विराटनगरमा तरकारी बोकेको गाडीबाट बरामद भयो २६२ किलो गाँजा, तीन जना पक्राउ
विराटनगर । विराटनगरबाट ठूलो परिमाण गाँजासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इटहरी-५ की २० वर्षीया सन्जु तामाङ, २२ वर्षीय निखिल घिमिरे र विराटनगर-१८ का श्यामकुमार यादव छन् ।
विराटनगर-१५ बाट शनिबार राति करिब ११ः३० बजे बन्दाकोपी लोड भएको मे १ च ५८२६ नम्बरको बोलेरो गाडीबाट २ सय ६२ किलो ५ सय ८० ग्राम गाँजा बरामद गरिएको मोरङ प्रहरीले जनाएको छ ।
मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिल...






























