सुकुना माविमा छात्राहरूलाई दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक र बस चालक पक्राउ

सुकुना माविमा छात्राहरूलाई दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक र बस चालक पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-१० स्थित सुकुना माध्यमिक विद्यालयमा कार्यरत दुई शिक्षक र एक जना सवारी चालक पक्राउ परेका छन् । सोही विद्यालयमा अध्ययनरत छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा उनीहरूलाई आज बिहान १० बजे प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुन्दरहरैंचा-१० का ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैंचा-२ का ३० वर्षीय किशोरलाल गच्छदार र सुन्दरहरैंचा-१२ का ३५ वर्षीय अविरल मास...
नेकपा धनकुटाको एकता बैठक सम्पन्न, २५१ सदस्यीय जिल्ला कमिटी घोषणा

नेकपा धनकुटाको एकता बैठक सम्पन्न, २५१ सदस्यीय जिल्ला कमिटी घोषणा

धनकुटा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला समिति धनकुटाको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपाका प्रदेश इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा प्रदेश सह-इन्चार्ज परशुराम बस्नेत, प्रदेश संयोजक हर्क बहादुर नेम्बाङ ‘मिक्सो’, जिल्ला इन्चार्ज धर्मराज पौडेल, सह-इन्चार्ज बिष्णुमाया कन्दङवा र आरपी बास्तोला, हेमचन्द्र किराती लगाय...
साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा हराउदै स्पेनले जित्याे विश्वकप फुटवलकाे उपाधि

साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा हराउदै स्पेनले जित्याे विश्वकप फुटवलकाे उपाधि

विराटनगर । स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। साेमबार अमेरिकाको न्यु जर्सीस्थित न्यूयोर्क–न्यु जर्सी स्टेडियममा सम्पन्न फाइनलमा साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गर्दै स्पेन दोस्रो पटक विश्व च्याम्पियन बनेको हो। निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन सकेन। रोमाञ्चक र प्रतिस्पर्धात्मक खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको १०६ औँ मिनेटमा वैकल्...
विराटनगरको एभरेष्ट कलेजमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

विराटनगरको एभरेष्ट कलेजमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

विराटनगर । विराटनगरकाे एभरेष्ट कलेजले कक्षा ११ मा भर्ना भएका आफ्ना विद्यार्थीलाई स्वागत गरेकाे छ । आज आयोजित स्वागत समारोहमा कक्षा १२ का विद्यार्थीहरूले विभिन्न कार्यक्रम गर्दै नयाँ विद्यार्थीलाई स्वागत गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका निवर्तमान उपकुलपति प्राडा बिजुकुमार थपलीयाले विद्यार्थीहरूको आफ्नै मेहनतले सफलता प्राप्ति हुने बताए । एभरेष्टले उत्कृष्ट शैक...
प्रशासनमा सहमति भएपछि धनकुटाका लेखापढी व्यवसायी कटुवालले फिर्ता गरे विवादित जग्गा

प्रशासनमा सहमति भएपछि धनकुटाका लेखापढी व्यवसायी कटुवालले फिर्ता गरे विवादित जग्गा

धनकुटा । मालपोत कार्यालय धनकुटाका लेखापढी व्यवसायी पुष्पराज कटुवालले विवादित जग्गा फिर्ता गरेका छन् । ज्येष्ठ नागरिकलाई प्रलोभनमा पारेर आफ्नो नाममा राजीनामा पास गराएको आरोप लागेका उनले प्रशासनमा भएको छलफलपश्चात जग्गा फिर्ता गरेका हुन् । धनकुटा नगरपालिका-४ स्थित स्वर्गीय कुबेरबहादुर राय क्षेत्रीको नाममा रहेको करिब एक रोपनी दुई आना घडेरी कटुवालले आफ्नो नाममा राजीनामा पास गरेको आरोप लागेको थियो । ...
फेसबुकमा देखियो प्राविधिक समस्या

