सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला दुई लाख ८४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला ९० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला चार हजार तीन सय २५ रुपैयाँमा कारोबार भइरहे...
कोशी प्रदेश सरकारबाट बाहिरिँदै काँग्रेस

कोशी प्रदेश सरकारबाट बाहिरिँदै काँग्रेस

विराटनगर । कोशी प्रदेश सरकारबाट नेपाली काँग्रेस बाहिरिने भएको छ । केन्द्रमा एमालेसँगको सत्ता समीकरणमा खटपट सुरु भएसँगै कोशी सरकारबाट पनि काँग्रेस बाहिरिन लागेको हो । सुदूरपश्चिम प्रदेशमा एमालेसँगको सहकार्यमा देखिएको असहजताका कारण काँग्रेसले सातै प्रदेश सरकारहरूबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेपछि कोशीमा पनि त्यसको प्रत्यक्ष असर देखिएको छ । सरकारमा सहभागिताको विषयमा ठोस निर्णय लि...
विराटनगरको आर्या न्युरो हस्पिटलले सुरु गर्यो दुर्बिनबाट मेरुदण्डको शल्यक्रिया

विराटनगरको आर्या न्युरो हस्पिटलले सुरु गर्यो दुर्बिनबाट मेरुदण्डको शल्यक्रिया

विराटनगर । विराटनगरको कञ्चनवारीस्थित आर्या न्युरो हस्पिटलले दुर्बिन प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सुरु गरेको छ । मेरुदण्ड सम्बन्धी रोगहरूको उपचारलाई आधुनिक, सुरक्षित तथा प्रभावकारी बनाउने उद्देश्यले आर्याले इन्डोस्कोपी प्रविधिबाट स्पाइन शल्यक्रिया थालेको हो । अस्पतालले पछिल्लो समय विश्वमा प्रचलित ‘यु-भी-ई प्रविधि भित्र्याएको छ । यस प्रविधिमा विशेष क्यामेरा (एन्डोस्कोप) र सूक्ष्म शल्य उपकरणको...
६ लाख घुस लिएको आरोपमा इलामको चुलाचुलीका इन्जिनियर पक्राउ

६ लाख घुस लिएको आरोपमा इलामको चुलाचुलीका इन्जिनियर पक्राउ

विराटनगर । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का पक्राउ परेका छन् । ६ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई आज झापाको दमकबाट पक्राउ गरेको हो । पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रिया सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना र उजुरीपछि आयोगको टंगालस्थित केन्द्रीय कार्यालय र इटहरी कार्यालयको ...
सुनसरीको सेउती खोला आसपासमा रोपियो ४ सय बिरुवा

सुनसरीको सेउती खोला आसपासमा रोपियो ४ सय बिरुवा

सुनसरी । सुनसरीको तरहरास्थित सेउती खोला आसपासमा वृक्षरोपण गरिएको छ । इटहरी आसेज वाओ को आयोजनामा ४ सय बिरुवा रोपिएको हो । वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न प्रजातिका बिरुवा रोपिएको आयोजक संस्थाका नवीन राना मगरले जानकारी दिए । ‘आमाको मनद्वारा बिरुवा रोपिएको हो’, उनले भने, ‘पृथ्वीलाई ए देखि जेड सम्म बचाऔँ र हामी एक परिवार हौँ भन्ने नारासहित आसेजले वातावरणमैत्री अभिया...
विश्वकप : इङ्ग्ल्याण्ड र अर्जेन्टिना मैदानमा उत्रदै, को पुग्ला फाइनलमा ?

विश्वकप : इङ्ग्ल्याण्ड र अर्जेन्टिना मैदानमा उत्रदै, को पुग्ला फाइनलमा ?

