पर्खालले किच्दा नाबालिकाको मृत्यु

पर्खालले किच्दा नाबालिकाको मृत्यु

विराटनगर । मोरङको रङ्गेली नगरपालिका-८ निचामारीमा पर्खालले किचेर नाबालिकाको मृत्यु भएको छ । हिजो साँझ कसरलाल ताजपुरियाकी दुई वर्षीया छोरी शोभालाई पर्खालले किचेको थियो । आफ्नै घरमा इँटाबाट बनेको मन्दिरको पर्खाल भत्किएर किच्दा नाबालिका घाइते भएकी थिइन् । घाइते उनलाई उपचारका लागि रङ्गेली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय रङ्गेलीले थप अनुसन्धान ...
मोरङ प्रहरीद्वारा जुवा खालमा छापा, २० जना पक्राउ

मोरङ प्रहरीद्वारा जुवा खालमा छापा, २० जना पक्राउ

विराटनगर । मोरङ प्रहरीले जुवा खेलिरहेको अवस्थामा २० जनालाई पक्राउ गरेको छ । गएराति विराटनगर र कटहरीको जुवा खालबाट २० जनालाई पक्राउ गरिएको हो । विराटनगर-६ भट्टी मोडबाट विशाल देवान राईको घरमा तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । उनीहरूलाई गएराति ११ः३० बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीले जानकारी दिए । विराटनगर-२ का ३६ वर्ष...
सुदूरपश्चिमले जित्यो वाइवाइ यू-१९ राष्ट्रिय क्रिकेटको उपाधि

सुदूरपश्चिमले जित्यो वाइवाइ यू-१९ राष्ट्रिय क्रिकेटको उपाधि

विराटनगर । विराटनगरमा सञ्चालित नरेश श्रेष्ठ मेमोरियल वाइवाइ पुरुष यू-१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा बुधबार भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्दै साबिक विजेता सुदूरपश्चिमले उपाधि जितको हो । यस अघि २०२२ मा पनि सुदूरपश्चिमले उपाधि जितेको थियो । त्यतिबेला र अहिले संयोगले फाइनलमा लुम्बिन...
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै 

छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै 

विराटनगर । सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै छ । छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यको पूजा आराधना गरेर अर्घ दिने गरिन्छ । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिपूर्वक छठ पर्वको समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिन्छन् । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाउने गरिन्छ । कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाने गरिन...
यू-१९ राष्ट्रिय क्रिकेट : कर्णाली र सुदूरपश्चिम विजयी

यू-१९ राष्ट्रिय क्रिकेट : कर्णाली र सुदूरपश्चिम विजयी

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाई पुरुष यू-१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । आज बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा कर्णालीले मधेश प्रदेशलाई ४७ रनले पराजित पहिलो जित हात पारेको छ । टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ४५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ३३ रनको योगफल बनायो । मधेशले २७ दशमलव २ बलमा ...
पाँचथरमा जुवा खालबाट तीन जना पक्राउ

पाँचथरमा जुवा खालबाट तीन जना पक्राउ

पाँचथर । पाँचथरमा जुवा खेलिरहेको अवस्थामा तीन जना पक्राउ परेका छन् । फिदिम नगरपालिका-२ पल्लोटारबाट प्रहरीले कौडा र नगदसहित तीन जनालाई नियन्त्रणमा लिएको हो । जुवा खेलिरहेको अवस्थामा ५६ वर्षीय खेम अधिकारी, ३१ वर्षीय मदन अधिकारी र ४० वर्षीय हिमाल नेम्वाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । गएराति पक्राउ परेका उनीहरूको साथबाट ६० हजार नगद र १६ थान कौडा बरामद भएको जिल्ला प्रहरी कार्यालय पाँचथ...
भाइटीकाको उत्तम साइत ११ः३७ बजे

भाइटीकाको उत्तम साइत ११ः३७ बजे

विराटनगर । तिहारको महत्वपूर्ण दिन आज दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाएर भाइटीका मनाउने गर्छन् । टीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटलाई तोकिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । दिदीबहिनीले टीका लगाइदिएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने चलन छ । दिदीबहिनील...
यू-१९ राष्ट्रिय क्रिकेट : कोशी र सुदूरपश्चिम विजयी 

