आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ घटेको हो । आज सुन प्रतितोला तीन लाख छ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला तीन लाख छ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेर चार हजार सात सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।...
विराटनगरका उद्योगी जाजु र मुन्दडाको हिमगिरी हाइजिनद्वारा बाढीपीडितलाई ७० लाखको सहयोग

विराटनगरका उद्योगी जाजु र मुन्दडाको हिमगिरी हाइजिनद्वारा बाढीपीडितलाई ७० लाखको सहयोग

विराटनगर । विराटनगरको हिमगिरी हाइजिन लिमिटेडले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित भएकाहरूका लागि ७० लाख रुपैयाँ बराबरको सहयोग गरेको छ । उद्योगी महेश जाजु र प्रकाश मुन्दडाद्वारा सञ्चालित हिमगिरीले बाढीपीडितका लागि ठूलो मात्रामा हाइजिन सामग्री सहयोग गरेको हो । बाढी प्रभावितहरूका लागि ७० लाख मूल्य बराबरको नुहाउने, लुगाधुने र भाडा माझ्ने सावुनसहित टिसर्ट पनि प्रदान गरिएको हिमगिरीका सञ्चा...
विराटनगरकाे रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालन

विराटनगरकाे रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालन

विराटनगर । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले महानगरपालिकाले आजबाट प्रयोगशाला सेवा सुरु गरेको  हो । प्रयोगशालाको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको...
विराटनगरको एभरेष्टमा इन्ट्रा स्कुल पौडी प्रतियोगिता

विराटनगरको एभरेष्टमा इन्ट्रा स्कुल पौडी प्रतियोगिता

विराटनगर । विराटनगर-५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा इन्ट्रा स्कुल पौडी प्रतियोगिता सम्पन्न भएको छ ।  प्रतियोगिता सम्पन्न भएसँगै उत्कृष्ट खेलाडीहरूलाई नियमित प्रशिक्षण गराएर राष्ट्रिय प्रतियोगिताको लागि तयार गरिने भएको छ । विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलका अनुसार प्रतियोगिताको पहिलो दिन विभिन्न स्पर्धामा खुला प्रतिष्पर्धा गराइएको थियो भने दोस्रो दिन विभिन्न समुहबीच प्रतिष्पर्ध...
विराटनगरको सारडा र एके राठी ग्रुपद्वारा बाढी पीडितका लागि १ करोड १ हजार प्रदान

विराटनगरको सारडा र एके राठी ग्रुपद्वारा बाढी पीडितका लागि १ करोड १ हजार प्रदान

विराटनगर । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित भएकाहरूका लागि विराटनगरको सारडा र एके राठी ग्रुपले १ करोड १ हजार रुपैयाँ सहयोग गरेका छन् । बाढीमा परेर प्रभावित बनेकाहरूलाई राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी चेक प्रदान गरिएको हो । सारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा र एके राठी ग्रुपका प्रबन्ध निर्देशक अनुपम राठीले अर्थमन्त्री डा.स्वर्णिम वाग्...
विराटनगरमा मध्यराति अर्काको घरबाट लडेर मृत्यु भएका व्यक्ति को हुन ?

विराटनगरमा मध्यराति अर्काको घरबाट लडेर मृत्यु भएका व्यक्ति को हुन ?

विराटनगर । विराटनगर-४ गणेश चोकमा मध्यराति घरको तीन तलामाथिबाट खसेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्न सकेको छैन् । आइतबार बिहानको राति करिब १२ः२० बजे पुरुषोत्तम न्यौपानेको घरको छतबाट खसेर मृत्यु भएका अन्दाजी ३४/३५ वर्षीय पुरुषको पहिचान नखुलेको हो । ‘अहिलेसम्म पहिचान खुलेको छैन । पहिचान खुलाउनका लागि प्रयास गरिरहेका छौं’, मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले संगालोखबरसँग भने, ‘पहि...
बाढीपीडितका लागि आर्या न्युरो अस्पतालद्वारा एक लाख एक हजार सहयोग

बाढीपीडितका लागि आर्या न्युरो अस्पतालद्वारा एक लाख एक हजार सहयोग

विराटनगर । विराटनगर-३ कञ्चनबारीमा रहेको आर्या न्युरो अस्पतालले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि आर्थिक सहयोग गरेको छ । आइतबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अस्पतालले एक लाख एक हजार रुपैयाँ जम्मा गरेको हो । सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले विपद्का बेला प्रभावित समुदायलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयो...
उदयपुरबाट ११ सय २२ किलो गाँजा र बोलेरोसहित तीन जना पक्राउ

