरस्वतीले उपाधि जितेको हो । टस जितेर पहिला ब्याटिङ गरेको अर्किडले निर्धारित २० ओभरमा १८ दशमलव १ बलमा सबै विकेट गुमाउँदै ९५ रन बनाएको थियो । अर्किडका लागि अभय कामतले सर्वा...
प्रथम कोशी प्रदेश खेलकुद महोत्सव उद्‌घाटन

प्रथम कोशी प्रदेश खेलकुद महोत्सव उद्‌घाटन

विराटनगर । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले प्रथम कोशी प्रदेश खेलकुद महोत्सवको उद्‌घाटन गरेका छन् । आज विराटनगर स्थित सहिद रंगशालामा सभामुख विष्टले महोत्सवको उद्‌घाटन गरेका हुन् । उद्‌घाटन सत्रमा बोल्दै सभामुख विष्टले खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्न विद्यालय स्तरबाटै लाग्नुपर्ने उल्लेख गरे । विष्टले निरन्तरको खेलकुद गतिविधिले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त ग...
सुनिल शर्माको केएमसीमा स्याङ्जाका विपन्न विरामीको निःशुल्क उपचार हुने

सुनिल शर्माको केएमसीमा स्याङ्जाका विपन्न विरामीको निःशुल्क उपचार हुने

विराटनगर । काठमाडौं मेडिकल कलेज (केएमसी) मा स्याङ्जाका विपन्न विपन्न बिरामीहरूको निःशुल्क उपचार हुने भएको छ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङको अनुरोधमा केएमसीका प्रोपाइटर एवं सांसद डा. सुनिल शर्माले निःशुल्क उपचारको व्यवस्थापन मिलाइदिएका हुन् । आगामी चैत्र ४ गते काठमाडौं मेडिकल कलेज सिनामंगलमा स्याङ्जाका विपन्न बिरामीहरूका लागि अप्रेसन र बेड चार्ज तथा रगत जाँच, सिटी स्क्यान, एमआरआई लगाय...
कोशी खेलकुद महोत्सव : पुरुष सय मिटर दौडमा मण्डल र महिलामा रिजाल प्रथम

कोशी खेलकुद महोत्सव : पुरुष सय मिटर दौडमा मण्डल र महिलामा रिजाल प्रथम

विराटनगर । कोशी प्रदेश खेलकुद महोत्सवको पहिलो दिन एथलेटिक्स विधा अन्तर्गत पुरुष सय मिटर दौडमा सुजन मण्डल प्रथम भएका छन् । आज विराटनगरको सहिद रंगशालामा भएको सय मिटर दौड ११.४० सेकेन्डमा पूरा गर्दै मण्डल प्रथम भएका हुन् । सुमित गच्छदार दोस्रो हुँदा सन्तोष कुमार सहनी तेस्रो भए । गच्छदारले ११.७० सेकेन्ड र सहनीले १२.१० सेकेन्डमा दौड पूरा गरे । सय मिटर महिलातर्फ बिनिसा रिजाल प्रथम भइन् । उनले १३.४० स...
धरानमा प्रहरीलाई देखेर भागेको मोटरसाइकलमा गाँजा भेटियो, धनकुटाका सिवा पक्राउ

धरानमा प्रहरीलाई देखेर भागेको मोटरसाइकलमा गाँजा भेटियो, धनकुटाका सिवा पक्राउ

विराटनगर । धनकुटाबाट दुई वटा जेब्रा झोलामा गाँजा बोकेर आउँदै गरेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान करिब ४ः३० बजे प्रहरीलाई देखेर भागेको मोटरसाइकल सेउती पुल नजिक फेला परेको हो । मोटरसाइकल नियन्त्रणमा लिएसँगै प्रहरीले एक जनालाई पक्राउ पनि गरेको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार तीनकुने चोकस्थित भित्री सडकखण्डमा इटहरीतर्फ आउँदै गरेको बा ८३ प २९०४ नम्बरको मोटरसाइकल चेकजाँचका...
खोटाङमा सुमो र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

खोटाङमा सुमो र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

विराटनगर । खोटाङमा सुमो र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक मदन गिरी र उनका पछाडि बस्ने लक्ष्मीप्रसाद गिरी घाइते भएका हुन् । उनीहरूको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आज बिहान ना १ ज ६२१९ नम्बरको सुमो र बा ९३ प १९१३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१० पाथेकाबाट अर्खाैले जाँदै गरेको मोटर...
झापाको दमकमा ब्याक गर्दै गरेको ट्रक स्कुल बसमा ठोक्कियो 

झापाको दमकमा ब्याक गर्दै गरेको ट्रक स्कुल बसमा ठोक्कियो 

विराटनगर । झापाको दमक बसपार्क छेउमा ट्रकले स्कुल बसलाई ठक्कर दिएको छ । सडक छेउमा रोकिराखेको स्कुल बसलाई आज दिउँसो करिब १२ः३० बजेतिर ट्रकले ब्याक गर्ने क्रममा ठक्कर दिएको हो । इलाका प्रहरी कार्यालय दमकका इन्स्पेक्टर नवीन राईका अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन । ‘स्कुल बसमा चालक मात्रै हुनुहुन्थ्यो । उहाँ पनि सकुशल हुनुहुन्छ’, उनले संगालोखबरसँग भने, ‘ब्याक गर्ने क्रममा ट्रकले ठक्कर दिएपछि ...
मोरङको रंगेलीमा ग्यास सिलिन्डर विष्फोट

मोरङको रंगेलीमा ग्यास सिलिन्डर विष्फोट

विराटनगर । मोरङको रंगेली नगरपालिका-७ मुख्य बजार नजिकै ग्यास सिलिन्डर विष्फोट भएको छ । आज बिहानको राति करिब तीन बजेतिर प्रिमाको ग्यास सिलिन्डर विष्फोट भएको हो । विष्फोटबाट कुनै मानवीय क्षति भएको छैन । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सन्तोषकुमार खड्काका अनुसार सुनिलकुमार मण्डलको घरमा ग्यास विष्फोट भएको हो । ‘टिनले बेरेर सामान राख्ने ठाउँ बनाएको रहेछ’, खड्काले भने, ‘त्यहाँ अरु एकदुई...
error: Content is protected !!