संगालोखबर


विराटनगर । विराटनगर-१५ स्थित एक घरबाट प्रहरीले भन्सार छलीको कपडा बरामद गरेको छ । आज बिहान मसुदन खातुनको घरबाट प्रहरीले जोगबनीबाट भन्सार छलेर ल्याएको कपडा बरामद गरेको हो ।

भन्सार छलेर ल्याएको कपडा लुकाएर राखिएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले खातुनलाई समेत नियन्त्रणमा लिएको छ ।

Advertisement

घरभित्रबाट प्लाष्टिकको बोरामा प्याक गरेर राखिएको अवस्थामा तीन हजार छ सय ६० जोर मोजा, ४५ थान ट्राउजर र २४ थान सुइटर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीले जानकारी दिए ।

उक्त कपडा एक लाख २६ हजार दुई सय मूल्य बराबरको रहेको उनको भनाइ छ । आवश्यक अनुसन्धान तथा कारबाहीका लागि कपडा र खातुनलाई भन्सार कार्यालय रानीमा बुझाइएको छ ।

यस्तै हिजो विराटनगर-९ रोडशेषबाट ६६ हजार छ सय रुपैयाँ बराबरको अवैध कुर्तासुरुवाल बरामद भएको छ । जोगबनीबाट भन्सार छलेर ल्याएको कुर्तासुरुवाल प्लाष्टिकको बोरामा प्याक गरेको अवस्थामा सडक छेउबाट प्रहरीले बरामद गरेको हो ।

बरामद सामग्री भन्सार कार्यालयमा बुझाइएको छ । कसको सामान भन्ने खुल्न बाँकी छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!