विराटनगर । फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा भरे राति इङ्ग्ल्यान्ड र अर्जेन्टिना खेल्दैछन् । यो खेल राति पौने १ बजे अमेरिकाको एटलान्टा रङ्गशालामा शुरु हुनेछ । क्वाटरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई र इङ्ग्ल्यान्डले नर्वेलाई हराउँदै अन्तिम चारमा पुगेका थिए । इङ्ग्ल्यान्ड ६० वर्षपछि दोस्रो पटक विश्वकपको फाइनलमा पुग्ने र साविक विजेता अर्जेन्टिना उपाधि जित्ने लक्ष्यमा छ । विश्वकपमा य...
ट्राफिक जरिवाना व्यावहारिक बनाउन माग गर्दै मोरङका युवाहरूले बुझाए सरकारलाई ज्ञापनपत्र

ट्राफिक जरिवाना व्यावहारिक बनाउन माग गर्दै मोरङका युवाहरूले बुझाए सरकारलाई ज्ञापनपत्र

विराटनगर । नेपाल सरकारले प्रस्ताव गरेको नयाँ ट्राफिक जरिवाना दर तत्काल पुनर्विचार गरी फिर्ता लिन माग गर्दै मोरङका युवाहरूले सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । मङ्गलबार मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलमार्फत विभिन्न सङ्घसंस्था, मानवअधिकारकर्मी तथा सर्वसाधारण नागरिकले ज्ञापन पत्र बुझाएका हुन् । उनीहरूले आम नागरिकको भावना, नेपालको वर्तमान आर्थिक अवस्था तथा न्यायोचित दण्ड प्रणालीलाई दृष्टि...
खोटाङ कारागारमा सवारी ज्यान मुद्दाका एक कैदीको मृत्यु

खोटाङ कारागारमा सवारी ज्यान मुद्दाका एक कैदीको मृत्यु

खोटाङ । जिल्ला कारागार खोटाङमा कैद भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ । सवारी ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका साकेला गाउँपालिका-४ मात्तिमका २४ वर्षीय निसान राईको मृत्यु भएको हो । बुधबार बिहानको राती करिब १२ः५५ बजेतिर बेहोस अवस्थामा फेला परेका उनलाई जिल्ला अस्पताल लगिएकोमा राती १ः५७ चिकित्सकले मृत घोषणा गरेका थिए । २०७७ फागुन १६ गते जिल्ला अदालत खोटाङ र २०७८ चैत ७ गतेको उच्च अदालत विर...
विराटनगरमा लापसे गरेर सफारी चलाउने ९ जना चालक पक्राउ

विराटनगरमा लापसे गरेर सफारी चलाउने ९ जना चालक पक्राउ

विराटनगर । विराटनगरमा लागूपदार्थ सेवन (लापसे) गरेर सवारीसाधन चलाउने १० जना चालक पक्राउ परेका छन् । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले गरेको चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले मंगलबार अपरान्ह ४ देखि ५ बजेसम्म विराटनगर-१६ स्थित हुलास चोकमा विशेष चेकजाँच गरेको थियो । सोही क्रममा ९ जना सफार...
विराट क्यान्सर इन्स्टिच्युटमा अब नेपालकै पहिलो अंको फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठकाे सेवा

विराट क्यान्सर इन्स्टिच्युटमा अब नेपालकै पहिलो अंको फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठकाे सेवा

विराटनगर । क्यान्सर रोगको भरपर्दो उपचारका लागि स्थापना भएको विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल अन्तर्गतको विराट क्यान्सर इन्स्टिच्युटमा नेपालकै पहिलो अंको फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठकाे सेवा उपलब्ध हुने भएकाे छ । श्रेष्ठले अबदेखि हस्पिटलको फिजियोथेरापी विभागबाट सेवा दिने छिन् । शल्यक्रिया र क्यान्सरको उपचार गराइरहेका बिरामीहरू सामान्यतयाः शारीरिक दुर्बलता, गतिविधिको सीमा र पुनः आत्मविश्वा...
अब कोशीका कर्मचारीलाई हप्तामा दुई दिन ढाका र अल्लोका पोशाक अनिवार्य