उदयपुरबाट ११ सय २२ किलो गाँजा र बोलेरोसहित तीन जना पक्राउ

विराटनगर । उदयपुरबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । आज बिहान कटारी नगरपालिका-६ बाँकेटारस्थित शान्तिवन क्षेत्रबाट प्रहरीले एक हजार एक सय २२ किलो गाँजा बरामद गरेको हो । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वन भित्र खोजतलास गर्ने क्रममा बा १६ च ५२६९ नम्बरको बोलेरो र जंगलको विभिन्न स्थानमा ५२ वटा प्लास्टिकको बोरामा लुकाएर राखिएको गाँजा बरामद गरेको छ । गाँजा बरामद भएसँगै ओसार-पसारमा संलग्न...
भारतमा कारले मोटरसाइकललाई ठक्कर दिँदा झापाका मामा-भान्जाको मृत्यु

भारतमा कारले मोटरसाइकललाई ठक्कर दिँदा झापाका मामा-भान्जाको मृत्यु

विराटनगर । भारतमा भएको सवारी दुर्घटनामा परेर झापाका मामा-भान्जाको मृत्यु भएको छ । दुर्घटनामा भद्रपुर नगरपालिका-५ सुन्दरबस्तीका २५ वर्षीय विजय सहनी र उनका मामा ३१ वर्षीय अशोक सहनीको मृत्यु भएको हो । सिलिगुडी घुम्न मोटरसाइकलमा निस्किएका उनीहरू भारतको पश्चिम बंगालस्थित बतासी अधिकारी बाइपास रोडअन्तर्गत केलाबारी क्षेत्रमा दुर्घटनामा परेका हुन् । तीव्र गतिमा आएको कारले उनीहरू सवार मोटरसाइकललाई ठक्कर ...
शोकका कारण धनकुटामा मनाइएन रोपाइँ जात्रा

शोकका कारण धनकुटामा मनाइएन रोपाइँ जात्रा

धनकुटा । धनकुटामा यसवर्ष रोपाइँ (हिले) जात्रा स्थगित गरिएको छ । भोटेकोशी नदीमा आएको बाढीबाट भएको ठूलो जनधनको क्षतिले मुलुक शोकमा रहेका कारण यसवर्षको रोपाइँ जात्रा स्थगित गरिएको हो । धनकुटामा नेवारी समुदायले हरेक वर्ष गाईजात्राको भोलिपल्ट रोपाइँ जात्रा निकाल्ने गरेका थिए । मनोरञ्जन, प्रहसन तथा नगर परिक्रमा गरेर जात्रा मनाउने गरिएपनि शोकका बेला यस्तो गर्नु उपयुक्त नहुने भन्दै कार्यक्रम स्थगित गरि...
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार चार सय रुपैयाँ घटेको हो । आज सुन प्रतितोला तीन लाख छ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला तीन लाख नौ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य स्थिर छ । आज चाँदी प्रतितोला चार हजार सात सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि च...
न्युरो अस्पतालको वार्षिकोत्सव : गाईघाटमा मिनी म्याराथन र निःशुल्क स्वास्थ्य शिविर

न्युरो अस्पतालको वार्षिकोत्सव : गाईघाटमा मिनी म्याराथन र निःशुल्क स्वास्थ्य शिविर

विराटनगर । विराटनगरको न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले उदयपुरको गाईघाटमा विविध सामाजिक तथा स्वास्थ्य सम्बन्धी कार्यक्रम गरेर २६ औँ वार्षिकोत्सव मनाएको छ । शनिबार आयोजित विशेष कार्यक्रमको सुरुआत ‘न्युरो २६ गाईघाट रन’ मिनी म्याराथनबाट भएको थियो । स्वास्थ्य सचेतना जगाउने उद्देश्यले आयोजित उक्त म्याराथनमा कुल २०६ जना धावकहरू सहभागि थिए । म्याराथनमा उत्कृष्ट स्थान हासिल गर्ने विजेताह...
संखुवासभामा चट्याङ पर्दा हाइड्रोपावरका पाँच मजदुर घाइते

