संगालोखबर


विराटनगर । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले सार्वजनिक गरेको पुरुष फुटबलको विश्व वरीयताअनुसार नेपालले एक स्थान सुधार गरेको छ । नेपाल एक स्थान सुधार गर्दै फिफा वरियताको एक सय ७५ औं स्थानमा आइपुगेको छ । यसअघि नेपाल एक सय ७६ औं स्थानमा रहेको थियो ।

सार्क देशमा नेपालभन्दा माथि भारत १ सय २७ औं, अफगानिस्तान १ सय ५५ औं र माल्दिभ्स १ सय ६२ औं स्थानमा छन् । नेपालभन्दा तल भुटान १ सय ८२ औं, बङ्गलादेश १ सय ८५ औं, पाकिस्तान १ सय ९८ औं, श्रीलङ्का २ सयौं स्थानमा छन् ।

Advertisement

फिफा वरीयतामा अर्जेन्टिना शीर्ष, फ्रान्स दोस्रो, स्पेन तेस्रो, इङ्गल्यान्ड चौथो र ब्राजिक पाँचौं स्थानमा यथावत् छन् । यस्तै पोर्चुगल छैटौं, नेदरल्यान्ड्स सातौं, बेल्जियम आठौं, इटाली नवौं र जर्मनी १० औं स्थानमा छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!