विराटनगर । आज सुनको मूल्यले नयाँ रेकर्ड बनाउन सफल भएको छ । दिनहुँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य अहिलेसम्मकै महङ्गो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा एक हजार पाँच सय रुपैयाँ बढेर सुनले नयाँ रेकर्ड कायम गरेको हो ।
आज सुन तोलामा एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । आइतबार सुनको मूल्य एक लाख ६७ हजार चार सय रुपैयाँ कायम भएको थियो । हिजो सुन तोलामा एक लाख ६७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा दुई हजार एक सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । आज चाँदी तोलामा ४० रुपैयाँले बढेको हो । हिजो चाँदी तोलामा दुई हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।