विराटनगरबाट एक जना पक्राउ

विराटनगरबाट एक जना पक्राउ

विराटनगर । विराटनगरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको धरान-१० का ४३ वर्षीय शिवराज राई छन् । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई ८.६२ ग्राम ब्राउन सुगरसहित विराटनगर-१५ रानीबाट पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । शङ्कास्पद अवस्थामा हिँडिरहेका उनलाई चेकजाँच गर्दा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । उनलाई इलाका प्...
विपद् प्रतिकार्यका लागि कोशी सरकारको तयारी तीव्र, यस्ता छन् निर्णय

विपद् प्रतिकार्यका लागि कोशी सरकारको तयारी तीव्र, यस्ता छन् निर्णय

विराटनगर । सम्भावित विपद्लाई मध्यनजर गर्दै कोशी प्रदेशमा पूर्वतयारी तथा प्रतिकार्यका लागि आवश्यक व्यवस्थापन प्रभावकारी बनाउने निर्णय गरिएको छ । प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाको अध्यक्षतामा बसेको बैठकले विपद्का समयमा उच्च सतर्कता अपनाउन आवश्यक श्रोत, साधन, जनशक्ति, उपकरण तयारी अवस्थामा राख्ने निर्णय गरेको  हो । बैठक...
आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ घटेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार छ सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ९९ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँ घटेकोको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला चार हजार छ सय २०...
कोशीसहित अन्य प्रदेशका केही स्थानमा आज राति भारी वर्षाको सम्भावना

कोशीसहित अन्य प्रदेशका केही स्थानमा आज राति भारी वर्षाको सम्भावना

विराटनगर । मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभावसँगै वर्षाको सम्भावना बढेको जनाएको छ । आज साँझ बुलेटिन जारी गर्दै महाशाखाले कोशीसहित विभिन्न प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो । बङ्गालको खाडीमा बनेको बलियो न्यून चापीय क्षेत्र (डिप डिप्रेसन) हाल भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासको क्षेत्रमा रहेको छ । यो प्रणाली सुरुमा ...
कोसी ब्यारेजका २३ ढोका खोलियो

कोसी ब्यारेजका २३ ढोका खोलियो

सुनसरी । सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएपछि २३ वटा ढोका खोलिएको छ । कोसी ब्यारेजले ५ः१५ बजे दिएको अपडेट अनुसार पानीको बहाव १ लाख ८५ हजार १३० क्युसेक पुगेको हो । हाल कोशी ब्यारेज क्षेत्रमा सिमसिम वर्षासँगै हावा चलिरहेको छ । पानीको बहाव बढ्ने क्रम जारी रहेकाले सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । नदी आसपास तथा तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन पनि स्थानी...
आगलागीबाट ताप्लेजुङको दोभान बजारका १० घरमा क्षति

आगलागीबाट ताप्लेजुङको दोभान बजारका १० घरमा क्षति

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारमा आगलागी हुँदा १० वटा घरमा क्षति पुगेको छ । डङ्डु शेर्पाको ढुङ्गा, माटो र टिनको छानो भएको दुईतले घरमा सञ्चालित कपडा पसल तथा होटलबाट सुरु भएको आगलागीबाट ९ घर पूर्णरूपमा जलेर नष्ट भएका छन् । १ घरमा आंशिक क्षति भएको छ । आज दिउँसो करिब १ः४० बजेबाट सुरु भएको आगो केहीबेरअघि पूर्णरूपमा नियन्त्रणमा आइसकेको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी कमल बज...
ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा

ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा

विराटनगर । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारमा भएको आगलागी नियन्त्रणमा आएको छ । भर्खरै आगो पूर्णरूपमा नियन्त्रणमा आएको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी कमल बजगाईंले संगालोखबरलाई जानकारी दिए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, स्थानीय र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको हो । प्रारम्भिक विवरण अनुसार १० घर क्षति पुगेको छ । जसमध्ये ७ घरमा पूर्णरूपमा जलेर नष्ट भएका छन् । व...
कोशी गाउँपालिकाबासीलाई जीवन विकास अस्पतालमा १० देखि ५० प्रतिशतसम्म छुट