यू-१९ राष्ट्रिय क्रिकेट : कोशी र सुदूरपश्चिम विजयी 

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाई पुरुष यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । आज बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा  सुदूरपश्चिमले मधेश प्रदेशलाई ११ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४२ ओभरमा सबै विकेट गुमाउँदै एक सय १९ रनको झिनो योगफल बनाएको थियो । मधेशले ४३ दशमलव ४ ओभरमा सबै व...
यू-१९ राष्ट्रिय क्रिकेटमा लुम्बिनी र सुदूरपश्चिम विजयी   

यू-१९ राष्ट्रिय क्रिकेटमा लुम्बिनी र सुदूरपश्चिम विजयी   

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाई पुरुष यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी र सुदूरपश्चिम प्रदेश विजयी  भएका छन् । बिहीबार बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गरेको हो ।   टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरमा ३६.५ बलमा सबै विकेट गुमाएर एक सय दुई रन बनाएको थियो । सुदूरपश्चिमले...
सुनको मूल्यमा दिनहुँ नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?

सुनको मूल्यमा दिनहुँ नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?

विराटनगर । आज सनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा एक हजार रुपैयाँ बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । आज सुन तोलामा एक लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो सुन तोलामा एक लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने घटेको छ । आज १० रुपैयाँले घटेर चाँदी तोलामा दुई हजार ९० रुपैयाँमा कारो...
बर्जुबाट दुई सय ९५ किलो गाँजासहित एक जना पक्राउ

बर्जुबाट दुई सय ९५ किलो गाँजासहित एक जना पक्राउ

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका-४ बाट गाँजासहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दुहबी र इलाका प्रहरी कार्यालय साहेबगंजबाट खटिएको प्रहरी टोलीले २० वर्षीय शङ्कर मण्डललाई पक्राउ गरेको हो । उनलाई दुई सय ९५ किलो गाँजासहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनका सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
सङ्खुवासभामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

सङ्खुवासभामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

संखुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका-५ मा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा टिपर चालक ५७ वर्षीय शैलेन्द्र प्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक महमदको मृत्यु भएको हो । हिजो साँझ अरुण तेस्रो जलविद्युत परियोजनाको ड्याम साइटमा काम सकेर फर्किने क्रममा एचपी ११-४९३३ नम्बरको भल्भो टिपर दुर्घटना भएको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । दुर्घटनामा २८ वर्षीय योगे...
आज एकैदिन कुकुर तिहार र लक्ष्मीपूजा

आज एकैदिन कुकुर तिहार र लक्ष्मीपूजा

विराटनगर । तिहारको तेस्रो दिन आज कुकुर पुजा र लक्ष्मी पूजा गरिदै छ । तिथिको घटबढका कारण आज एकैदिन कुकुर तिहार र लक्ष्मीपूजा परेको हो । दशैँपछि नेपालीहरूको दोस्रो ठूलो चाड तिहार हो । यमपञ्चक अर्थात् दीपावली पनि भनिने यो चाडमा कुकुर तिहार दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण आज तेस्रो दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका अनुसार आज बिहान कुकुर पूजा गरेर ब...
यू-१९ राष्ट्रिय क्रिकेटः लुम्बिनी र गण्डकी विजयी

यू-१९ राष्ट्रिय क्रिकेटः लुम्बिनी र गण्डकी विजयी

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाई पुरुष यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी र गण्डकी प्रदेश विजयी भएका छन् । बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा बुधबार भएको खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गरेको हो । टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ३७ दशमलव ३ बलमा सबै विकेट गुमाई ९९ रनको झिनो योगफल बनायो । कर्णालीका अरविन्द...
च्याउ फर्ममा लागेको आगो तीन घण्टापछि नियन्त्रण