फेसबुकमा देखियो प्राविधिक समस्या

विराटनगर । सामाजिक सञ्जाल फेसबुकमा प्राविधिक समस्या देखिएको छ । आज दिउँसो करिब १ः३० बजेदेखि प्राविधिक समस्या देखिएको हो । डेक्स्टपबाट लगइन गर्दा खाता हाल उपलब्ध छैन भन्ने सन्देश देखिन्छ । ‘साइटमा देखिएको समस्याका कारण तपाईंको खाता अहिले उपलब्ध छैन । यो समस्या छिट्टै समाधान हुने अपेक्षा गरिएको छ । कृपया केही मिनेटपछि पुनः प्रयास गर्नुहोस्’, लगइन गर्दा यस्तो देखाएको छ । यो समस्या सबै प्रयोगकर्ता...
विश्वकप फाइनल एनटिभी प्लसबाट निःशुल्क हेर्न पाइने

विश्वकप फाइनल एनटिभी प्लसबाट निःशुल्क हेर्न पाइने

विराटनगर । फिफा विश्वकप २०२६ को फाइनल खेल एनटिभी प्लसबाट निःशुल्क हेर्न पाइने भएको छ । सोमबार बिहान १२ः४५ बजेबाट सुरु हुने फाइनल खेल एनटिभी प्लसबाट निःशुल्क हेर्न पाइने सञ्चार तथा सूचना प्रविधि मन्त्री बिक्रम तिमिल्सिनाले जनाएका छन् । विश्वकपको फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दैछन् । मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जाल फेसबुकमार्फत एनटिभी प्लसले निःशुल्क खेलको प्रत्यक्ष प्रसारण गर्ने बताएका हु...
विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दै, कसले जित्ला उपाधि ?

विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दै, कसले जित्ला उपाधि ?

विराटनगर । फिफा विश्वकप २०२६ को उपाधि भिडन्तमा भरेराति अर्जेन्टिना र स्पेन आमनेसामने हुँदैछन् । अमेरिकाको न्यु जर्सीस्थित मेट लाइफ स्टेडियममा हुने फाइनल खेल राति १२ः४५ बजे सुरु हुनेछ । लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना पुनः विश्वकप उपाधि जित्ने लक्ष्यमा छ । अर्जेन्टिनाले यसअघि सन् १९७८, १९८६ र २०२२ मा विश्वकप जितेको थियो । यता कप्तान रोड्रीको नेतृत्वमा रहेको स्पेन १६ वर्षपछि फेरि विश्व...
कोशी सरकारले गठन गरेको प्रदेश सञ्चार प्रतिष्ठानमा दलित पत्रकारलाई उपेक्षा गरिएको भन्दै आपत्ति

कोशी सरकारले गठन गरेको प्रदेश सञ्चार प्रतिष्ठानमा दलित पत्रकारलाई उपेक्षा गरिएको भन्दै आपत्ति

विराटनगर । राष्ट्रिय दलित पत्रकार संघ, नेपालले कोशी प्रदेश सरकारले गठन गरेको प्रदेश सञ्चार प्रतिष्ठानमा दलित समुदायका पत्रकारलाई पूर्णरूपमा उपेक्षा गरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ । संघले आज जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको संविधानले परिकल्पना गरेको समानुपातिक समावेशिता, सामाजिक न्याय र समान अवसरको भावना विपरीत कोशी प्रदेश सरकारले २०८२ असार २८ गते गठन गरेको प्रदेश सञ्चार प्रतिष्ठा...
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार नौ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ८२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला चार हजार दुई सय ४० रुपैयाँमा कारोबार ...
प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै नेपाल टेलिकमको टावरमा चढेपछि…

प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै नेपाल टेलिकमको टावरमा चढेपछि…

सर्लाही । सर्लाहीको मलंगवामा एक युवक प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका छन् । गोडैता नगरपालिका-९ बकैनियाका अन्दाजी २४ वर्षीय अफसर आलम हुसेन आज बिहान मलंगवा नगरपालिका-९ स्थित नेपाल टेलिकम कार्यालय परिसरभित्रको टावरमा चढेका हुन् । टावरमा पुगेपछि हुसेनले आफ्ना एक साथीलाई फोन गरी आफू माथि रहेको जानकारी दिएका थिए । त्यसपछि घटनाबारे प्रहरीलाई खबर पुग...
खोटाङमा बाढीले बगाउँदा २ जनाको मृत्यु