कोशी गाउँपालिकाबासीलाई जीवन विकास अस्पतालमा १० देखि ५० प्रतिशतसम्म छुट

विराटनगर । सुनसरीको कोशी गाउँपालिकाका नागरिकले जीवन विकास सामुदायिक अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा १० देखि ५० प्रतिशतसम्म छुट पाउने भएका छन् । कोशी गाउँपालिका र जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनबीच समझदारी पत्रमा हस्ताक्षर भएसँगै स्वास्थ्य सेवामा छुट हुने भएको हो । बुधबार अस्पतालका तर्फबाट सञ्चालक तथा प्रशासन प्रमुख अनिता कुमारी गच्छदार र गाउँपालिकाका तर्फबाट गाउँ...
विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेता मनोनित

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेता मनोनित

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता मनोनित भएकी छन् । आज बसेको पार्टी सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको हो । एमालेले गत फागुनको चुनावपछि पार्टीभित्र समीक्षा गर्दै जेठमा सदस्यता  खुलाउने निर्णय गरेको थियो । भण्डारीले गत ११ औं महाधिवेशन अघि नै पार्टीमा सक्रिय भएर नेतृत्वमा आउने योजना बनाएकी थिइन् । तर सदस्यता नै नभएपछि भण्डा...
ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, नियन्त्रण प्रयास जारी

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, नियन्त्रण प्रयास जारी

विराटनगर । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारमा भीषण आगलागी भएको छ । करिब ४५ मिनेट अघिबाट सुरु भएको आगलागी नियन्त्रणमा आउन सकेको छैन । इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । दोभानका प्रहरी निरीक्षक (इन्स्पेक्ट) दीपक लिम्बुले आगो नियन्त्रणको प्रयास भइरहेको संगालोखबरलाई जानकारी दिए । ताप्लेजुङका प्रहरी प्रमुख डीएसप...
इलाममा मेची राजमार्गसहित भित्री सडकमा राति सवारी चलाउन रोक

इलाममा मेची राजमार्गसहित भित्री सडकमा राति सवारी चलाउन रोक

विराटनगर । इलाममा मेची राजमार्गसहित भित्री सडक खण्डमा रातिको समयमा सवारी चलाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय इलामले आज सूचना जारी गर्दै ११ गतेसम्म साँझ ७ देखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाएको जनाएको हो । भोलिदेखि ११ गतेसम्म इलामसहित देशभर भारी वर्षाको सम्भावना भएकाले बाढी, पहिरोको जोखिम हुने भन्दै प्रशासनले यस्तो कदम चालेको जनाएको छ । इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढक...
विराटनगरको अर्किड कलेजमा वक्तृत्वकला, २३ जनालाई पछि पार्दै युनिसा प्रथम

विराटनगरको अर्किड कलेजमा वक्तृत्वकला, २३ जनालाई पछि पार्दै युनिसा प्रथम

विराटनगर । विराटनगरको अर्किड कलेजमा सम्पन्न वक्तृत्वकला प्रतियोगितामा कक्षा १२ की छात्रा युनिसा राई प्रथम भएकी छन् । २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै युनिसा प्रथम भएका हुन् । प्रतियोगितामा शिवकुमार साह द्वितीय र सतेन्द्र साह तृतीय भएका छन् । विद्यार्थीको क्षमता, तर्कशक्ति र विषयवस्तुमाथिको पकड परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कलेजले जनाएको छ । प्रतियोगिताका लागि ‘कक्षा कोठाद...
जीवन विकास समाजको वार्षिकोत्सवमा वृक्षरोपण

जीवन विकास समाजको वार्षिकोत्सवमा वृक्षरोपण

विराटनगर । जीवन विकास समाजले आफ्नो २९ औं वार्षिकोत्सव मनाएको छ । गरिबी रहित नेपालको परिकल्पनासहित वि.सं. २०५४ साल असोज ५ गते स्थापना भएको जीवन विकास समाजले वृक्षरोपण गरेर वार्षिकोत्सव मनाएको हो । जीवन विकास समाजले अस्पतालसँगै रहेको नहरको बाटोमा वृक्षरोपण गरेको छ । जीवन विकास समाज, जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको संस्थापक संस्था हो । वृक्षरोपण कार्यक्रममा जीवन वि...
धनकुटामा राति सवारी-साधन सञ्चालनमा रोक