अब कोशीका कर्मचारीलाई हप्तामा दुई दिन ढाका र अल्लोका पोशाक अनिवार्य

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ देखि प्रदेशको उत्पादनलाई प्रोत्साहन गर्ने गरी कर्मचारीहरूलाई दिइने पोशाक भत्ता कार्यान्वयनमा ल्याएको छ ।  अब कोशी प्रदेशमै उत्पादन भएका ढाका, खाँडी (खादी) र अल्लो तथा अन्य कपडाबाट निर्मित अफिस पोशाक अनिवार्य रूपमा कर्मचारीले प्रयोग गर्ने भएका हुन् । बुधबार र शुक्रबार यो व्यवस्था लागू गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेश...
मोरङको कटहरीका १४ वर्षीय बालक घरबाटै बेपत्ता, खोजीका लागि परिवारको अपिल

मोरङको कटहरीका १४ वर्षीय बालक घरबाटै बेपत्ता, खोजीका लागि परिवारको अपिल

विराटनगर । मोरङको कटहरी गाउँपालिका-२ का एक बालक घरबाटै बेपत्ता भएका छन् । स्थानीय कृष्ण राजवंशीका १४ वर्षीय छोरा काव्य राजवंशी घरबाटै हराएका हुन् । बालकका आफन्त संजय राजवंशीका अनुसार दुई दिनअघि हराएका बालक अहिलेसम्म फेला परेका छैनन् । साथीभाइ तथा आफन्तकोमा खोजी गर्दा समेत बालक फेला पार्न नसकिएको उनले बताए । परिवारले कोही कसैले बालकलाई देखेमा नजिकैको प्रहरी चौकी अथवा आफूहरूलाई सम्पर्क गरिदिन आग...
कोशीका ८ सहित ४४ जिल्लामा आकस्मिक बाढीको जोखिम

कोशीका ८ सहित ४४ जिल्लामा आकस्मिक बाढीको जोखिम

विराटनगर । आज कोशी प्रदेशका ८ सहित देशभरका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यदेखि उच्च जोखिम रहेको छ । जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, सङ्खुवासभा र उदयपुरमा बाढीको जोखिम रहेको जनाएको हो । यस्तै सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही र आसपास गरी ३...
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा खारेज

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा खारेज

काठमाडौं । निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन निषेधको निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले आज यस्तो फैसला सुनाएको हो । सरकारले २०८२ चैत १८ गते सरकारी विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चारमाध्यमलाई मात्र दिने र निजी सञ्चारमाध्यमलाई निषेध गर्ने निर्णय गरेको थियो । नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिकारप्राप्त निवेदक...
विराटनगरको यातायात कार्यालयको अनलाइन प्रणालीमा समस्या हुँदा यी सेवा ठप्प

विराटनगरको यातायात कार्यालयको अनलाइन प्रणालीमा समस्या हुँदा यी सेवा ठप्प

विराटनगर । यातायात व्यवस्था कार्यालय विराटनगरमा अनलाइन प्रणालीमा समस्या भएको छ । आजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी अनलाइन प्रणालीमा समस्या उत्पन्न भएको हो । कार्यालयले सूचना जारी गर्दै लाइसेन्स बितरण र सवारी सम्बन्धी सेवा मात्रै सुचारु रहेको जनाएको छ । यी बाहेकका सम्पूर्ण सेवाहरू असार मसान्तसम्मका लागि स्थगित गरिएको सूचनामा भनिएको छ । ‘लाइसेन्स सम्बन्धी बायोमेट्रिक, नवीकरण, लिखि...
कोशी प्रदेशमा ६ महिनामा ३ सय ३१ मानव अधिकार उल्लङ्घनका घटना

कोशी प्रदेशमा ६ महिनामा ३ सय ३१ मानव अधिकार उल्लङ्घनका घटना

धनकुटा । कोशी प्रदेशमा सन् २०२६ को ६ महिनाको अवधिमा ३ सय ३१ मानव अधिकार उल्लङ्घनका घटना भएको तथ्याङ्क सार्वजनिक भएको छ । सोमबार मानव अधिकार एलाइन्स कोशी प्रदेशले धनकुटामा आयोजना गरेको कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक भएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कोशी प्रदेशका प्रमुख मनोहर पोख्रेलले सार्वजनिक गरेको तथ्याङ्क अनुसार महिला अधिकार सम्बन्धी ६१, बाल अधिकार सम्बन्धी १११ र नागरिक अधि...
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर ।  नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँ घटेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला चार हजार तीन सय ६० रुपैयाँमा कार...
विश्वकप सेमिफाइनलमा स्पेन र फ्रान्स भिड्दै, को पुग्ला फाइनलमा ?