खोटाङमा बाढीले बगाउँदा २ जनाको मृत्यु

खोटाङ । खोटाङमा खहरे खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । शनिबार साँझ आएको बाढीले बगाउँदा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-६ नेर्पाकी ४३ वर्षीया शान्ता राई र केपिलासगढी गाउँपालिका-४ बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियारको मृत्यु भएको हो । प्रहरीका अनुसार राईलाई स्थानीय छाँगे खोलाले बगाएको थियो । आफन्तको घरमा गएकी उनी फर्किन ढिलो भएपछि खोज्ने क्रममा खोलामा मृत फेला परेकी हुन् । ...
कोलकाता बन्दरगाहबाट विराटनगरसम्म कार्गो रेलमार्फत ढुवानी सुरु

कोलकाता बन्दरगाहबाट विराटनगरसम्म कार्गो रेलमार्फत ढुवानी सुरु

विराटनगर । भारतको कोलकाता बन्दरगाहबाट पहिलोपटक विराटनगरसम्म कार्गो रेलमार्फत मालसामान ढुवानी सुरु भएको छ । शुक्रबार कोलकाताबाट प्रस्थान गरेको कच्चा पदार्थ बोकेको रेल आज विराटनगर आइपुग्ने भएकाे हाे । नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने सामान अब भारतीय रेलमार्फत सिधै विराटनगर भन्सार कार्यालयसम्म ल्याउन सकिने व्यवस्था कार्यान्वयनमा आएकाे छ । पहिलो चरणमा स्वस्तिक आयल इन्डस्...
रोटरी क्लब विराटनगर मिडटाउनद्वारा सुत्केरीलाई फलफूलसहित विभिन्न सामग्री वितरण

रोटरी क्लब विराटनगर मिडटाउनद्वारा सुत्केरीलाई फलफूलसहित विभिन्न सामग्री वितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर मिडटाउनले कोशी अस्पतालका बिरामीहरूलाई फलफूलसहित विभिन्न सामग्री वितरण गरेको छ । अस्पतालको प्रसुती वार्डमा सुत्केरी गराउन आएका र सुत्केरी भएकाहरूलाई आज फलफूल, मच्छडदानी, सेनटरी प्याड, वेवी डाइपर लगायत वितरण गरिएको हो । सुत्केरी र नवजात शिशुको स्वास्थ्यलाई ध्यान दिँदै विभिन्न सामग्री वितरण गरिएको रोटरी क्लब अफ विराटनगर मिडटाउनका प्रतिनिधि एवं समाजसेवी प्रदिप अग्र...
धम्की पीडित पत्रकार बराइलीलाई न्यायिक प्रक्रियाका लागि इन्सेकको सहयोग

धम्की पीडित पत्रकार बराइलीलाई न्यायिक प्रक्रियाका लागि इन्सेकको सहयोग

धनकुटा । धनकुटाका पत्रकार गोपाल बराइलीलाई इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले आर्थिक सहयोग प्रदान गरेको छ । उनलाई आज इन्सेकले ७ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेको हो । महालक्ष्मी नगरपालिका-७ आन्द्रुङका पर्शु कार्कीले समाचारको विषयलाई लिएर गत असार ४ गते भौतिक आक्रमणको धम्की दिएपछि पीडित भएका पत्रकार बराइलीलाई न्यायिक प्रक्रियाका लागि सहयोग गरिएको इन्सेकले जनाएको छ । इन्सेकले स्थापना गरेको ...
धनकुटा कारागार : ३५ जनाको क्षमता, चार गुणा बढी कैदीबन्दी

धनकुटा कारागार : ३५ जनाको क्षमता, चार गुणा बढी कैदीबन्दी

धनकुटा । धनकुटा कारागारमा क्षमताभन्दा झण्डै चार गुणा बढी कैदीबन्दी रहेका पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गरेको अनुगमनका क्रममा क्षमताभन्दा बढी कैदीबन्दी रहेका पाइएको हो । इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलको नेतृत्वमा गएको टोलीले कारागार र जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा कैदीबन्दीहरूको आधारभूत मानव अधिकार, स्वास्थ्य,...
हङकङमा बाथरुमभित्रै लडेर देउवाको दायाँ हात भाँचियो