धनकुटामा राति सवारी-साधन सञ्चालनमा रोक

धनकुटा । धनकुटामा रातिको समयमा सवारी-साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै राति ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको जनाएको हो । धनकुटासहित देशभर भारी वर्षाको सम्भावना देखिएपछि बाढी, पहिरो, कटान, ग्रेगान बहाब आदीको जोखिम रहेकाले रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ । प्रशासकीय अधिकृत रामजी पौडेलद्वारा जारी सूचनामा भेडे...
सुनसरीमा माइक्रोबस दुर्घटना हुँदा १२ जना घाइते (नामावलीसहित)

सुनसरीमा माइक्रोबस दुर्घटना हुँदा १२ जना घाइते (नामावलीसहित)

सुनसरी । सुनसरीको कोशी गाउँपालिका-४ स्थित पूर्व-पश्चिम राजमार्गमा यात्रुबाहक माइक्रोबस दुर्घटना भएको छ । आज बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २-००१ ज १५६ नम्बरको माइक्रोबस ७ः३० बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित १२ जना घाइते भएका छन् । उनीहरूको सप्तकोसी न्युरो अस्पताल सुनसरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये सप्तरीको कञ्चनपुर नगरपालिका-१२ का ५१...
सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार दुई सय रुपैयाँ घटेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार एक सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला तीन लाख दुई हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य तोलामा एक सय ६५ रुपैयाँ घटेकोको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला चार ...
विराटनगरको बरगाछी प्रहरी चौकीको भवन शिलान्यास

विराटनगरको बरगाछी प्रहरी चौकीको भवन शिलान्यास

विराटनगर । विराटनगर महानगरपालिका-३ बरगाछीमा प्रहरी चौकीको भवन शिलान्यास गरिएको छ । भवन निर्माण समितिका अध्यक्ष दीपक चापागाईँको अध्यक्षता तथा कोशी प्रदेश सभा सदस्य भीम पराजुलीको प्रमुख आतिथ्यतामा मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले भवनको शिलान्यास गरेका हुन् । आफ्नै भवन नहुँदा बरगाछी प्रहरी चौकी आयल निगम नजिक भाडाको घरमा सञ्चालन हुँदै आएको छ । करिब २ कठ्ठा जग्गामा प्रदेश सरकारको सहयोगमा भवन ...
भारी वर्षाको जोखिमपछि धनकुटाका विद्यालयमा दुई दिन बिदा

भारी वर्षाको जोखिमपछि धनकुटाका विद्यालयमा दुई दिन बिदा

धनकुटा । अविरल वर्षा, हावाहुरी र चट्याङको जोखिमका कारण धनकुटा नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाले सूचना जारी गर्दै आज र भोलि दुई दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । शिक्षा तथा खेलकुद विकास मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण...
विराटनगरका सबै विद्यालय आज र भोलि बन्द गर्ने महानगरको निर्णय

विराटनगरका सबै विद्यालय आज र भोलि बन्द गर्ने महानगरको निर्णय

विराटनगर । देशभर भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै विराटनगर महानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शैक्षिक प्रशासन महाशाखाले एक सूचना जारी गर्दै आज र भोलि दुई दिन महानगरभित्र सञ्चालित सबै विद्यालयहरू बन्द गर्न निर्देशन दिएको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानअनुसार आजदेखि ११ गतेसम्म देशभर भारीदेखि अति भारी वर्षा हुने प्रक्षेपण गरिएको छ । व...
भारी वर्षाको सम्भावनापछि विराटनगरमा उच्च सतर्कता

भारी वर्षाको सम्भावनापछि विराटनगरमा उच्च सतर्कता

विराटनगर । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि कोशी प्रदेशसहित देशभर भीषण वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेसँगै विराटनगर महानगरपालिकाले सम्भावित विपद् व्यवस्थापनको तयारीलाई तीव्र बनाएको छ । बाढी तथा डुबानको उच्च जोखिमलाई मध्यनजर गर्दै महानगरले सरोकारवाला निकायहरूसँग छलफल गरी उद्धार, राहत र पुनर्स्थापनाका लागि एकीकृत पूर्वतयारी रणनीति तयार पारेको हो । आज महानगर प्रमुख नागेश कोइरालाको अध्...
विराटनगरको दरैयाबाट २ लाख २६ हजार बढीको अवैध सामान बरामद

