झापामा टिपरले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

झापामा टिपरले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

झापा । झापामा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । पाडाजुंगी-गौरीगन्ज भित्री पक्की सडक खण्डअन्तर्गत गौरादह नगरपालिका–१ नवदुर्गा पेट्रोल पम्पअघि गएराति भएको दुर्घटनामा साइकल यात्रीको मृत्यु भएको हो । प्रहरीका अनुसार डिपु चोकबाट पेट्रोल पम्पतिर जाँदै गरेको प्र १-०१-००१ क ११८८ नम्बरको टिफरको ठक्करबाट साइकल यात्री गौरादह-४ का ६१ वर्षीय प्रेमप्रसाद गुरागाईंको मृत्यु भएको हो । दुर्घटनामा प...
भिडियो भाइरल भएपछि रास्वपा सांसद भट्टराईको स्पष्टीकरण : निजी जीवनको सामान्य क्षण हो, अब यस्तो हुँदैन

भिडियो भाइरल भएपछि रास्वपा सांसद भट्टराईको स्पष्टीकरण : निजी जीवनको सामान्य क्षण हो, अब यस्तो हुँदैन

विराटनगर । यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद सृष्टि भट्टराईको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल छ । उनले कारको झ्यालबाट जीउ बाहिर निकालेर बनाएको भिडियो भाइरल भएको हो । गत फागुन २१ गते उनले अपलोड गरेको भिडिओ अहिले भर्खर चर्चामा आएको हो । धेरैले नेपाल प्रहरीलाई मेन्सन गर्दै उनीमाथि ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाही हुनुपर्ने माग अघि सारेका छन् । चौतर्फी आलोचनाप...
धनकुटाका सिद्धार्थ थापासहित चार जना अख्तियारको नियन्त्रणमा

धनकुटाका सिद्धार्थ थापासहित चार जना अख्तियारको नियन्त्रणमा

विराटनगर । राहदानी (पासपोर्ट) आपूर्तिमा भएको अनियमितता आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनालाई नियन्त्रणमा लिएको छ । पासपोर्ट आपूर्ति प्रक्रियामा जोडिएका व्यवसायी सिद्धार्थ थापा र राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित चार जनालाई अख्तियारले नियन्त्रणमा लिएको हो । धनकुटाको मुगाा घर भएका सिद्धार्थ नेपाली काँग्रेसका राष्ट्रिय सभा सांसद सुनिल थापाका छोरा हुन् । उनी राहदानी ...
संखुवासभामा दुई कैदी हत्या प्रकरणका सात प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला

संखुवासभामा दुई कैदी हत्या प्रकरणका सात प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला

खाँदबारी । सङ्खुवासभास्थित जिल्ला कारागार खाँदबारीमा दुई जना कैदी हत्या प्रकरणका १५ जनालाई जन्मकैदको फैसला भएको छ । न्यायाधीश राजकुमार कोइरालाको इजलासले मुलुकी अपराध संहिता २०७४ को दफा १७१ (१) बमोजिम कसुरमा जन्मकैद फैसला सुनाएको हो । त्यसैगरी सोही संहिताको १८६ बमोजिम प्रतिवादीबाट जनही ५० हजार मृतक तोलाङ्गी र बलामीका नजिकका हकदारलाई क्षतिपूर्ति भराउने ठहर गरेको अदालतले जनाएको छ । २०८० साउन २४ ग...
जीवन विकास अस्पतालले घोषणा गर्याे प्रसूति शल्यक्रियामा विशेष सहुलियत

जीवन विकास अस्पतालले घोषणा गर्याे प्रसूति शल्यक्रियामा विशेष सहुलियत

विराटनगर । मोरङको कटहरीस्थित जीवन विकास सामुदायिक अस्पतालले प्रसूति शल्यक्रियामा विशेष सहुलियत दिने भएको छ । स्थापनाको दोस्रो वर्ष प्रवेश गरेको अवसरमा अस्पतालले न्यून आय भएका परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यसहित प्रसूति शल्यक्रियामा सहुलियत घोषणा गरेको हो । अस्पतालले शल्यक्रियामार्फत दम्पतीको पहिलो सन्तान जन्मदा २४ हजार ९ सय ९९ रुपैयाँ शुल्क तोकेको छ । त्यस्तै, शल्यक्रिय...
विराटनगरमा आगामी शनिबार ‘बृहत् सनातन सम्मेलन’ हुँदै

