
काठमाडौं । सरकारले सुनसरी र सिरहामा हालै भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जना व्यक्तिहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्रकुमार मेहता र सिराहाका गणेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयको प्रस्तावमा गरिएको यस निर्णयले पीडित परिवारलाई राहत र न्यायको अनुभूति गराउने सरकारको विश्वास छ ।

संगालोखबर 













