संगालोखबर


विराटनगर । नेपाल प्रिमियर लिग (एनपिएल) को उद्‌घाटन खेलमा विराटनगर किङ्स पराजित भएको छ । किर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा जनकपुर वोल्ट्ससँग ८ विकेटले विराटनगर किङ्स पराजित भएको हो ।

विराटनगरले दिएको १ सय २८ रनको लक्ष्य जनकपुरले १५ ओभर ३ बलमा भेट्टायो । जनकपुरका लागि लाहिरु मिलान्थाले अविजित ७५ र हर्ष ठाकरले अविजित २९ रन बनाए ।

Advertisement

विराटनगरका क्रिस सोल र प्रतिश जिसीले समान एक/एक विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किङ्स १९ ओभरमा एक सय २७ रन बनाउँदा अलआउट भयो । विराटनगरका लागि मार्टिन गप्टिलले सर्वाधिक ५५ रन बनाए ।

जनकपुरका ललित राजवंशीले तीन विकेट लिए । यस्तै किशोर महतो र हर्ष ठाकरले दुई/दुई विकेट लिएका छन् । प्रतियोगितामा आठ टिमबीच प्रतिष्पर्धा हुँदैछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!