कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्य आवश्यक छ : मन्त्री पराजुली

कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्य आवश्यक छ : मन्त्री पराजुली

विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताएका छन् । मोरङको सुन्दरहरैचा-२ स्थित मृगौलियामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्वारा शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री पराजुलीले यस्तो बताएका हुन् । ‘सिनेमामा कोशी प्रदेश, ...
एमालेबाट धनकुटामा राजेन्द्र राईले पाए टिकट

एमालेबाट धनकुटामा राजेन्द्र राईले पाए टिकट

धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले धनकुटामा राजेन्द्र राईलाई उम्मेद्वार बनाएको छ । एमाले केन्द्रिय कमिटीको सचिवालय बैठकले राईसहित देशभरका उम्मेद्वारको टुंगो लगाएको हो । केही दिनदेखि काठमाडौंमै रहेका राई टिकट पाएर जिल्ला फर्कदैछन् । ६ गते उम्मेद्वारी मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । राई यसअघि पनि धनकुटाबाट दुई पटक प्रतिनिधि सभा सदस्यमा निर्वा...
एमालेले छान्यो देशभरका उम्मेद्वार (नामावलीसहित)

एमालेले छान्यो देशभरका उम्मेद्वार (नामावलीसहित)

विराटनगर । नेकपा एमालेले देशभरका सबै निर्वाचन क्षेत्रका उम्मेदवारको टुङ्गो लगाएको छ । आज बसेको एमाले केन्द्रिय कमिटीको सचिवालय बैठकले उम्मेद्वारको टुंगो लगाएको हो । केही निर्वाचन क्षेत्रबाहेक सबैको टुंगो लागेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । कहाँ को बने उम्मेद्वार  ? कोशी प्रदेश ताप्लेजुङ १. अध्यक्षले टुङ्गाउने पाँचथर १. ऐन्द्रसुन्दर नेम्वाङ इलाम १. क...
विराटनगर क्रिकेट लिगको दोस्रो खेलमा डाइनामिक एकेडेमी विजयी

विराटनगर क्रिकेट लिगको दोस्रो खेलमा डाइनामिक एकेडेमी विजयी

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगरमा जारी क्रिकेट लिगमा आज भएको खेलमा डाइनामिक क्रिकेट एकेडेमी विजयी भएको छ । विराटनगरको मेरिवोन ज्वाला क्रिकेट मैदानमा भएको खेलमा कटहरी क्रिकेट क्लबलाई ३ विकेटले हराउँदै डाइनामिक क्रिकेट एकेडेमी विजयी भएको हो । टस जितेर ब्याटिङ गरेको कटहरीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सस १८ रनको सामान्य योगफल तयार पारेको थियो । कटहरीका लागि प्रसिद्ध ...
भयावह बन्दै सवारी दुर्घटना : कोशीमा पुस महिनामा ३७ जनाको मृत्यु

भयावह बन्दै सवारी दुर्घटना : कोशीमा पुस महिनामा ३७ जनाको मृत्यु

विराटनगर । कोशी प्रदेशमा पुस महिनामा मात्रै सवारी दुर्घटनामा परेर ३७ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा नौ सय चार जना घाइते भएका छन् । पाँच सय ७० वटा घटनामा आठ सय २७ वटा सवारी-साधन दुर्घटनामा परेका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार चालकको लापरबाहीका कारण सबैभन्दा बढी दुर्घटना भएका छन् । चालकको लापरबाहीका कारण पुस महिना...
मोरङको ग्रामथानमा तीन लाख नगदसहित जुवा खालबाट ४ जना पक्राउ

मोरङको ग्रामथानमा तीन लाख नगदसहित जुवा खालबाट ४ जना पक्राउ

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-४ स्थित जुरीखोला छेउको बाँस झ्याङमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी-९ का ५७ वर्षीय जय किशोर साह, भोजपुरको हतुवागढी-३ घर भई हाल धरान बस्ने ५६ वर्षीय हेमन्त राई, मोरङको कटहरी गाउँपालिका-१ का ४२ वर्षीय सोनलाल राजवंशी र मोरङको सुन्दरहरैँचा-५ का ४७ वर्षीय इन्द्र आचार्य छन् । उनीहरूलाई आइतबार साँझ क...
विराटनगरको एभरेष्ट स्कुलमा स्पोर्ट्स मिट सुरु