विराटनगरको दरैयाबाट २ लाख २६ हजार बढीको अवैध सामान बरामद

विराटनगर । विराटनगरको दरैयाबाट भन्सार छलेर ल्याउँदै गरेको अवैध सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल बीओपी दरैयाबाट खटिएको टोलीले आज दुई लाख २६ हजार ६ सय ८५ मूल्य बराबरको सामान बरामद गरेको हो । सीमा क्षेत्रमा जाँच गर्ने क्रममा २५ कार्टुन अनार, १५ बोरा सुकेको खुर्सानी र २५० किलो चिनी बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्रले सामान ओसार-पसारमा प्रयोग भएको एउ...
विराटनगर १ का वडाध्यक्ष बस्नेत भन्छन् : गिट्टी-बालुवा नपाउँदा समता मार्ग मर्मतमा ढिलाइ भयो

विराटनगर १ का वडाध्यक्ष बस्नेत भन्छन् : गिट्टी-बालुवा नपाउँदा समता मार्ग मर्मतमा ढिलाइ भयो

विराटनगर । विराटनगर-१ का वडाध्यक्ष काजीबहादुर बस्नेतले गिट्टी-बालुवा नपाउँदा भट्टा चोकको समता मार्ग मर्मतमा ढिलाइ भएको बताएका छन् । अहिले गिट्टी-बालुवा निकाल्न रोक लगाइएको हुनाले मर्मतमा ढिलाई भएको वडाध्यक्ष बस्नेतले बताएका हुन् । समता मार्ग हिलाम्मे हुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको विषयमा भदौ २६ गते संगालोखबरले स्थलगत रिपोर्टिङ गरेको थियो । सो क्रममा वडाध्यक्ष बस्नेतले एक साताभित्र सडक म...
इलामबाट १५ सय किलो गाँजा बोकेको ट्रक नियन्त्रणमा

इलामबाट १५ सय किलो गाँजा बोकेको ट्रक नियन्त्रणमा

इलाम । इलामबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । इलाम नगरपालिका-९ भन्ज्याङस्थित मेची राजमार्गबाट प्रहरीले १ हजार ५ सय ४ किलो गाँजा बोकेको ट्रक नियन्त्रणमा दिएको हो । गस्तीमा खटिएको प्रहरी टोलीले ना ४ ख ८९९६ नम्बरको ट्रकबाट ४१ वटा बोरामा लुकाएर राखेको अवस्थामा गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार ट्रकमा फल्स बटम बनाएर त्रिपालले छोपेर राखेको अवस्थामा गाँजा फेला परेको हो । ट्रक र गाँज...
रोटरी क्लब अफ विराटनगर मिडटाउनद्वारा ग्रामथानमा निःशुल्क आँखा शिविर

रोटरी क्लब अफ विराटनगर मिडटाउनद्वारा ग्रामथानमा निःशुल्क आँखा शिविर

विराटनगर । रोटरी क्लब अफ विराटनगर मिडटाउनद्वारा मोरङको ग्रामथान गाउँपालिका-५ तेतरियामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । विराटनगर आँखा अस्पताल रानीको सहयोगमा क्लबले देवी माध्यमिक विद्यालयमा आँखा शिविर सञ्चालन गरेको हो । शिविरमा १२१ जना मोतियाबिन्दुका बिरामी भेटिएका थिए । उनीहरूको विराटनगर आँखा अस्पतालमा मोतियाबिन्दुको अप्रेसन गरिनुका साथै आवश्यक औषधी समेत वितरण गरिएको क्लबका अध्यक्ष बिनो...
मोरङ प्रशासनको आग्रह– भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउनु

मोरङ प्रशासनको आग्रह– भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउनु

विराटनगर । असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय मोरङले आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै प्रशासनले जोखिमयुक्त क्षेत्रका बासिन्दा तथा आम नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिन अनुसार उक्त मितिमा देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भा...
भारी वर्षाको सम्भावनापछि उच्च सतर्कता अपनाउन धनकुटा प्रशासनको अपिल