संखुवासभामा चट्याङ पर्दा हाइड्रोपावरका पाँच मजदुर घाइते

संखुवासभा । संखुवासभामा आज साँझ चट्याङ लागेर हाइड्रोपावरका पाँच मजदुर घाइते भएका छन् । मकालु गाउँपालिका-२ स्थित कसुवा खोला हाइड्रोपावरमा साँझ करिब ५ बजे चट्याङ लागेर मजदुरहरू घाईते भएका हुन् । चट्याङ लाग्दा हाइड्रोपावरको टनेलमा कार्यरत बागलुङको ढोरपाटन गाउँपालिका-८ का २० वर्षीय सुमन घर्तीमगर, कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-९ का ४९ वर्षीय दलबहादुर ढुंगेल, रामेछाप मन्थली नगरपालिका-८ का ३६ वर्षीय ...
विराटनगरको सारडा ग्रुपले बाढीपीडितका लागि १ करोड दिने, घाइतेको उपचारका लागि रक्तदान

विराटनगरको सारडा ग्रुपले बाढीपीडितका लागि १ करोड दिने, घाइतेको उपचारका लागि रक्तदान

विराटनगर । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित भएकाहरूका लागि विराटनगरको सारडा ग्रुपले १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । बाढी प्रभावितहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग रकम प्रदान गर्न लागिएको हो । अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सोमबार भेटेर चेक हस्तान्तरण गरिने सारडा ग्रुपका निर्देशक पवनकुमार सारडाले जानकारी दिए । ‘अहिले सारडा ग्रुपको स्था...
जीवन विकासको विशेष साधारणसभा : युनिक नेपाल र मानुषीसँगको मर्जर पारित

जीवन विकासको विशेष साधारणसभा : युनिक नेपाल र मानुषीसँगको मर्जर पारित

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रक्रियालाई अन्तिम टुङ्गो लगाएको छ । संस्थाको आइतबार सम्पन्न विशेष साधारणसभाले जीवन विकास, बाँकेको कोहलपुरमा मुख्य कार्यालय रहेको युनिक नेपाल र काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्तबीचको मर्जरको अन्तिम टुङ्गो लगाएको हो । विशेष साधारणसभाले संस्थाका...
विष्णुमायाको तीज मनाउने ५१ हजार पैसा बाढीपीडितलाई सहयोग 

विष्णुमायाको तीज मनाउने ५१ हजार पैसा बाढीपीडितलाई सहयोग 

विराटनगर । विराटनगरको विष्णुमाया पुस्तकालय र विष्णुमाया सामुदायिक भवनले तीजका लागि छुट्याएको पैसा बाढी पीडितलाई दिने भएका छन् । तीज कार्यक्रम स्थगित गरेर त्यस बापतको ५१ हजार १ सय १० रुपैयाँ पैसा भोटेकोशी बाढीपीडितलाई पठाउन लागिएको हो । तीज कार्यक्रममा लाग्ने सम्पूर्ण खर्च र त्यसमा पैसा थप गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय भएको पुस्तकालयका कार्यवाहक अध्यक्ष शिवबहा...
शव व्यवस्थापन बारे सरकारलाई सल्लाह दिने कोशीका अर्थ सचिवको रसुवामा सरुवा

शव व्यवस्थापन बारे सरकारलाई सल्लाह दिने कोशीका अर्थ सचिवको रसुवामा सरुवा

विराटनगर । विपद्का बेला शव व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा सरकारलाई सल्लाह दिएको भोलिपल्ट नै कोशीका अर्थ सचिव कोशहरि निरौलाको सरुवा भएको छ । सामाजिक सञ्जालमार्फत शव व्यवस्थापनको विषयमा बोलेका उनलाई रसुवा सरुवा गरिएको हो । ‘हतार गरेर चितवनमा लास गाडेको समाचार सुनेपछि एउटा फोकटको सल्लाह दिन मन लाग्यो । हुनसक्छ म धेरै गाली खाउँला’ भन्दै उनले स्टाटस लेखेका थिए । भूमि व्यवस्था, सहकारी, संघीय मामि...
सप्तकोशीका सहायक नदीमा पानीको बहाव बढ्दै, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सप्तकोशीका सहायक नदीमा पानीको बहाव बढ्दै, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

विराटनगर । सप्तकोशीका सहायक नदीमा पानीको बहाव बढ्न थालेसँगै सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सूचना जारी गर्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको हो । ‘सप्तकोशीका सहायक नदीमा पानीको बहाव बढिरहेको सूचना प्राप्त भएको छ । नदी तटीय क्षेत्रका बसोबास गर्नेहरू सुरक्षित रहनुहोला । साथै माछा मार्ने, दाउरा टिप्ने, सेल्फी तथा भिडियो खिच्ने लगायतका गतिवि...
त्रिशूली १ मा फसेकाहरूको उद्धारमा ढिलाई भएपछि पीडित पक्षद्वारा कम्पनीको कार्यालय घेराउ