विश्वकप सेमिफाइनलमा स्पेन र फ्रान्स भिड्दै, को पुग्ला फाइनलमा ?

विराटनगर । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्स आमनेसामने हुँदैछन् । बुधबार बिहानका राति १२ः४५ बजे अमेरिकाको टेक्सास राज्यस्थित अर्लिङ्टनको डलास स्टेडियममा हुने यस खेलले विश्वकपको पहिलो फाइनलिस्टको टुंगो लगाउने छ । विश्व फुटबलका दुई सफल टोलीबीचको भिडन्तलाई प्रतियोगिताकै सबैभन्दा रोचक मानिएको छ । फ्रान्स दुई पटकको विश्व विजेता हो भने स्पेन २०१० को विश्व विजेता तथा चारपटकको युरो...
इटहरीमा विद्युत प्राधिकरणको स्कोरपिओ दुर्घटना हुँदा लाइन मर्मतका लागि गएका दुई कर्मचारीको मृत्यु

इटहरीमा विद्युत प्राधिकरणको स्कोरपिओ दुर्घटना हुँदा लाइन मर्मतका लागि गएका दुई कर्मचारीको मृत्यु

सुनसरी । सुनसरीको इटहरीमा सोमबार राति नेपाल विद्युत प्राधिकरण धरानको स्कोरपिओ दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा विद्युत प्राधिकरण धरानमा कार्यरत धरान-१३ का अन्दाजी ३३ वर्षीय बिर्खबहादुर राई र धरान-१६ का अन्दाजी ४९ वर्षीय सुमन आचार्यको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...
सञ्चार क्षेत्रको विकास गर्न कोशीमा प्रतिष्ठान गठन, द्रुत गतिमा काम गर्न मन्त्री पराजुलीको निर्देशन

सञ्चार क्षेत्रको विकास गर्न कोशीमा प्रतिष्ठान गठन, द्रुत गतिमा काम गर्न मन्त्री पराजुलीको निर्देशन

विराटनगर । कोशी प्रदेश सरकारले ‘प्रदेश सञ्चार प्रतिष्ठान’ गठन गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानको अध्यक्ष, रजिस्ट्रार र सदस्यहरू नियुक्त गरेको हो । प्रतिष्ठानको अध्यक्षमा मोरङका पत्रकार दीपक दाहाल र प्रदेश प्रेस रजिष्ट्रारमा सुनसरीका पत्रकार लिलाराज भट्टराईलाई नियुक्त गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला ...
कोशीका २ हजार ६२३ एचआईभी संक्रमित एआरटी सेवामा, सीडी–४ परीक्षण अभावले समस्या

कोशीका २ हजार ६२३ एचआईभी संक्रमित एआरटी सेवामा, सीडी–४ परीक्षण अभावले समस्या

विराटनगर । कोशी प्रदेशमा एचआईभी संक्रमितको उपचारका लागि एआरटी सेवामा आबद्ध बिरामीको संख्या २ हजार ६२३ पुगेको छ । तर संक्रमितको स्वास्थ्य अवस्थाको नियमित मूल्याङ्कन गर्न आवश्यक सीडी-४ परीक्षण सेवा सहज रूपमा उपलब्ध नहुँदा उपचार व्यवस्थापनमा चुनौती थपिएको छ । एएचएफ नेपालद्वारा विराटनगरमा आयोजित स्थानीय परियोजना सल्लाहकार समितिको बैठकमा प्रस्तुत तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा देशभर २७ हजार ५४...
कोशी प्रदेश सञ्चार प्रतिष्ठान गठन : अध्यक्षमा दाहाल, रजिष्ट्रारमा भट्टराई नियुक्त

कोशी प्रदेश सञ्चार प्रतिष्ठान गठन : अध्यक्षमा दाहाल, रजिष्ट्रारमा भट्टराई नियुक्त

