संगालोखबर


विराटनगर । कोशी प्रदेशमा सत्ता समीकरण बदलिने निश्चित भएसँगै प्रदेश सरकारबाट नेपाली काँग्रेसका मन्त्री र राज्यमन्त्रीले राजीनामा दिने भएका छन् ।

सरकारमा सहभागी काँग्रेसका चार जना मन्त्री र एक जना राज्यमन्त्रीले आजै राजीनामा दिने तयारी गरेका हुन् ।

नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापाले मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेका छन् । काँग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङका अनुसार मन्त्रीहरूले आजै मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय स्तरको सत्ता गठबन्धन र शक्ति सन्तुलन अनुसार कोशी प्रदेशमा पनि सरकार पुनर्गठन गर्न स्पष्ट निर्देशन दिएपछि सरकार फेरबदलको प्रक्रिया सुरु भएको हो ।

एमाले र काँग्रेसबीच नयाँ सहमति बनेसँगै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारको नेतृत्व निरन्तरता वा पुनर्गठनका लागि बाटो खुला गर्ने कसरत भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!