हङकङमा बाथरुमभित्रै लडेर देउवाको दायाँ हात भाँचियो

विराटनगर । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लडेर घाइते भएका छन् । हङकङमा केही दिनअघि बाथरुममा लडेर देउवा घाइते भएका हुन् । पूर्वप्रधानमन्त्री देउवानिकटका अनुसार देउवा उपचारपछि त्यहाँको स्थानीय अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । पछिल्लो समय हङकङमा बस्दै आएका देउवा बेलाबेला पत्नी पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका साथ हिँड्दै गरेको भिडियो सार्वजनिक हु...
कोशी ब्यारेजमा पानीको सतह बढेपछि बालियो रातो बत्ती

कोशी ब्यारेजमा पानीको सतह बढेपछि बालियो रातो बत्ती

सुनसरी । सप्तकोशी नदीमा पानीको सतह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको छ । पानीको प्रवाह प्रतिसेकेन्ड एक लाख ५१ हजार १९५ क्युसेक पुगेको छ भने ब्यारेजका २० वटा ढोका खोलिएका छन् । कोशीमा जलप्रवाह प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेक पुगेपछि उच्च सतर्कताको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखको टोलील...
काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा संखुवासभाका शेर्पाको मृत्यु

काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा संखुवासभाका शेर्पाको मृत्यु

काठमाडौं । काठमाडौंको कपन स्थित भृकुटीचोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सङ्खुवासभाको मकालु गाउँपालिका घर भएर काठमाडौं बस्दै आएका २४ वर्षीय कुसान शेर्पाको मृत्यु भएको हो । गएराति फैकाबाट तीनचुलीतर्फ जाँदै गरेको बागमती प्रदेश-०२-०१४ प ३५६२ नम्बरको मोटरसाइकलसँग शेर्पाले चलाएको बा ८७ प ६३४७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा घाइते भएका शेर्पालाई उपचारक...
अब सरकारी जागिरबाट पेन्सन पाएकाहरूले करारमा काम गर्न नपाउने

अब सरकारी जागिरबाट पेन्सन पाएकाहरूले करारमा काम गर्न नपाउने

काठमाडौं । अब सरकारी जागिरबाट पेन्सन पकाएका कर्मचारीहरूले फेरि करारमा काम गर्न नपाउने भएका छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै निकायमा परिपत्र जारी गर्दै यस्तो जनाएको हो । कुनै पनि सरकारी सेवाबाट अवकाश प्राप्त गरी उपदान प्राप्त गरिसकेका वा हाल निवृत्तिभरण  पाइरहेका करारका कर्मचारीहरूलाई २०८३ साउन १ गतेदेखि सेवा निरन्तरता नदिने निर्णय भएको पत्रमा उल्...
मोरङको केराबारीमा बाटो क्रस गर्ने क्रममा टिपरको ठक्करबाट वृद्धाको मृत्यु

मोरङको केराबारीमा बाटो क्रस गर्ने क्रममा टिपरको ठक्करबाट वृद्धाको मृत्यु

विराटनगर । मोरङको केराबारी गाउँपालिका-५ शान्ति चोकमा टिपरले ठक्कर दिँदा वृद्धाको मृत्यु भएको छ । आज बिहान करिब ८ः५० बजे टिपरले ठक्कर दिँदा सोही स्थानकी ७० वर्षीया विष्णुमाया मगरको मृत्यु भएको हो । बालुवा लोड गरेर केराबारीबाट धरानतर्फ जाँदै गरेको को १ ख ६७९० नम्बरको टिपरले मगरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएकी वृद्धालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वा...
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार एक सय रुपैयाँ घटेको हो । आज सुन प्रतितोला दुई लाख ८२ हजार एक सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला एक सय २५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला चार हजार दुई सय रुपैयाँमा कारोबा...
धनकुटाको गोठगाउँमा पुरुष मृत फेला