च्याउ फर्ममा लागेको आगो तीन घण्टापछि नियन्त्रण

धनकुटा । धनकुटा नगरपालिका-६ पात्लेखोलास्थित च्याउ फर्ममा लागेको आगो नियन्त्रण भएको छ । आज अपरान्ह करिब ४ बजेबाट सुरु भएको आगलागी साँझ करिब ७ बजे नियन्त्रणमा आएको हो । आगो निभाउन दमकल, प्रहरी र स्थानीयवासीलाई तीन घण्टा लागेको थियो । कमल राईले सो च्याउ फर्म सञ्चालन गरेका हुन् । च्याउ खेतीका लागि राखिएको परालमा धेरै क्षति पुगेको छ । आगलागीबाट करिब ५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको...
साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग नेपाल पराजित

साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग नेपाल पराजित

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा बंगलादेशसँग नेपाल पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज साँझ भएको फाइनल खेलमा बंगलादेशसँग नेपाल २-१ गोल अन्तरले पराजित भएको हो । नेपालका लागि अमिषा कार्कीले गोल गरेकी थिइन् । बंगलादेशका लागि ऋतु चक्मा र मोनिका चक्माले गोल गर्दै टिमलाई उपाधि दिलाएका हुन् । योसँगै नेपाल साफको फाइनलमा छैटौँ पटक पराजित भएको हो । २०२२ मा पनि बंगलादेशसँग नेपाल ३-१ ग...
पात्लेखोलाको च्याउ फर्ममा आगलागी

पात्लेखोलाको च्याउ फर्ममा आगलागी

धनकुटा । धनकुटा नगरपालिका-६ पात्लेखोलास्थित च्याउ फर्ममा आगलागी भएको छ । कमल राईले सञ्चालन गरेको फर्ममा आज अपरान्ह करिब ४ बजेबाट आगलागी सुरु भएको हो । धनकुटा नगरपालिकाको दमकलको सहायतामा प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणको प्रयास गरिरहेको धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए । ‘दुई वटा दमकलसहित प्रहरी र स्थानीयवासी आगो नियन्त्रणमा खटिएका छन्,’ प्रहरी निरीक्षक खड्काले संगालोखबर...
पाख्रीवासमा पहिरोका कारण परिवार गुमाएकालाई एमालेद्वारा एक लाख सहयोग

पाख्रीवासमा पहिरोका कारण परिवार गुमाएकालाई एमालेद्वारा एक लाख सहयोग

धनकुटा । पहिरोमा परेर परिवारका सदस्य गुमाएका धनकुटाको पाख्रीवास नगरपालिका-५ गुराँसेका सन्तोष तामाङको परिवारलाई नेकपा एमालेले आर्थिक सहयोग गरेको छ । एमाले पाख्रीवास नगर सङ्गठन कमिटीले मङ्गलबार तामाङको परिवारलाई १ लाख ११ हजार १११ रुपैयाँ सहयोग प्रदान गरेको हो । एमाले नेताहरूले तामाङको घरमै पुगेर मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहयोग रकम प्रदान गरेका छन् । एमाले केन्द्रिय सदस्य एवं धनकुटा इन्चा...
आज काग तिहार मनाइँदै

आज काग तिहार मनाइँदै

विराटनगर । आज काग तिहार पर्व मनाइदैछ । यमराजको दूत मानिने कागलाई मीठो खानेकुरा दिएर काग तिहार मनाउने गरिन्छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने विश्वासका आधारमा कागलाई यमदूत भन्ने गरिन्छ । यमराजसमक्ष कागले राम्रो खबर लगिदियोस् भनेर कागलाई पूजा गरी खान दिई खुसी पार्ने चलन छ । काग घर छेउमा आएर कराउँदा केही खबर ल्याएको भन्ने मान्यता छ । तिथिको घटबढका कारण यसवर्ष सायंकालमा कात्तिक कृष्ण ...
यु १९ राष्ट्रिय क्रिकेटः सुदूरपश्चिम र मधेश प्रदेशलाई सफलता

यु १९ राष्ट्रिय क्रिकेटः सुदूरपश्चिम र मधेश प्रदेशलाई सफलता

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाई पुरुष यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र मधेश प्रदेश विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत आज बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ३० दशमलव ५ बलमा सबै विकेट गुमाई ७४ रनको झिनो योगफल बनायो ...
विराटनगरको बरगाछी-रानी सडक सिँगार्न बैङ्कहरूले दिए २२ लाख, अझै उठ्दै

