
धनकुटा । धनकुटा प्रहरीले विभिन्न समयमा बरामद गरेको एक हजार पाँच सय २१ किलो गाँजा र प्रतिबन्धित लागूऔषधको एक हजार आठ ९७ थान ट्याब्लेट जलाएर नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाले आज धनकुटा नगरपालिका-९ मुलघाटस्थित तमोर नदी किनारमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी बरामद लागूऔषध नष्ट गरेको हो ।
विभिन्न युनिटले चेकजाँच तथा अनुसन्धानका क्रममा फरक-फरक समयमा बरामद गरेको गाँजा र प्रतिबन्धित औषधी कानुनी प्रक्रिया पूरा गरेर नष्ट गरिएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

संगालोखबर 












