आज राति कोशी र बागमती प्रदेशका केही स्थानमा अति भारी वर्षाको सम्भावना
विराटनगर । आज राति कोशी र बागमती प्रदेशका केही स्थानमा अति भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार भारी देखि अति भारी वर्षाको सम्भावना देखिएको हो ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थान तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागको एक/दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ...




