विराटनगरको बरगाछी-रानी सडक सिँगार्न बैङ्कहरूले दिए २२ लाख, अझै उठ्दै

विराटनगर । विराटनगरको बरगाछी-रानी सडक सौन्दर्यकरणका लागि बैंक तथा वित्तीय संस्थाहरूले २२ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन् । अझै रकम उठ्ने क्रम जारी छ । आज पनि हिमालयन बैंकले दुई लाख सहयोग गरेको छ । बैंकको प्रदेश कार्यालयको तर्फबाट प्रदेश प्रमुख सन्तोष पराजुलीले विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीलाई चेक प्रदान गरेका हुन् । सो परियोजनाका लागि हालसम्म १३ वटा बैंक तथा वि...
विराटनगरमा मंसिर २२ गते काँग्रेसको प्रदेश सम्मेलन हुने

विराटनगरमा मंसिर २२ गते काँग्रेसको प्रदेश सम्मेलन हुने

विराटनगर । नेपाली काँग्रेस कोशी प्रदेशको सम्मेलन आगामी मंसिर २२ गते विराटनगरमा हुने भएको छ । प्रदेश सभापति उद्धव थापाको अध्यक्षतामा आज बसेको काँग्रेस प्रदेश समितिको पूर्ण बैठकले केन्द्रीय सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो । सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन तयारीका लागि क्रमशः महामन्त्री भूपेन्द्र रा...
नेप्से उच्च अङ्कले बढ्यो  

नेप्से उच्च अङ्कले बढ्यो  

विराटनगर । सेयर बजार परिसूचक नेप्से उच्च अङ्कले बढेको छ । आज ४६ दशमलव ६९ अङ्कले बढेर नेप्से दुई हजार छ सय ९२.०५ विन्दुमा पुगेको छ । आज सबै समूहको सेयर बढे पनि विकास बैङ्कक, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको सेयर भने उच्च अङ्कले ओरालो लागेको छ । आज सप्तकोसी विकास बैङ्कक, सानिमा जीआईसी इन्सुरेन्स र कुथेली बुखारी हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । निफ्रा ऊर्जा ...
आफैँ निम्त्याउँदै जोखिम

आफैँ निम्त्याउँदै जोखिम

विराटनगर । मोटरसाइकल चालकले अनिवार्य हेलमेट लगाउनु पर्छ । यो आफ्नै सुरक्षाका लागि हो । तर विराटनगर-१८ आईसीपी क्षेत्रमा भने भारतीय र नेपाली दुवै नम्बर प्लेटका मोटरसाइकल चालकले हेलमेट लगाएको पाइँदैन । मोटरसाइकल चालक भन्सार एजेन्ट र कर्मचारी हुन् । उनीहरू फाइल चेकजाँच गराउन एक स्थानबाट अर्को स्थानमा जाँदा हेलमेट बिना नै मोटरसाइकल कुदाउँछन् । जुन दृष्य जिल्ला प्रहरी कार्यालय मोरङमा प्रमुख राजन लम्स...
दुई सय बिघा क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति 

दुई सय बिघा क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति 

झापा । झापामा रोगका कारण दुई सय बिघा क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति भएको छ । ‘डर्टी पेनिकल’ नामक रोगका कारण झापाका पाँच पालिकाको दुई सय बिघामा लगाइएको धानमा क्षति पुगेको हो । भद्रपुर, हल्दीबारी, बाह्रदशी, गौरादह र अर्जुनधाराका केही ठाउँमा यो रोग देखा परेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टका अनुसार यो रोगले धान उत्पादनमा ८० प्रतिशत ह्रास आउन सक्ने छ । रोगका कारण बाला निस्कने बेल...
खसीको भन्दै बाख्राको मासु बेचेपछि…

खसीको भन्दै बाख्राको मासु बेचेपछि…

सिरहा । सिरहाको लहानमा खसीको भनेर बाख्राको मासु बेचेको पाइएपछि जरिवाना गराइएको छ । लहान नगरपालिकाले गरेको बजार अनुगमनका क्रममा खसीको भन्दै बाख्राको मासु बेचेको पाइएको थियो । यसरी बाख्राको मासु बेच्नेलाई पाँच हजार जरिवाना गरिएको लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोले जानकारी दिए । ग्राहकको भीडभाड हुने लहान बर्गर हाउसले खानेतेल गुणस्तरहीन प्रयोग गरेको पाइएपछि  ११ हजार जरिवाना गरिएको उनले बताए ...
सुनको मूल्य अहिलेसम्मकै महङ्गो, तोलामा कति पुग्यो ?