त्रिशूली १ मा फसेकाहरूको उद्धारमा ढिलाई भएपछि पीडित पक्षद्वारा कम्पनीको कार्यालय घेराउ

काठमाडौँ । माथिल्लो त्रिशूली १ मा फसेकाहरूको उद्धारमा ढिलाई भएको भन्दै आक्रोशित पीडित पक्षले आज कम्पनीको कार्यालय घेराउ गरेका छन् । थापाथलीस्थित नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीको कार्यालय घेराउ गर्दै आफन्तहरूले फसेकाहरूको तत्काल उद्धार गर्न माग गरेका हुन् । बाढी आएको ५ दिन बितिसक्दा पनि उद्धार हुन नसकेको भन्दै आफन्तहरू आक्रोशित छन् । उनीहरूले फसेका आफन्तको उद्धारमा लापरबाही गरिएको ...
खोटाङको सूर्य माविका शिक्षकको भोजपुरमा हत्या, ११ जना पक्राउ

खोटाङको सूर्य माविका शिक्षकको भोजपुरमा हत्या, ११ जना पक्राउ

विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भानुभक्त राईको भोजपुरमा हत्या भएको छ । धार्मिक तथा पर्यटकीयस्थल साल्पा पोखरीमा ऋषितर्पणी पूर्णिमाको अवसरमा लाग्ने मेला भर्न गएका बेला बिहीबार राति कुटपिट हुँदा शिक्षक राईको मृत्यु भएको हो । साल्पासिलिछो गाउँपालिका-५ मा शिक्षक राईमाथि कुटपिट भएको भोजपुरका प्रहरी प्रमुख डीएसपी ज्ञानबहादुर खड्काले जानक...
भोटेकोशी बाढीपछि भोजपुरका चार जना सम्पर्कविहीन

भोटेकोशी बाढीपछि भोजपुरका चार जना सम्पर्कविहीन

भोजपुर । भोटेकोशी बाढीपछि भोजपुरका चार जना सम्पर्कविहीन भएका छन् । रोजगारीका सिलसिलामा रसुवा पुगेका उनीहरू बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा आएका छैनन् । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार रसुवाको मैलुङस्थित सैनिक पोष्टमा कार्यरत टेम्केमैयुङ गाउँपालिका-९ का ३१ वर्षीय प्रभाकर दङ्गाल सम्पर्कविहीन छन् । यस्तै दुसन हाइड्रोपावर कम्पनीमा कार्यरत भोजपुर नगरपालिका-७ का ५९ वर्षीय गोविन्द राई र स...
ह्वात्तै घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला नौ हजार पाँच सय रुपैयाँ घटेको हो । आज सुन प्रतितोला तीन लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला तीन लाख १८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा एक सय ८५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला चार हजार सात सय ८० रुपैयाँ...
प्रधानमन्त्री राहत कोषको नाममा ठगी गर्ने भगवान कार्की पक्राउ

प्रधानमन्त्री राहत कोषको नाममा ठगी गर्ने भगवान कार्की पक्राउ

रामेछाप । विनाशकारी बाढीपीडितको राहत र उद्धारका लागि स्थापना गरिएको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ को नाममा भ्रम फैलाएर ठगी गर्ने एक व्यक्तिलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका-२ ठोसेका ३२ वर्षीय भगवान कार्की छन् । रामेछाप प्रहरीका अनुसार कार्कीले आफूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै सामाजिक स...
विराटनगरमा मध्यराति चोरी गर्न गएका पुरुषको तीन तलामाथिबाट खसेर मृत्यु

विराटनगरमा मध्यराति चोरी गर्न गएका पुरुषको तीन तलामाथिबाट खसेर मृत्यु

विराटनगर । विराटनगर-४ गणेश चोकमा मध्यराति चोरी गर्न गएका एक पुरुषले घरको तीन तलामाथिबाट खसेर ज्यान गुमाएका छन् । पुरुषोत्तम न्यौपानेको घरमा चोरी गर्न पुगेका पुरुषको गएराति छतबाट खसेर मृत्यु भएको हो ।  छिमेकको अर्को घरबाट माथि चढेका ती व्यक्ति पछि न्यौपानेको घरमा पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तीन तलामाथि पुगेका उनी घरधनीले थाहा पाएर हो-हल्ला गर्दा हामफालेर भाग्न खोज्दा गम्भी...
रसुवा बाढीमा परेर मृत्यु हुनेको संख्या ७३४ पुग्यो