विराटनगरमा आगामी शनिबार ‘बृहत् सनातन सम्मेलन’ हुँदै

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा असार ६ गते ऐतिहासिक ‘बृहत् सनातन सम्मेलन’ आयोजना हुने भएको छ । नेपालको सनातन सभ्यता, संस्कृति तथा धार्मिक सहिष्णुतालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सम्मेलन हुन लागेको हो । ‘सनातन सभ्यताको शान, हिन्दु, बौद्ध, किराँतको साझा पहिचान’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको सम्मेलनले सदियौंदेखि नेपालमा कायम रहेको धार्मिक सद्भाव, सहअस्तित्व र सहिष्णुताको ...
विराटनगरका समाजसेवी भगवान लालको ९६ वर्षको उमेरमा निधन 

विराटनगरका समाजसेवी भगवान लालको ९६ वर्षको उमेरमा निधन 

विराटनगर । विराटनगरका सक्रिय समाजसेवी भगवान लाल साहको ९६ वर्षको उमेरमा निधन भएको छ । १९८७ साल बैशाख १ गते जन्मिएका उनको सोमबार विराट टिचिङ अस्पतालमा उपचारको क्रममा निधन भएको हो । साह एक सफल उद्योगी पनि हुन् । उनी विभिन्न संघसंस्थामा सक्रिय थिए । साहले अखिल नेपाल वैश्य सेवा समिति विराटनगरको संस्थापक एवं पूर्वअध्यक्ष, पञ्चमुखी हनुमान मन्दिर एवं श्रीराम दरबार सञ्चालक समितिका पूर्वअध्यक्ष, शीतल धर...
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार पाँच सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ९८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला चार हजार नौ सय ९० रुपैयाँमा कारोबार भइरहे...
धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

धनकुटा । धनकुटामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । आज बिहान करिब ७ः१५ बजे धनकुटा नगरपालिका-४ स्थित स्कुलडाँडामा हिलेतर्फ जाँदै गरेको को १२ प ८०९८ नम्बर र विपरित दिशा तर्फबाट आउँदै गरेको को २५ प १७७ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् । दुर्घटनामा ८०९८ नम्बरको मोटरसाइकल चालक सुनसरीको रामधुनी नगरपालिका-९ घर भइ हाल धनकुटा नगरपालिका-७ स्थ...
मोरङकाे केराबारीमा बसले ठक्कर दिँदा ८० वर्षीय वृद्धको मृत्यु

मोरङकाे केराबारीमा बसले ठक्कर दिँदा ८० वर्षीय वृद्धको मृत्यु

विराटनगर । मोरङको केराबारी गाउँपालिका–७ मा यात्रुवाहक बसको ठक्करबाट वृद्धको मृत्यु भएको छ । आज अपराह्न धरानबाट केराबारीतर्फ जाँदै गरेको को १ ख २८२४ नम्बरको बसले पैदल हिँडिरहेका ८० वर्षीय लोकबहादुर राईलाई ठक्कर दिएको थियो । बसकाे ठक्करबाट गम्भीर घाइते भएका राईलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकाेमा चिकित्सकले मृत घोषणा गरेका थिए । बस चालक केराबारी–५ का २५ ...
कोशी प्रदेश सरकारको बजेट : के-के छन् प्राथमिकतामा ? (पूर्णपाठसहित)

कोशी प्रदेश सरकारको बजेट : के-के छन् प्राथमिकतामा ? (पूर्णपाठसहित)

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिकका लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले आज आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण प्रस्तुत गरेका हुन् । कोशीमा सक्षम छोरी कार्यक्रमका लागि ७ करोड बजेट विनियोजन गरिएको छ । कोशी प्रदेश सरकारले प्रदेश भ्रमण वर्षलाई गौरवका साथ सञ्चालन गर्न १२ करोड बजेट विनियोजन गरेको छ...
कोशी सरकारद्वारा ४० अर्ब ४४ करोड बराबरको बजेट सार्वजनिक

कोशी सरकारद्वारा ४० अर्ब ४४ करोड बराबरको बजेट सार्वजनिक

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिकका लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले आज आगामी आर्थिक वर्षको आय-व्ययको अनुमानित विवरण प्रस्तुत गरेका हुन् । कुल बजेटमध्ये चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ र पूँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ विनियोजन गरिएको छ । वित्तीय व्यवस्थापन शीर्षकमा १५ कोड छुट्य...
कोशीमा सक्षम छोरी कार्यक्रमका लागि ७ करोड बजेट विनियोजन

कोशीमा सक्षम छोरी कार्यक्रमका लागि ७ करोड बजेट विनियोजन

विराटनगर । कोशी प्रदेश सरकारले सक्षम छोरी कार्यक्रम सञ्चालन गर्ने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई लक्षित गरेर घोषणा गरिएको कार्यक्रमका लागि ७ करोड बजेट विनियोजन गरिएको छ । आर्थिक मामिला तथा योजनामन्त्री विदुर लिङ्थेपले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यो कार्यक्रमबाट २ लाख ७५ हजार छात्रा लाभान्वित हुने बताए ।
कोशी प्रदेशलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न १२ करोड विनियोजन