विराटनगर । कोशी प्रदेश सरकारले ‘प्रदेश सञ्चार प्रतिष्ठान’ गठन गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानको अध्यक्ष, रजिस्ट्रार र सदस्यहरू नियुक्त गरेको हो । प्रतिष्ठानको अध्यक्षमा मोरङका पत्रकार दीपक दाहाल र प्रतिष्ठानको प्रदेश प्रेस रजिष्ट्रार पदमा सुनसरीका पत्रकार लिलाराज भट्टराईलाई नियुक्त गरिएको कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रम...
कोशी प्रदेश सरकारको बजेट खर्च २६ अर्ब २५ करोड

कोशी प्रदेश सरकारको बजेट खर्च २६ अर्ब २५ करोड

विराटनगर । कोशी प्रदेश सरकारले २६ अर्ब बढी बजेट खर्च गरेको छ । कोशी सरकारले आर्थिक वर्ष २०८२/८३ मा जम्मा २६ अर्ब २५ करोड बजेट खर्च गरेको हो । प्रदेश लेखा नियन्त्रक कार्यालय विराटनगरले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार प्रदेश सरकारले २६ अर्ब २५ करोड २५ लाख ४८ हजार २२१ रुपैयाँ खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३६ अर्ब ९ करोड ८५ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो । स...
झापामा ३८ हजार किलो अवैध खरबुजाको बिउ बरामद

झापामा ३८ हजार किलो अवैध खरबुजाको बिउ बरामद

झापा । झापाको भद्रपुर नगरपालिका-३ ज्ञान चोकबाट ठूलो परिमाणमा खरबुजाको बिउ बरामद गरिएको छ । प्रहरीले भीमलाल सुवेदीको घरमा अवैध तरिकाले भण्डारण गरेर राखिएको अवस्थामा ठूलो परिमाणमा खरबुजाको बिउ बरामद गरेको हो । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट एसपी बसुन्धरा खड्काको नेतृत्वमा खटिएको टोलीले आइतबार साँझ सुवेदीको घरमा छापा हानेको थियो । त्यस क्रममा सुवेदीको घरका दुईवटा कोठा खानतलासी...
भानु जयन्तीमा विराटनगरको एभरेष्टमा कविता वाचन प्रतियोगिता 

भानु जयन्तीमा विराटनगरको एभरेष्टमा कविता वाचन प्रतियोगिता 

विराटनगर । विराटनगरको एभरेष्ट माध्यामिक विद्यालयले भानु जयन्तीको अवसरमा कविता वाचन प्रतियोगितासँगै स्रष्टालाई सम्मान गरेको छ । विद्यालयको सभाहलमा आज आयोजित कार्यक्रममा कक्षा ११ र १२ का २४ प्रतियोगीले विभिन्न शीर्षकमा कविता वाचन गरेका थिए । तीमध्ये उत्कृष्ट चारलाई नगदसहित ट्रफी प्रदान गरिएको छ । ‘भानु हेर तिम्रो देश’ शीर्षकको कविता वाचन गर्ने कक्षा १२ की छात्रा सौमिका ढकालले प्रथम हुँदै नगद १० ह...
कान्तिपुर, अनलाइनखबर र हिमालय टेलिभिजन अगाडि राखियो शंकास्पद गाडी

कान्तिपुर, अनलाइनखबर र हिमालय टेलिभिजन अगाडि राखियो शंकास्पद गाडी

काठमाडौं । कान्तिपुर पब्लिकेसन, अनलाइनखबर र हिमालय टेलिभिजनको गेटमा शंकास्पद अवस्थामा गाडी पार्किङ गरिएको छ । कार्यालयहरूको प्रवेशद्वारमा अवरोध पुग्ने गरी गेटमा गाडी पार्किङ गरिएको हो । कान्तिपुरको तीनकुनेस्थित कार्यालयको गेटमा पार्क गरिएको गाडीका कारण पत्रकारहरूलाई सवारीसहित आवतजावत गर्न बाधा पुगेको छ । अनलाइनखबरको नयाँबानेश्वरस्थित अफिसको गेट अगाडि पनि गाडी रोकिएको छ । झन्डै गेटको आधा भागसम्...
विराटनगर र धनकुटासहितका यी स्थानमा वर्षाको सम्भावना ८० प्रतिशत