भारी वर्षाको सम्भावनापछि उच्च सतर्कता अपनाउन धनकुटा प्रशासनको अपिल

धनकुटा । कोशी प्रदेशका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय धनकुटाले उच्च सतर्कता अपनाउन अपिल गरेको छ । आज प्रशासनले सूचना जारी गर्दै सर्वसाधारण तथा सम्बन्धित निकायहरूलाई सतर्कता अपनाउन अपिल गरेको हो । असोज ९ देखि ११ गतेसम्म भारीदेखि धेरै भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपण रहेकाले पूर्वतयारी र सावधानी अपनाउन प्रशासनको आग्रह छ । अविरल...
सुनसरीमा एम्बुलेन्सबाट ४५० किलो गाँजा बरामद

सुनसरीमा एम्बुलेन्सबाट ४५० किलो गाँजा बरामद

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहराबाट गाँजा बोकेको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति गस्तीमा खटिएको प्रहरी टोलीले शङ्का लागेर एम्बुलेन्सलाई चेकजाँच गर्दा ठूलो परिमाणमा गाँजा बरामद भएको हो । बा २ च ९५७३ नम्बरको एम्बुलेन्सबाट चार सय ५० किलो गाँजा बरामद भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । एम्बुलेन्सबाट १५ वटा पोका बनाएर राखेको अवस्थाम...
धनकुटाका तत्कालीन तीन कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

धनकुटाका तत्कालीन तीन कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

विराटनगर । भोजपुरस्थित एक विद्यालयको नयाँ भवन निर्माणको अन्तिम बिल भुक्तानी रोकेर घूस मागेको आरोपमा सघन सहरी तथा भवन निर्माण आयोजना शाखा धनकुटाका तत्कालीन तीन कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सब-इन्जिनियर रविन श्रेष्ठविरुद्ध सोमबार मुद्दा दायर गरेको हो । आयोगक...
पाँचथरबाट खुकुरी, इन्सास राइफलको गोली र बारुदसहित एक जना पक्राउ

पाँचथरबाट खुकुरी, इन्सास राइफलको गोली र बारुदसहित एक जना पक्राउ

विराटनगर । पाँचथरबाट धारिलो हतियार खुकुरी, इन्सास राइफलको गोली र बारुदसहित एक जना पक्राउ परेका छन् । प्रहरीले फिदिम नगरपालिका-६ सिवाका ३२ वर्षीय सुसन तुम्रोकलाई पक्राउ गरेको हो । उनलाई कुम्मायक गाउँपालिका-१ यासोक बजारबाट पक्राउ गरिएको पाँचथरका प्रहरी प्रवक्ता इन्स्पेक्टर रामचन्द्र साहले जानकारी दिए । धारिलो हतियार देखाएर धाकधम्की दिइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्र...
विराटनगरमा एम्बुलेन्स चालकहरूलाई सडक सुरक्षासम्बन्धी प्रशिक्षण 

विराटनगरमा एम्बुलेन्स चालकहरूलाई सडक सुरक्षासम्बन्धी प्रशिक्षण 

विराटनगर । विराटनगरमा एम्बुलेन्स चालकहरूलाई सुरक्षित सडक प्रयोग तथा ट्राफिक नियमसम्बन्धी प्रशिक्षण दिइएको छ । स्वास्थ्य तालिम केन्द्र धनकुटाको आयोजना तथा ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा कोशी प्रदेशअन्तर्गतका एम्बुलेन्स चालकलाई प्रशिक्षण दिइएको हो । प्रशिक्षणमा १६ जना एम्बुलेन्स चालक सहभागि थिए । सुरक्षित सडक प्रयोग, ट्राफिक नियम तथा संकेत, रक्षात्मक ड्राइभिङ, सवारी दुर्घटनाबाट बच्ने उपाय, ए...
अर्थमन्त्री वाग्लेलाई दिइयो कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

अर्थमन्त्री वाग्लेलाई दिइयो कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा भाग लिन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन प्रधानमन्त्री शाहले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका...
error: Content is protected !!