कोशी प्रदेशलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न १२ करोड विनियोजन

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश भ्रमण वर्षलाई गौरवका साथ सञ्चालन गर्न १२ करोड बजेट विनियोजन गरेको छ । प्रदेशलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न २०८३ साउनदेखि २०८५ असारसम्म कोशी प्रदेश भ्रमण वर्षलाई गौरवका साथ सञ्चालन गरिने आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले बताए । यस वृहत अभियानका लागि आन्तरिक, अन्तरप्रदेशीय तथा विदेशी पर्यटकलाई आकर्षित...
धनकुटाको चौबिसे क्षेत्रमा आईटी पार्क निर्माणका लागि २ करोड विनियोजन

धनकुटाको चौबिसे क्षेत्रमा आईटी पार्क निर्माणका लागि २ करोड विनियोजन

विराटनगर । सूचना प्रविधिको अध्ययन, विकास र विस्तार गर्न कोशी प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । त्यसका लागि धनकुटाको चौबिसे क्षेत्रमा आईटी पार्क निर्माण गरिने आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले जानकारी दिए । उनले आईटी पार्क निर्माण र सञ्चालनका लागि दुई करोड बजेट विनियोजन गरिएको बताए ।
कोशी प्रदेशबाटै सवारी चालक अनुमति पत्र छाप्न बजेट विनियोजन 

कोशी प्रदेशबाटै सवारी चालक अनुमति पत्र छाप्न बजेट विनियोजन 

विराटनगर । कोशी प्रदेश सरकारले सवारी चालक अनुमति पत्रको परीक्षालाई सरल सहज र पारदर्शी बनाउने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले सो जानकारी गराएका हुन् । विगतका वर्षदेखि वितरण गर्न बाँकी रहेका सवारी चालक अनुमति पत्रको वितरण आगामी आर्थिक वर्ष भित्रमा सक्ने उनले बताए । उनले प्रदेशबाटै लाइसेन्स छाप्ने व्यवस्था मिलाउन आवश्यक बजेट विन...
कोशी प्रदेश सभामा आजबाट पहिलोपटक सांकेतिक भाषाको सुरुवात 

कोशी प्रदेश सभामा आजबाट पहिलोपटक सांकेतिक भाषाको सुरुवात 

विराटनगर । कोशी प्रदेश सभाको प्रत्यक्ष प्रसारणमा आजबाट सांकेतिक भाषाको सुरुवात भएको छ । संघीय संसद्को दुवै सदनको प्रत्यक्ष प्रसारणमा सांकेतिक भाषाको सुरुवातपछि कोशी प्रदेशमा पनि पहिलो पटक सुरु गरिएको हो । कोशी सरकारले अहिले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आज बजेट प्रस्तुत गरिरहेको छ । आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेप अहिले बजेट प्रस्तुत गरिरहेका छन् । कोशी प्रदेश सभ...
कोशी प्रदेश सभाको प्रत्यक्ष प्रसारणमा आजबाट साङ्केतिक भाषाको सुरुवात हुँदै

कोशी प्रदेश सभाको प्रत्यक्ष प्रसारणमा आजबाट साङ्केतिक भाषाको सुरुवात हुँदै

विराटनगर । कोशी प्रदेश सभाको प्रत्यक्ष प्रसारणमा आजबाट साङ्केतिक भाषाको सुरुवात हुने भएको छ । सङ्घीय संसद्को दुवै सदनको प्रत्यक्ष प्रसारणमा साङ्केतिक भाषाको सुरुवातपछि कोशी प्रदेशमा पनि सुरु हुन लागेको हो । कोशी सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आज बजेट प्रस्तुत गर्दैछ । बजेट प्रस्तुतका लागि बस्ने प्रदेश सभा बैठकबाट साङ्केतिक भाषाको पनि सुरुवात हुने प्रदेश सभा श्रोतले जनाएको छ ।
सुनसरीकी चाँदनी राय बेपत्ता प्रकरण : न्यायिक प्रक्रियामा जान इन्सेक कोशीको सहयोग

