धनकुटामा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु
धनकुटा । धनकुटामा भरुवा बन्दुक पड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका–९ का ४७ वर्षीय रामकृष्ण थापा छन् ।
शुक्रबार साँझ करिब ६ः३० बजे थापाले सफा गर्ने क्रममा बारुद लोड भएको भरुवा बन्दुकको नाल आगोमा तताएर मुखले फुक्ने क्रममा अचानक पड्किएको प्रहरीले जनाएको छ ।
बन्दुक पड्किँदा बारुदले मुखमा लागेर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटामा ल्याइएको थियो । उन...






























