बुढीगंगाको जेभियर्स स्कुलद्वारा वार्षिकोत्सवमा विद्यार्थीलाई सम्मान
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित जेभियर्स इङ्ग्लिस स्कुलले आज ११ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा स्कुलले बुढीगंगा गाउँपालिका स्तरीय परीक्षा, एसईई र हिसानको वार्षिक परीक्षामा पालिका भित्र उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ ।
कक्षा ८ को पालिका स्तरीय परीक्षामा छात्रतर्फ अंकित कार्की क्षेत्री, छात्रातर्फ रितु मगर, एस...































