संगालोखबर


विराटनगर । यू–१९ एसिया कपमा पहिलो खेल श्रीलंकासँग खेलिरहेको नेपालले जितका लागि २३४ रनको लक्ष्य पाएको छ । युएईमा आजदेखि सुरु भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनायो ।

श्रीलंकाका सरुजन सनमुगनाथनले सर्वाधिक ६२ रन बनाउँदा लकविन अभेसिङ्गेले ५० रन बनाए भने कविजा गमागेले ३७ रन बनाए ।

Advertisement

नेपालका सन्तोष यादवले १० ओभरमा ४५ रन दिँदै ४ विकेट लिन सफल भए । युवराज खत्रीले २, कप्तान हेमन्त धामी र नरेन साउदले १/१ विकेट लिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!