धरानबाट ७ सय ८३ किलो गाँजा लोड गरेको ट्रकसहित दुई जना पक्राउ
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-१३ निशाने डाँडाबाट गाँजा लोड गरेको ट्रकसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस धरानको संयुक्त टोलीले सात सय ८३ किलो गाँजा बरामद गरेको हो ।
गाँजा बरामद भएसँगै ट्रक चालक सुनसरीको बराहक्षेत्रका ३१ वर्षीय मनोज परियार र सह-चालक धनकुटाको सिधुवाका १८ वर्षीय आकाश राई पक्राउ परेका छन् ।
भेडेटारबाट धरानतर...
































