संगालोखबर
साङ्केतिक तस्बिर

उदयपुर । उदयपुरको बेलका नगरपालिका-३ किरात चोकमा पतिले छुरा प्रहार गरेर पत्नीको हत्या गरेका छन् । आज बिहान करिब ८ बजे ३० वर्षीय खगेन्द्र राईले २७ वर्षीया पत्नी गंगा राईमाथि छुरा प्रहार गरेका हुन् ।

छुरा प्रहारबाट गम्भीर घाइते भएकी गंगाको उपचारका क्रममा आज बिहान ९ः५० बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ । सामान्य विवाद हुँदा खगेन्द्रले पत्नीलाई छुरा प्रहार गरेको खुलेको प्रहरीको भनाइ छ ।

‘श्रीमान-श्रीमतीबीचमा झगडा भएको रहेछ । के विषयमा झगडा भएको भन्ने खुलेको छैन’, उदयपुरका प्रहरी प्रवक्ता डीएसपी केदारमान दोङले संगालोखबरसँग भने, ‘श्रीमती माइत जान खोज्दा श्रीमानले छुरा प्रहार गरेको खुलेको छ ।’

पत्नीलाई आक्रमण गरेपछि खगेन्द्रले पनि सोही छुरा आफ्नो शरीरमा प्रहार गरेका छन् । उनको अवस्था पनि गम्भीर रहेको र घोपामै प्रहरीको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको डीएसपी दोङले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय रामपुरठोक्सीलाबाट खटिएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान अघि बढाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!