
विराटनगर । झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान सामान्य दुर्घटनामा परेको छ । ९ एन–एमएफ कलसाइन भएको एटीआर ७२ को विमान धावनमार्गबाट चिप्लिएको हो ।
विमान चिप्लिएर धावनमार्गभन्दा केही बाहिर गएको छ । विमानमा ५१ जना यात्रु सवार थिए । उनीहरु सबै सकुशल रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
‘विमानमा रहेका सबै यात्रुु सकुशल छन्’, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले संगालोखबरसँग भने, ‘काठमाडौंबाट आएको विमान ग्राउण्डबाट अगाडि आएर धसिएको हो ।’

संगालोखबर 
















