उपनिर्वाचन : ग्रामथानमा १२ बजेसम्म नौ हजार ५३ मत खस्यो
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि जारी निर्वाचनमा मध्यान्ह १२ बजेसम्म ९ हजार ३५ मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल मतदाता मध्ये करिब ३५ प्रतिशत मतदान भएको हो ।
उक्त समयमा चार हजार सात सय २८ पुरुष र चार हजार तीन सय २५ महिलाले मतदान गरेका छन् । अहिलेसम्म सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको कार्यालयले जनाएको छ । ग्रामथानमा १२ मतदान स्...





