विराटनगरको एभरेष्ट स्कुलमा स्पोर्ट्स मिट सुरु

विराटनगर । विराटनगर-५ स्थित एभरेष्ट माध्यमिक विद्यालयमा आजदेखि वार्षिक स्पोर्ट्स मिट सुरु भएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज पहिलो दिन नर्सरी देखि कक्षा तीन सम्मका विद्यार्थीहरूले विभिन्न स्पर्धाहरूमा भाग लिएका छन् । विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलका अनुसार कक्षा नर्सरीका लागि ‘ब्यालेन्स रेस’, ‘स्वीट रेस’ र ‘म्यूजिकल चेयर’ मा स्पर्धा गराइएको छ । यस्तै एलकेजीका विद्यार्...
३३ किलो सुन काण्डका फरार प्रतिवादी गौतमलाई पक्राउ गरि ल्याइयो मोरङ

३३ किलो सुन काण्डका फरार प्रतिवादी गौतमलाई पक्राउ गरि ल्याइयो मोरङ

विराटनगर । सनम शाक्यको अपहरण, शरीर बन्धक तथा ज्यान सम्बन्धी कसूरका फरार प्रतिवादी पक्राउ परेका छन् । ३३ किलो सुन प्रकरणसँग जोडिएको मुद्दाका फरार प्रतिवादी मकवानपुरका ३३ वर्षीय सुरेन्द्र गौतम पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार काठमाडौंमा पक्राउ परेका उनलाई मोरङ ल्याइएको छ । गौतमलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त समन्वयमा माघ १ गते पक्रा...
विराटनगर क्रिकेट लिग : उद्‌घाटन खेलमा कटहरी क्रिकेट क्लब विजयी

विराटनगर क्रिकेट लिग : उद्‌घाटन खेलमा कटहरी क्रिकेट क्लब विजयी

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा आजबाट सुरु भएको विराटनगर क्रिकेट लिगको उद्‌घाटन खेलमा कटहरी क्रिकेट क्लब एकेडेमी विजयी भएको छ । विराटनगरको मेरिवोन ज्वाला क्रिकेट मैदान भएको खेलमा लायन क्रिकेट एकेडेमीलाई ६९ रनले पराजित गर्दै कटहरीले जित निकालेको हो । टस जितेर ब्याटिङ गरेको कटहरीले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सस ६४ रन बनायो । कटहरीका लागि समिर यादवले १८ बलमा ५ छक्का प्रहार गर...
मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आज मुख्य निर्वाचन अधिकृत भीष्म प्रसाईँले कार्यालयको उद्‌घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल, प्रदेश निर्वाचन अधिकारी चोलाराज दंगाल लगायतको उपस्थिति थियो । दंगालका अनुसार मोरङका ६ वटै निर्...
जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका फरार प्रतिवादी धनकुटाबाट पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका फरार प्रतिवादी धनकुटाबाट पक्राउ

धनकुटा । जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका लागूऔषध मुद्दाका फरार प्रतिवादी धनकुटाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा साँगुरीगढी गाउँपालिका-१ का ३३ वर्षीय बुद्धराज लिम्बु छन् । उनलाई आज बिहान ९ बजे आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए । उनका अनुसार लिम्बु लागूऔषध मुद्दामा पुर्पक्षका लागि झुम्का कार...
मोरङ–६ बाट स्वतन्त्र उम्मेदवारी दिने किरण खड्काको घोषणा

मोरङ–६ बाट स्वतन्त्र उम्मेदवारी दिने किरण खड्काको घोषणा

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ बाट किरण खड्काले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । बिहीबार भएको युवा तथा स्थानीय नागरिकहरूसँगको छलफलपछि खड्काले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । छलफलका क्रममा सहभागीहरूले आफ्ना समस्या, गुनासा र अपेक्षा राख्दा खड्काले ती विषयलाई प्रत्यक्ष रूपमा सुन्दै र त्यसप्रति आफ्नो धारणा राखेका थिए । सो क्रममा उनल...
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक, के-के भए निर्णय ?