विराटनगर र धनकुटासहितका यी स्थानमा वर्षाको सम्भावना ८० प्रतिशत

विराटनगर । जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको मौसम पूर्वानुमान अनुसार आज देशका प्रमुख सहरहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । आज दिउँसो र रातिको समयमा विभिन्न सहरहरूमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको हो । आज दिउँसो काठमाडौंमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना ७० प्रतिशत छ भने रातिको समयमा ६० प्रतिशत वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । पोखरा, ओख...
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर ।  नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार आठ सय रुपैयाँ घटेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार दुई सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला एक सय रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला चार हजार तीन सय ७५ रुपैयाँमा कारो...
कोशी अस्पतालको जग्गा अतिक्रमण गरेर बनाइएका संरचनामा चलाइयो डोजर

कोशी अस्पतालको जग्गा अतिक्रमण गरेर बनाइएका संरचनामा चलाइयो डोजर

विराटनगर । कोशी अस्पतालको जग्गा अतिक्रमण गरेर निर्माण गरिएका संरचनामा डोजर चलाइएको छ । आज बिहानबाट कोशी अस्पताल अगाडि, दक्षिण पूर्वतर्फ अस्पताल चोक र देवकोटा चोक तर्फबाट डोजर चलाएर संरचना भत्काउन थालिएको हो । अस्पताल प्रशासनले संरचना खाली गर्न सात दिनको अल्टिमेटम दिएको थियो ।  अस्पतालको अल्टिमेटमपछि व्यवसायीहरूले शनिबारदेखि नै धमाधम सटर खाली गर्न थालेका थिए । सम्भावित अवरोध रोक्न ठूलो संख्यामा...
जीवन विकास अस्पतालमा महिलाको पाठेघरबाट निकालियो २० सेन्टिमिटर ठूलो पानीको फोको

जीवन विकास अस्पतालमा महिलाको पाठेघरबाट निकालियो २० सेन्टिमिटर ठूलो पानीको फोको

विराटनगर । मोरङको कटहरी गाउँपालिका-२ हल्दिबारीस्थित जीवन विकास सामुदायिक अस्पतालमा एक महिलाको पाठेघरबाट २० सेन्टिमिटरको पानीको फोको निकालिएको छ । अस्पतालका चिकित्सक डा.आशिषकुमार यादव नेतृत्वको टोलीले सफलतापूर्वक शल्यक्रिया गरी मिक्लाजुङ-२ रमितेकी २५ वर्षीया महिलाको पाठेघरबाट ठूलो सिस्ट निकालेको हो । उनी पाँच महिना अघिदेखि पेट दुख्ने समस्याबाट पीडित थिइन् । असह्‍य पीडा भएपछि आफन्तले उनलाई उपचारक...
मनमोहनमा औषधी विज्ञानमा ‘एमफार्म’ कार्यक्रम सञ्चालनको तयारी

मनमोहनमा औषधी विज्ञानमा ‘एमफार्म’ कार्यक्रम सञ्चालनको तयारी

विराटनगर । औषधि उत्पादन, नियमन, विश्लेषण र अनुसन्धानका लागि दक्ष जनशक्ति तयार गर्ने लक्ष्यसहित मनमोहन प्राविधिक विश्वविद्यालयले औषधी विज्ञानमा स्नातकोत्तर तहको  ‘एमफार्म’ पाठ्यक्रम निर्माण गर्न सरोकारवालासँग छलफल थालेको छ । विश्वविद्यालयको स्कुल अफ मेडिसिन एन्ड एलाइड हेल्थ साइन्सेसको फार्मेसी विभागले   औषधि विज्ञानमा स्नातकोत्तर तह  ‘मास्टर अफ फार्मेसी’ कार्यक्रम सञ्चालन गर्न पाठ्यक्रम विज्ञ, उ...
error: Content is protected !!