संगालोखबर
सांकेतिक तस्वीर

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका-४ भुल्केस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा यात्रुवाहक विद्युतीय गाडीलाई टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । दुर्घटनामा गोलबजार नगरपालिका-४ की ४५ वर्षीया शोभा कुमारी यादवको मृत्यु भएको हो ।

गम्भीर घाइते उनको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको म.प्र.०१-००१ ज. ०१२४ नम्बरको विद्युतीय गाडीलाई विपरीत दिशाबाट आइरहेको म.प्र.०३-००२ ख. ३९९६ नम्बरको टिपरले ठक्कर दिएको हो ।

गम्भीर अवस्थामाका एक जनालाई काठमाडौं र एक जनालाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ । अन्य तीन जनाको फूलकुमारी महतो मेमोरियल अस्पतालमै उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!