
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार तीन सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ९८ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला चार हजार छ सय ५५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार छ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 

