रसुवा बाढीमा परेर मृत्यु हुनेको संख्या ७३४ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो बुलेटिन अनुसार बाढीमा बेपत्ता भएका मध्ये हालसम्म उक्त संख्यामा शव फेला परेको हो । प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, तनहुँमा ३६ र चितवनम...
खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, १९ जना घाइते

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, १९ जना घाइते

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-२ छेपेखोलास्थित मध्यपहाडी लोकमार्गमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् । आज दिउँसो करिब २ बजे भुलभुलेबाट दिक्तेलतर्फ आउँदै गरेको ना ५ त ४५५५ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका १४ वर्षीय दिवस परियारको मृ...
भोटेकोशी बाढीमा बेपत्ता असईको शव चितवनमा भेटियो

भोटेकोशी बाढीमा बेपत्ता असईको शव चितवनमा भेटियो

काठमाडौं । भोटेकोशी बाढीमा परेर बेपत्ता भएका रसुवास्थित प्रहरी चौकी बेत्रावतीका असई रामकाजी पौडेलको शव भेटिएको छ । १० भदौमा बाढी आएपछि उनी बेपत्ता भएका थिए । चितवनमा फेला परेको शव असई पौडेलका आफन्तले सनाखत गरेर बुझेका छन् । असई पौडेलसँगै बाढीको माइकिङ गर्दै हिँडेका प्रहरी सहायक हवल्दार सन्तोष रिजालले भागेर ज्यान जोगाएका थिए ।
विनाशकारी बाढी : आज दिउँसो ३ बजेसम्म ५३८ जनाको शव भेटियो

विनाशकारी बाढी : आज दिउँसो ३ बजेसम्म ५३८ जनाको शव भेटियो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म ५ सय ३८ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज दिउँसो ३ बजेसम्मको तथ्याङ्क सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । सबैभन्दा धेरै चितवनमा २ सय २१ जनाको शव फेला परेको छ । यसैगरी नवलपरासी पूर्वमा १ सय ३४, गोरखामा विभिन्न मानव अङ्गसहित ४६, नुवाकोटमा ३७ र धादिङमा ३३ जनाको शव फेला परेको छ । तनहुँम...
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ४८९ पुग्यो

रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ४८९ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ४ सय ८९ पुगेको छ । आज मध्यान्हसम्ममा ४८९ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको हो । प्रहरीका अनुसार रसुवामा १३ जना, नुवाकोटमा ३७ जना, धादिङमा ४० र चितवनमा १८६ जनाको शव फेला परेको छ । गोरखामा ४४ जना, तनहुँमा २९ जना, नवलपरासी पूर्वमा १ सय १२ जनाको शव भेटिएको छ । भेटिएकामध्ये ३९३ शवको पहिचान हुन सकेको छैन ।
रसुवा बाढी : विराटनगरका एकसहित यी घाइतेहरूको ट्रमा सेन्टरमा उपचार हुँदै

रसुवा बाढी : विराटनगरका एकसहित यी घाइतेहरूको ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं । रसुवामा आएको भीषण बाढीमा परी घाइते भएकामध्ये राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि भर्ना गरिएका ३५ जनामध्ये २२ जना उपचारपछि डिस्चार्ज भएका छन् । राष्ट्रिय ट्रमा सेन्टरले सूचना जारी गर्दै एक जना घाइतेलाई थप उपचारका लागि अर्को अस्पताल रेफर गरिएको छ । बाढीमा परी घाइते भएकाहरूलाई रसुवा, नुवाकोटलगायत विभिन्न जिल्लाबाट ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएको हो । उपचाररत घाइतेहरूको टाउको, हा...
भारतको गण्डक नदीमा भेटिएका सातवटा शव नेपालबाटै बगेर गएको आशंका

भारतको गण्डक नदीमा भेटिएका सातवटा शव नेपालबाटै बगेर गएको आशंका

विराटनगर । नेपालसँग सिमाना जोडिएको भारतीय राज्य उत्तर प्रदेशस्थित महाराजगन्जमा गण्डक नदीमा चार शव र कुशीनगरमा तीन शव फेला परेका छन् । पाँच महिला र दुई पुरुषका शव नेपालमा आएको भीषण बाढीले बगाएर भारत पुर्याएको आशंका गरिएको बीबीसी हिन्दीले जनाएको छ । सशस्त्र सीमा बल (एसएसबी) को उद्धार टोलीले नदीको निगरानी गर्दा तैरिरहेको अवस्थामा शव फेला परेका हुन् । टोलीले मोटरबोट प्रयोग गरेर नदीबाट शव निकालेर म...
error: Content is protected !!