कोशी प्रदेश मन्त्रिपरिषद् बैठक, के-के भए निर्णय ?

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा उपसचिव दुर्गाप्रसाद सिग्देललाई तोकिएको छ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले गत असोज २४ गतेदेखि रिक्त भएको बोर्डको सदस्य सचिवमा सिग्देललाई तोक्ने निर्णय गरेको हो । अर्को व्यवस्था नभएसम्मका लागि सदस्य सचिव तोकिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए । त्यस्तै आजको बैठकले आन्...
विराटनगरमा राष्ट्रिय भूकम्प सुरक्षा दिवसमा प्रभातफेरी (फोटो फिचर)

विराटनगरमा राष्ट्रिय भूकम्प सुरक्षा दिवसमा प्रभातफेरी (फोटो फिचर)

विराटनगर । २८ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आज विराटनगरमा प्रभातफेरी निकालिएको छ । ‘सबै तहका सरकार तयार, सबै नागरिकको तयारी, भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने मूल नाराका साथ प्रभातफेरी निकालिएको हो । जिल्ला प्रशासन कार्यलयबाट निकालिएको र्‍याली गोल्छा चोक, जलजल चोक, हस्पिटल चोक हुँदै पुनः जिल्ला प्रशासन कार्यलयमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रभातफेरीमा भूकम्प सुरक्ष...
सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ७७ हजार दुई सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला एक सय ६० रुपैयाँ बढेर पाँच हजार छ सय ४५ रुपैयाँ कायम ...
आयोजकले जित्यो तेस्रो त्रिवेणी कप पुरुष भलिबलको उपाधि

आयोजकले जित्यो तेस्रो त्रिवेणी कप पुरुष भलिबलको उपाधि

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा सम्पन्न तेस्रो त्रिवेणी कप पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजकले चुमेको छ । त्रिवेणी खेलकुद विकास समितिको आयोजनामा चौबिसे गाउँपालिका-४ र ५ को संगमस्थल हंसमोरङमा बिहीबार भएको फाइनल खेलमा कोशी प्रदेश प्रहरीलाई पराजित गर्दै आयोजकले उपाधि चुमेको हो । फाइनल खेलमा त्रिवेणीले कोशी प्रदेश प्रहरीलाई २३-२५, २५-२२, २१-२५, २५-२१ र १५-७ को सेटमा हराएको छ । आयोजकले उपा...
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

विराटनगर । आज २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।  ‘सबै तहका सरकार, सबै नागरिकको तयारी : भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने नाराका साथ भूकम्प दिवस मनाउन लागिएको हो । १९९० साल माघ २ गते गएको विनाशकारी महाभूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो । यस दिवसको उद्देश्य भूकम्पबाट हुने क्षतिको न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्...
घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

विराटनगर । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाउने निर्णय गरेको हो । यस्तै, डिजेल र मट्टितेलमा प्रतिलिटर एक/एक रुपैयाँले घटाइएको छ । उक्त मूल्य विहीबार मध्यरात १२ बजेदेखि लागू भएको छ । निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ कायम ...
भोजपुरको षडानन्दमा नेपालमै पहिलो पटक बीउ बैंक सञ्चालन

भोजपुरको षडानन्दमा नेपालमै पहिलो पटक बीउ बैंक सञ्चालन

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाले नेपालमै पहिलो पटक बीउ बैंक सञ्चालनमा ल्याएको छ । चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा प्रथम कन्दमूल प्रदर्शनी कार्यक्रमको अवसरमा आजबाट बीउ बैंक सञ्चालनमा ल्याइएको हो । एक वर्ष अघि आयोजना गरेको कृषि बीउ प्रदर्शनीबाट बीउ बैंक स्थापनाको अवधारणा शुरु भएको नगरप्रमुख सुरेन्द्रकुमार सुन्दासले बताए । उनले बिउ बैंक परम्परागत कृषि प्रणाली, कृषकको ज्ञान र स्थान...
नगद कारोबारमा आजदेखि ५ लाखको सीमा लागू

