
धनकुटा । धनकुटाबाट प्रहरीले एक नाल बेवारिसे भरुवा बन्दुक बरामद गरेको छ । गस्तीमा खटिएको प्रहरी टोलीले आज बिहान करिब १०ः२० बजे भरुवा बन्दुक बरामद गरेको हो ।
साँगुरीगढी गाउँपालिका-८ हर्चुवा स्थित खहरे खोल्सीको ढुङ्गाको चेपबाट वेवारिसे भरुवा बन्दुक बरामद गरिएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारीले जानकारी दिए ।
बरामद बन्दुक जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ । बन्दुक कसले राखेको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

संगालोखबर 