सुनको मूल्य अहिलेसम्मकै महङ्गो, तोलामा कति पुग्यो ?

विराटनगर । आज सुनको मूल्यले नयाँ रेकर्ड बनाउन सफल भएको छ । दिनहुँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य अहिलेसम्मकै महङ्गो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा एक हजार पाँच सय रुपैयाँ बढेर सुनले नयाँ रेकर्ड कायम गरेको हो । आज सुन तोलामा एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । आइतबार सुनको मूल्य एक लाख ६७ हजार चार सय रुपैयाँ कायम भएको थियो । हिजो ...
राजारानीमा अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान फुटबल प्रतियोगिता हुँदै

राजारानीमा अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान फुटबल प्रतियोगिता हुँदै

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक संस्था हाम्रो राजारानी भेट्रानले राजारानीमा पत्रकार सम्मेलन गर्दै आगामी कात्तिक २७ गतेबाट प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो । स्वर्गीय ज्ञानबहादुर र बुद्धिमाया लिम्बूको स्मृतिमा चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल, भारत र यूकेको भेट्रा...
यु १९ राष्ट्रिय क्रिकेटः बागमती र लुम्बिनी विजयी

यु १९ राष्ट्रिय क्रिकेटः बागमती र लुम्बिनी विजयी

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई मेन्स यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती र लुम्बिनी प्रदेश विजयी भएका छन् । बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा सोमबार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई १ सय रनले पराजित गर्दै विजयी भएको हो । गण्डकीले टस जितेर पहिलो ब्याटिङको मौका बागमतीलाई दिएको थियो । बागमतीले ५० ओभरमा ५ विकेट गुमाउँदै २२९ बनायो । जसमा नटआउट हुँदै ...
विराटनगरमा अपाङ्गलाई कुटेर दुवै हात भाँचिदिने व्यक्ति पक्राउ

विराटनगरमा अपाङ्गलाई कुटेर दुवै हात भाँचिदिने व्यक्ति पक्राउ

विराटनगर । विराटनगरमा अपाङ्गता भएका व्यक्तिलाई कुटपिट गरी दुवै हात भाँचिदिने युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नम्बर ११ का २४ वर्षीय ‘बब’ भनिने राजकुमार सहनी छन् । प्रहरीका अनुसार उनले अपाङ्गता भएका व्यक्ति कैलाश कुमार गुरुङलाई गोल्डेन हस्पिटल नजिक निर्घात कुटपिट गरेका थिए । वेवारिसे अवस्थामा बस्दै आएका गुरुङ जन्मजात नै बोल्न र सुन्न सक्दैनन् । उनको साथ...
झापामा सयपत्री फूलको माग बढ्यो

झापामा सयपत्री फूलको माग बढ्यो

झापा । तिहार नजिकिएसँगै झापामा सयपत्री फूलको माग बढेको छ । झापामा व्यवसायिक फूल खेती गर्दै आएका कृषकहरूसँग उपभोक्ताले तिहार अगाडि नै फूलको माग गर्न थालेका छन् । बिर्तामोड नगरपालिका-९ की सुष्मा भण्डारी व्यवसायिक फूलखेती गर्दै आएकी छन् । उनले १० कठ्ठा जमिनमा फूल लगाएकी छिन् । तर वर्षाका कारण धेरै बिरुवा मरेका कारण सोचेजति फूल फुलाउन नसकिएको उनले बताइन् । उनले बजारमा फूलसँगै मालाको पनि माग धेरै भए...
error: Content is protected !!