नगद कारोबारमा आजदेखि ५ लाखको सीमा लागू

काठमाडौं । नगद कारोबारमा आजदेखि ५ लाखको सीमा लागू भएको छ । मङ्सिर १६ गतेको निर्णय र राष्ट्र बैंकको केही दिनअघिको परिपत्र अनुसार आजदेखि बैंक तथा वित्तीय संस्थाले एउटा व्यक्तिसँग ५ लाखभन्दा बढी नगद कारोबार गर्न नपाउने भएका हुन् । यसअघि यो सीमा १० लाख रुपैयाँ रहेको थियो । यो व्यवस्था लागू भएसँगै अबदेखि कुनै पनि व्यक्तिले एक पटकमा बैंकमा गएर ५ लाख रुपैयाँ भन्दा बढी नगद निकाल्न पाउने छैनन् । त्यस्त...
बालेनको सम्पर्क कार्यालयका लागि दमकमा खोजियो घर

बालेनको सम्पर्क कार्यालयका लागि दमकमा खोजियो घर

विराटनगर । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सम्पर्क कार्यालयका लागि दमकमा घर खोजिएको छ । बालेन झापा-५ मा उम्मेदवार बन्ने तयारी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले उनका लागि भाडामा घर खोजेको हो । रास्वपा झापाका अनुसार दमक-३ स्थित क्याम्पस मोड आसपास दुई वटा घर टुंगो लागिसकेको छ भने अर्को एउटा घर खोज्ने काम भइरहेको छ । बालेनको आवास प्रयोजन, सम्पर्क कार्यालयसमेतका लागि घर खोजिएको रास्वपा झा...
झापामा बस र पिकअप ठोक्किँदा आमा–छोराको मृत्यु, ११ जना घाइते

झापामा बस र पिकअप ठोक्किँदा आमा–छोराको मृत्यु, ११ जना घाइते

विराटनगर । झापामा भएको सवारी दुर्घटनामा आमा-छोराको मृत्यु भएको छ । कनकाई नगरपालिका-३ नयाँ बस्तीस्थित पूर्वपश्चिम लोकमार्गमा भएको दुर्घटनामा भद्रपुरका डेढ वर्षीय बालक आरुति राजवंशी र उनकी आमा ४० वर्षीया सुस्मा राजवंशीको मृत्यु भएको हो । बालकको बिर्तामोडस्थित बीएण्डसी अस्पताल र आमाको बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पिकअपमा सवार अन्य ११ जना घाइते भएका छन् । उनीह...
सुनसरीको बर्जुबाट बाँस झ्याङमा लुकाएको ५ सय ५४ किलो गाँजा बरामद

सुनसरीको बर्जुबाट बाँस झ्याङमा लुकाएको ५ सय ५४ किलो गाँजा बरामद

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका-४ हरबनीबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बुधबार पाँच सय ५४ किलो गाँजा बरामद गरेको हो । बाँस झ्याङमा लुकाएर राखेको अवस्थामा गाँजा बरामद भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । गाँजा बरामद भएसँगै ओसार-पसारमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । उक्त गाँजा भा...
भोजपुर र मोरङबाट ब्राउन सुगर र गाँजासहित २ जना पक्राउ

भोजपुर र मोरङबाट ब्राउन सुगर र गाँजासहित २ जना पक्राउ

विराटनगर । भोजपुर र मोरङबाट लागूऔषध ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ परेका छन् । प्रहरीले भोजपुरको आमचोक-१० बाट ४६ वर्षीय मचिन्द्र राई र मोरङको विराटनगर-१ का रिहान अन्सारीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार भोजपुर नगरपालिका-१० घर भएका राई आमचोकमा डेरा गरेर बस्दै आएका थिए । राईको कोठाबाट ८७ किलो पाँच सय ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी अन्सारीलाई एक ग्राम २० मिलिग्राम ल...
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । दिनहुँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज प्रतितोला एक हजार पाँच सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ७६ हजार पाँच सय रुपैयाँ कायम भएको छ । बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार कायम भएको थियो । आज चाँदीको मूल्य पनि हालसम्मकै उच्च बिन्दुबाट एक सय ७० रुपैयाँ घटेको छ । आज चा...
सुनसरीको भोक्राहामा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