धनकुटाको गोठगाउँमा पुरुष मृत फेला

धनकुटा । धनकुटा नगरपालिका-६ स्थित गोठगाउँमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । आज दिउँसो करिब २ बजे सोही स्थानका अन्दाजी ४४ वर्षीय भरत भनिने प्रेम न्यौपाने मृत भेटिएका हुन् । धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारीका अनुसार न्यौपानेको शव गोठगाउँस्थित खोल्सीमा भेटिएको हो । शवलाई कानुनी प्रक्रिया पूरा गरेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । प्रहरीका अनुसार उनी २/३ दिनदेखि बे...
धनकुटामा ४० लाखको घडेरी ४० हजारमा पास, लेखापढी व्यवसायीविरुद्ध प्रशासनमा उजुरी

धनकुटामा ४० लाखको घडेरी ४० हजारमा पास, लेखापढी व्यवसायीविरुद्ध प्रशासनमा उजुरी

धनकुटा । धनकुटामा करिब ४० लाख रुपैयाँ पर्ने घडेरी एक लेखापढी व्यवसायीले ४० हजार रुपैयाँमा राजीनामा पास गराएको आरोपमा बुधबार जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । विराटनगर महानगरपालिका-४ का ४४ वर्षीय महेश रायले मालपोत कार्यालय धनकुटाका लेखापढी व्यवसायी पुष्पराज कटुवालविरुद्ध उजुरी दिएका हुन् । उनले कटुवालमाथि छानबिन र कानुनी कारबाहीको माग गरेका छन् । निवेदन अनुसार, धेरै वर्षदेखि मालपोत नतिर...
अबदेखि सवारीचालक अनुमतिपत्रको राजस्व अनलाइनबाटै भुक्तानी गर्न सकिने

अबदेखि सवारीचालक अनुमतिपत्रको राजस्व अनलाइनबाटै भुक्तानी गर्न सकिने

काठमाडौं । अबदेखि अनलाइनमार्फत नै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन तथा नवीकरण गर्न चाहने सेवाग्राहीले राजस्व भुक्तानी गर्न सक्ने भएका छन् । यातायात व्यवस्था विभागले भोलिदेखि लागुहुनेगरि लाइसेन्ससम्बन्धी अनलाइन प्रणालीमा राजस्व भुक्तानीको सुविधा थपेको हो । विभागका अनुसार हालसम्म सेवाग्राहीले अनलाइनबाट आवेदन फाराम मात्र भर्न सक्ने व्यवस्था रहेकामा अब राजस्वसमेत सोही प्रणालीबाट तिर्न मिल्ने भएक...
कोशीमा एमालेसँगको गठबन्धन तोड्ने काँग्रेसको निर्णय, मन्त्री फिर्ता बोलाउने निर्णय हुन बाँकी

कोशीमा एमालेसँगको गठबन्धन तोड्ने काँग्रेसको निर्णय, मन्त्री फिर्ता बोलाउने निर्णय हुन बाँकी

विराटनगर । कोशी प्रदेशमा नेकपा एमालेसँगको सत्ता साझेदारी अन्त्य गर्ने नेपाली काँग्रेसले निर्णय गरेको छ । विराटनगरमा आज बसेको काँग्रेस कोशी प्रदेश कार्यदलको बैठकले एमालेसँगको सत्ता साझेदारी अन्त्य गर्ने निर्णय गरेको हो । कोशीमा काँग्रेस र नेकपा एमालेको सत्ता गठबन्धन छ । काँग्रेस कोशी प्रदेश सभापति उद्धव थापाका अनुसार सत्ता गठबन्धनलाई अव निरन्तरता नदिने निर्णय भएको छ । सरकारमा रहेका मन्त्रीहरूला...
विराटनगरको नोबेल अस्पताल छेउको सुकुम्बासी बस्ती तत्काल नहटाइने

