संगालोखबर


सुनसरी । नेपाली काँग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा सुनसरी क्षेत्र नम्बर ३ बाट देवेन्द्र यादवले महाधिवेशन प्रतिनिधि पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

पार्टीभित्र परिवर्तन, रूपान्तरण र नयाँ पुस्ताको बलियो हस्तक्षेपको एजेन्डा अघि सार्दै यादवले युवा कोटातर्फबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनी दुहबी नगरपालिका-१२ बाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भइसकेका छन् । ‘सक्षम युवा, सुदृढ काँग्रेस : समृद्ध नेपाल’ भन्ने मूल नाराका साथ चुनावी मैदानमा उत्रिएका यादवले पार्टी सङ्गठनमा नयाँ ऊर्जा भर्न र युवा पुस्ताको नेतृत्व स्थापित गर्न आफूले कदम चालेको बताए ।

काँग्रेसको इतिहास र सिद्धान्तप्रति प्रतिबद्ध रहँदै लोकतान्त्रिक मूल्य-मान्यताको रक्षाका लागि आफू निरन्तर क्रियाशील रहने उनको भनाइ छ ।

क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने दुहबी, इटहरी, बर्जु र गढीका क्षेत्रीय प्रतिनिधि, पार्टीका अग्रज नेता तथा युवा कार्यकर्ताहरूसँग आफूले निरन्तर संवाद गरिरहेको उनले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!