दलित समुदायलाई बाँसका सामाग्री बनाउने तालिम
धनकुटा । धनकुटामा दलित समुदायलाई बाँसका सामग्री बनाउने तालिम दिइएको छ । पाख्रीबास नगरपालिका-७ स्थित मुगामा एक महिने तालिम दिइएको हो । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको आयोजना तथा वडा कार्यालयको समन्वयमा भएको तालिममा १७ जना सहभागि थिए ।
तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले सिकेको सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । उनले युवाहरूल...
