सुनसरीकी चाँदनी राय बेपत्ता प्रकरण : न्यायिक प्रक्रियामा जान इन्सेक कोशीको सहयोग

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका-३ अमरडुवाकी २२ वर्षीया चाँदनी राय रहस्मय तरिकाले बेपत्ता भएको घटनामा पीडित पक्षलाई न्यायिक प्रक्रियामा जान इन्सेक कोशी प्रदेशले कानुनी सहायतासँगै आर्थिक सहयोग गरेको छ । ०८२ असोज ६ गते घरबाट रहस्यमय तरिकाले बेपत्ता भएकी पीडितको खोजी तथा कानुनी प्रक्रियाका इन्सेकले पाँच हजार आर्थिक सहयोग प्रदान गरेको हो । बेपत्ता महिलाका बाबु ब्रह्मदेव रायले ०८३ जेठ २१ गते न्...
राष्ट्रिय युवा संघले माग्यो प्रधानमन्त्रीको राजीनामा

राष्ट्रिय युवा संघले माग्यो प्रधानमन्त्रीको राजीनामा

विराटनगर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेको छ । केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकले समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक, आर्थिक र सामाजिक विषयहरूमाथि व्यापक छलफल गर्दै प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गरेको हो । बैठकले प्रधानमन्त्री शाहले संसद्‍मा दिएको ‘नेपालले समेत भारतको विभिन्न ठाउँमा सिमाना मिचेको’ भन्ने भौगोलिक ...
भारतीय अवरोधले पूर्वी नेपालका चिया उद्योग गम्भीर संकटमा

भारतीय अवरोधले पूर्वी नेपालका चिया उद्योग गम्भीर संकटमा

विराटनगर । भारतीय चिया बोर्डले लागू गरेको नयाँ गुणस्तर परीक्षण प्रक्रियाका कारण नेपाली चिया निर्यात प्रभावित भएको छ । जसका कारण पूर्वी नेपालका चिया उद्योग गम्भीर संकटमा परेका छन् । निर्यात ठप्प बनेपछि इलामका ५३ चिया उद्योग आजबाट बन्द हुँदैछन् । झापाका ३० उद्योगले असार ४ गतेदेखि उत्पादन बन्द गर्ने घोषणा गरेका छन् । उद्योगीहरूका अनुसार भारतमा निर्यात भइसकेको तीन लाख किलोभन्दा बढी नेपाली चिया गुण...
अन्तरविद्यालय टेबल टेनिसमा डीपीएसका आदर्श गुप्ताले जिते स्वर्ण पदक

अन्तरविद्यालय टेबल टेनिसमा डीपीएसका आदर्श गुप्ताले जिते स्वर्ण पदक

विराटनगर । विराटनगरको दिल्ली पब्लिक स्कुल (डीपीएस) का आदर्श गुप्ताले टेबल टेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । दोस्रो गिरिजाप्रसाद कोइराला अन्तरविद्यालय टेबल टेनिस प्रतियोगितामा गुप्ताले स्वर्ण पदक जितेका हुन् । विराटनगरमा जेठ २९ र ३० गते आयोजना भएको प्रतियोगितामा उनले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । विद्यालयले उनलाई बधाई दिँदै आगामी दिनमा थप सफलता हासिल गर्न शुभकामना व्यक्त गरेको छ । ...
सुनसरीमा दुर्घटनामा परेको भारतीय स्कारपियो भित्र गाँजा भेटियो

सुनसरीमा दुर्घटनामा परेको भारतीय स्कारपियो भित्र गाँजा भेटियो

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहा चोकबाट प्रहरीले भारतीय स्कारपियोबाट गाँजा बरामद गरेको छ । मदन भण्डारी लोकमार्ग अन्तरगत बीआर ३१ प ६६५१ नम्बरको स्कारपियोबाट १०४ किलो गाँजा बरामद भएको हो । आज बिहानको राति करिब १ः५५ बजे सडक छेउमा रहेको चिया पसलको टहरोमा ठोक्किएर स्कारपियो दुर्घटना भएको थियो । घटनाको बारेमा जानकारी पाउनासाथ घटनास्थल पुगेको प्रहरी टोलीले गाडीमा चेकजाँच गर्दा १०४ किलो ...
नोबेल अस्पतालमा अत्याधुनिक प्रविधिद्वारा गरिन्छ छाला सम्बन्धी उपचार 

नोबेल अस्पतालमा अत्याधुनिक प्रविधिद्वारा गरिन्छ छाला सम्बन्धी उपचार 

विराटनगर । विराटनगरको नोबेल अस्पतालले छालासम्बन्धी समस्याका लागि अत्याधुनिक प्रविधिबाट उपचार गरिरहेको छ । नोबेलले छालामा देखिने दुबी, कोठी, गाँठागुँठी, चाउरी, चाँयापोतो लगायत कुष्ठरोग तथा सौन्दर्यसम्बन्धी समस्याहरूको उपचारका लागि विशेष सेवा सञ्चालनसहित उपचार गरिरहेको हो । छालामा देखिने सबै प्रकारका रोगहरूको उपचार अत्याधुनिक उपकरण तथा विशेषज्ञ चिकित्सकमार्फत गरिने अस्पतालले जनाएको छ । अस्पतालका ...
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार रुपैयाँ बढेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार दुई सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला दुई लाख ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा एक सय २० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला पाँच हजार १५ रुपैयाँमा कारोबा...
कोशी प्रदेश सरकारको बजेट बढ्ने, कति आउँदैछ ?

