झापामा आन्दोलनबाट फर्किएका शिक्षक सवार बस दुर्घटना, २१ जना घाइते
विराटनगर । झापामा शिक्षक सवार बस दुर्घटना भएको छ । दुर्घटनामा २१ जना शिक्षक घाइते भएका छन् ।
काठमाडौंको सडक केन्द्रित आन्दोलनमा सहभागी भएर फर्किएका शिक्षक सवार बस पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिका-९ दूधेमा आज बिहान दुर्घटना भएको हो ।
काठमाडौंबाट काँकाडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४२३५ नम्बरको बस आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेमध्...



