सुनसरीको भोक्राहामा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

विराटनगर । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका-८ स्थित सोनियाहीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । विराटनगरबाट सप्तरीको राजविराजतर्फ जाँदै गरेको टायल र मार्बल लोड गरिएको ट्रक दुर्घटना हुँदा पाँच जना मजदुरको मृत्यु भएको हो । दुर्घटनामा सुनसरीको बर्जु गाउँपालिका-१ का ३२ वर्षीय धिरेन्द्र गुरुङ, ५५ वर्षीय ब्रह्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गु...
काँग्रेस विशेष महाधिवेशन : यस्तो बन्यो गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति

काँग्रेस विशेष महाधिवेशन : यस्तो बन्यो गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौं । नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएको छ । विशेष महाधिवेशनमा सहमतिको प्रयास असफल भएपछि गएराति नयाँ कार्यसमिति समिति घोषणा भएको हो । काठमाडौंको भृकुटीमण्डपमा आइतबारदेखि शुरू भएको विशेष महाधिवेशनबाट पार्टी सभापतिमा गगनकुमार थापा, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्वाचित भए । यस्तै महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमि...
आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

विराटनगर । आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी ...
विराटनगरमा सिटी सफारी सम्बन्धी अनुसन्धान पत्र सार्वजनिक

विराटनगरमा सिटी सफारी सम्बन्धी अनुसन्धान पत्र सार्वजनिक

विराटनगर । विकल्प एन अल्टरनेटिभले तराई क्षेत्रमा सञ्चालन हुने ई–रिक्सा (सिटी सफारी) सम्बन्धी अनुसन्धान पत्र सार्वजनिक गरेको छ । आज विराटनगरमा कार्यक्रम गर्दै विकल्पले सिटी सफारी चालक अनुमतिपत्र प्राप्त गर्ने प्रक्रिया, सिटी सफारीसँग जोडिएको जीविकोपार्जन सम्बन्धी विषय समेटिएको अनुसन्धान पत्र सार्वजनिक गरेको हो । अनुसन्धान पत्र सार्वजनिक गर्दै विकल्पका अनुसन्धानकर्ता समिर क्षेत्रीले नेपालको तराई ...
एनसीसी तालिम लिएका ५ सय ३१ विद्यार्थी दीक्षित

एनसीसी तालिम लिएका ५ सय ३१ विद्यार्थी दीक्षित

धनकुटा । नेपाली सेनाको राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयले सञ्चालन गरेको ५१ औँ एनसीसी जुनियर डिभिजन तालिमको तेस्रो चरणमा ५ सय ३१ जना विद्यार्थी दीक्षित भएका छन् । बुधबार पूर्वी तालिम शिक्षालय याङसीला मोरङमा आयोजित दीक्षान्त कवाज समारोहमा उनीहरूलाई दीक्षित गरिएको हो । शिक्षालयले कोशी, मधेश र बागमती प्रदेशका १८ विद्यालयका २ सय ६५ छात्र र २ सय ६६ छात्रालाई तालिम दिएको थियो । उक्त तालिम तीन ...
काँग्रेस संस्थापन पक्षद्वारा महामन्त्री द्वय थापा र शर्मालाई ५ वर्षका लागि निष्कासन

काँग्रेस संस्थापन पक्षद्वारा महामन्त्री द्वय थापा र शर्मालाई ५ वर्षका लागि निष्कासन

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन समूहले कारबाही गरेको छ । आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले थापा र शर्मासहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको हो । बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आ–आफ्नो भूमिकामा फर्किन पनि निर्देशन दिएको छ । पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान...
error: Content is protected !!