विराटनगर । मोरङको रंगेली नगरपालिका-१ स्थित त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडालाई सरसफाइका लागि आवश्यक सामग्री प्रदान गरिएको छ । रंगेली नगरपालिका-२ स्थित लुथरन सामुदायिक कल्याणकारी समितिले १० हजार बराबरको ११ प्रकारका सामग्रीहरू प्रदान गरेको हो ।
डस्टबिन, हरपिक, फिनेल, साबुनलगायतका सामग्री विद्यालयलाई दिइएको समितिले जनाएको छ । विद्यालयका प्रधानाध्यापक केशरबहादुर बानियाँ तथा विद्यार्थीहरूले आगामी दिनमा समेत यसैगरी सहयोग गरिदिन समितिलाई आग्रह गरेका थिए ।