कोशी प्रदेश सरकारको बजेट बढ्ने, कति आउँदैछ ?

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटको आकार बढाउने भएको छ । आज आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेपले दिउँसो ४ बजे बस्ने प्रदेशसभाको नवौँ अधिवेशनको एघारौँ बैठकमा बजेट पेश गर्ने तयारी छ । यस पटक कोशी सरकारले करिब ३९ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ । यो चालू आर्थिक वर्षको ३६ अर्ब २ करोड रुपैयाँको तुलनामा झण्डै ४ अर्ब बढी हो । संघीय सरकारक...
विराटनगरमा एक महिने पुरुषोत्तम पुराण कथावाचन सम्पन्न

विराटनगरमा एक महिने पुरुषोत्तम पुराण कथावाचन सम्पन्न

विराटनगर । विराटनगर-४ स्थित रुद्रेश्वर शिव पञ्चायन मन्दिर सेवा समितिको आयोजनामा भएको एक महिने पुरुषोत्तम पुराण कथावाचन तथा  माहात्म्य समापन भएको छ । एक महिनासम्म व्रत बसी विश्व शान्तिको कामना गर्दै पुरुषोत्तम पुराण समापन गरिएको हो । पण्डित रोहित गौतमले कथावाचन तथा पाठ गरेका थिए । समाजमा अमन-चयन, शान्ति, सद्भाव र एकता कायम गर्ने उद्देश्यले एक महिने पुरुषोत्तम पुराण आयोजना गरिएको आयोजक समितिका अध...
नागरिकता, शिक्षा र रोजगारीमा विशेष प्राथमिकता दिनुपर्ने लैंगिक तथा यौनिक अल्पसंख्यकको माग 

नागरिकता, शिक्षा र रोजगारीमा विशेष प्राथमिकता दिनुपर्ने लैंगिक तथा यौनिक अल्पसंख्यकको माग 

विराटनगर ।  लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले राज्यका हरेक निकायमा समानुपातिक सहभागितासँगै आफ्नो समुदायका लागि छुट्टै बजेट र स्वायत्त आयोग गठनको माग गरेका छन् । लिड नेपालले आज विराटनगरमा सञ्चारकर्मीहरूसँग आयोजना गरेको अन्तरक्रियाका सहभागीले यस्तो माग राखेका हुन् । कार्यक्रममा लिड नेपालकी कार्यकारी निर्देशक नुमा लिम्बू (चञ्चला) ले लक्षित कार्यक्रमका लागि सरकारले छुट्टै बजेट शीर्षक राख्नुपर्ने...
भारतीय युवकको विराटनगरमा शंकास्पद मृत्यु, चार जना पक्राउ

भारतीय युवकको विराटनगरमा शंकास्पद मृत्यु, चार जना पक्राउ

विराटनगर । विराटनगर-१० स्थित शुभ होटलमा बसेका भारतीय युवकको शंकास्पद मृत्यु भएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । भारतको बिहार राज्यस्थित सहरसा निवासी २४ वर्षीय प्रिन्स यादवको मृत्यु भएपछि प्रहरीले चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले मृतकसँगै रहेका भारत बिहारको सहरसाका २५ वर्षीय अंकितकुमार यादव, २७ वर्षीय रोशन यादव, २१ वर्षीय लटु यादव र ३० वर्षीय जयराम यादवलाई नियन्...
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला दुई लाख ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला चार हजार आठ सय ९५ रुपैयाँमा कारोबार...
झापामा जंगली हात्तीले आक्रमण गर्दा महिलाको मृत्यु

झापामा जंगली हात्तीले आक्रमण गर्दा महिलाको मृत्यु

विराटनगर । झापामा जंगली हात्तीले आक्रमण गर्दा महिलाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका-४ की ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएको हो । प्रहरीका अनुसार घरबाट बाहिर निस्किने क्रममा आज बिहानको राति ४ः५५ बजेतिर पौडेललाई जंगली हात्तीले आक्रमण गरेको थियो । हात्तीले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । पौडेललाई आ...
error: Content is protected !!