संगालोखबर


विराटनगर । उपभोक्ताको सहजताका लागि नेपाल आयल निगम कोशी प्रादेशिक कार्यालयले दैनिक कुन डिलरमा कति ग्यास सिलिण्डर जाँदैछ भन्ने विवरण सार्वजनिक गर्न थालेको छ । बजारमा ग्यासको अभाव भएको र लामो लाइन बस्नुपर्ने अवस्था आएपछि कार्यालयले दैनिक विवरण सार्वजनिक गर्न थालेको हो ।

जसबाट उपभोक्तालाई पूर्व जानकारी हुनका साथै सहजै ग्यास पाउने वातावरण सिर्जना हुने देखिएको छ । यस्तै कालोबजारी र अनियमितता न्यूनिकरण हुने अपेक्षा निगमको छ ।

निगमका अनुसार आज कोशी प्रदेशका विभिन्न पाँचवटा ग्यास उद्योगहरूले कुल २६ हजार ३ सय ८९ सिलिण्डर ग्यास डिलरमा पठाउने छन् ।

निगमको विवरण अनुसार कोशी ग्यास उद्योगले १३ हजार २ सय ३० सिलिण्डर डिलरमा पठाएको छ । कोशीले झापा, मोरङ, सुनसरी, इलाम र धनकुटाका विभिन्न डिलरहरूमा ग्यास पठाइएको हो ।

यस्तै मारुती ग्यास उद्योगले ५ हजार ५ सय ५४ सिलिण्डर ग्यास इटहरी, झुम्का, विराटनगर, दमक लगायतका क्षेत्रका डिलरमा पठाउँदै छ । प्रिमा ग्यास उद्योगले ३ हजार ९ सय ८२ सिलिण्डर तथा सुगम ग्यासले २ हजार २५३ र रिजालको ग्यासले १ हजार ३ सय ७० सिलिण्डर ग्यास डिलरमा पठाएको छ ।

यी उद्योगहरूले मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर र धनकुटाका विभिन्न स्थानमा आफ्ना डिलरहरूमार्फत ग्यास उपलब्ध गराउनेछन् । निगमले विवरण सार्वजनिक गर्न थालेसँगै ग्यास लुकाउने र कालोबजारी गर्ने सम्भावना कम देखिएको छ ।

कुन डिलरमा कति सिलिण्डर ग्यास उपलब्ध हुँदैछ भन्ने थाहा पाउन (यहाँ) क्लिक गर्नुहोस् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!