कोशी प्रदेश लगानी सम्मेलनको तयारी पूरा
विराटनगर । कोशी प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै बिहीबार र शुक्रबार गर्न लागिएको लगानी सम्मेलनको तयारी पूरा भएको जानकारी गराइएको हो ।
प्रदेश सरकारले लगानी सम्मेलनमा एक खर्ब ७३ अर्ब ४९ करोड बराबरका ७१ वटा परियोजनाहरू सोकेसिङ गर्ने पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । जसमा कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, आइटिलगा...