विराटनगरको नोबेल अस्पताल छेउको सुकुम्बासी बस्ती तत्काल नहटाइने

विराटनगर । विराटनगर महानगरपालिका-४ नोबेल अस्पताल नजिकको नहर किनार क्षेत्रको सुकुम्बासी बस्ती तत्काल नहटाइने भएको छ । विगत ४५ वर्षदेखि बसोबास गर्दै आएका करिब ६५ घरधुरी तत्काल नहटाइने भएको हो । जिल्ला प्रशासन कार्यालय, विभिन्न सरोकारवाला निकाय, स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित पक्षहरूसँग भएको विस्तृत छलफल र समन्वयपछि हालका लागि बस्ती हटाउने कार्य स्थगित भएको मोरङ-६ की सांसद रुविना आचार्यले जनाएक...
धान रोपिरहेको बेला चट्याङ पर्दा सात जना महिला घाइते

धान रोपिरहेको बेला चट्याङ पर्दा सात जना महिला घाइते

पर्सा । पर्साको पकहामैनपुर गाउँपालिका-१ धोरेस्थित सिधौलिया जाने सीमावर्ती क्षेत्रमा धान रोपिरहेको बेला चट्याङ पर्दा सात जना महिला घाइते भएका छन् । वर्षासँगै परेको चट्याङका कारण सोही स्थानकी अन्दाजी ५५ वर्षीया शान्तिदेवी सहनी, ५५ वर्षीया राधिका देवी सहनी र ५५ वर्षीया रिता देवी सहनी घाइते भएका छन् । यस्तै ५२ वर्षीया कुश्मी देवी सहनी, ४२ वर्षीया सन्ध्या देवी, ३५ वर्षीया प्रमिला सहनी  र ३५ वर्षीय...
कोशी प्रदेशमा ५५ प्रतिशत धान रोपाइँ, धनकुटामा सबैभन्दा कम

कोशी प्रदेशमा ५५ प्रतिशत धान रोपाइँ, धनकुटामा सबैभन्दा कम

विराटनगर । कोशी प्रदेशमा कुल धान खेतीयोग्य क्षेत्रफलमध्ये ५४.८६ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय कोशी प्रदेशका अनुसार प्रदेशभर धान खेती हुने कुल २ लाख ७६ हजार ३८६.७२ हेक्टर क्षेत्रफलमध्ये १ लाख ५१ हजार ६१९.३० हेक्टर क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको हो । जिल्लागत रूपमा सबैभन्दा बढी भोजपुरमा ७५ प्रतिशत धान रोपाइँ भएको छ भने धनकुटामा सबैभन्दा कम २८ प्रतिशत मात्...
गोल्डेन बुटको होडमा एमबाप्पेलाई पछि पार्दै मेसी शीर्ष स्थानमा

गोल्डेन बुटको होडमा एमबाप्पेलाई पछि पार्दै मेसी शीर्ष स्थानमा

विराटनगर । विश्वका चर्चित फुटबलर एवं अर्जेन्टिनाका कप्तान लियोनल मेसी फिफा विश्वकपको गोल्डेन बुट प्राप्त गर्ने दौडको शीर्ष स्थानमा उक्लिएका छन् । बिहीबार बिहान अमेरिकाको एटलान्टामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इंग्ल्याण्डविरुद्ध २-१ को रोमाञ्चक पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश गर्दा ३९ वर्षीय मेसीले आफ्नो जादुमयी प्रदर्शनलाई निरन्तरता दिएका हुन् । उक्त खेलमा आफैँले गोल गर्न न...
पार्किङमा राखिएको ट्याक्टर गुड्दा ७ वर्षीय बालकको मृत्यु

पार्किङमा राखिएको ट्याक्टर गुड्दा ७ वर्षीय बालकको मृत्यु

प्युठान । प्युठानको नौबहिनी गाउँपालिका-५ डामृमा पार्किङमा राखिएको ट्याक्टर आफैँ गुड्दा ७ वर्षीय बालकको मृत्यु भएको छ । अर्का एक बालक घाइते भएका छन् । प्रहरीका अनुसार बुधबार पार्किङमा रोकेर राखिएको भे २ त २०१९ नम्बरको ट्याक्टरमा दुई बालक खेलिरहेका थिए । सोही बेला ट्याक्टर एक्कासि ब्याक भएर करिब ४०० मिटर तल खसेको थियो । दुर्घटनामा स्थानीय गंगा घर्ती मगरका ७ वर्षीय छोरा कुण्डन घर्ती गम्भीर घाइत...
error: Content is protected !!